फाइल तस्बिर एजेन्सी– लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना डुबेर बेपत्ता भएका छन्। ८६ जना आप्रवासी बोकेर लिबियाको तटीय सहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुब्दा ६१ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय प्रवासन सङ्गठन (आईओएम) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
भूमध्य सागर हुँदै अफ्रिकाबाट युरोप जाने आप्रवासीका लागि लिबिया मुख्य केन्द्र हो। आईओएमका अनुसार यो बाटोबाट युरोप जाने क्रममा दुई हजार दुई सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन्।
भूमध्य सागर पार गर्नका लागि सानो डुङ्गामा क्षमताभन्दा धेरै मानिस चढ्दा दुर्घटनाहरु धेरै हुने गरेका छन्। आईओएमका अनुसार यस वर्ष लिबिया हुँदै एक लाख ५३ हजार जनाभन्दा धेरै मानिस इटली पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।