काठमाडौं– नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि २१ गतेसम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले ७ गतेदेखि २१ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने सहमति भएको छ।
शनिबार चितवन, धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।
अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो। यो वर्ष पनि आउँदो शनिकबाररदेखि तीन हप्ता दैनिक ४ घण्टा सडक बन्द गरेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।