काठमाडौं- भक्तपुरमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। काभ्रेको रोशी गाउँपालिका-१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको टिप्परको ठक्करबाट मृत्यु भएको हो।
बा९२प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे मध्यपुर थिमि नगरपालिका-२ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा४ख २३४७ नम्बरको टिप्परले ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट गम्भीर भएका राति ११ बजेर २१ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।