गाजा- जेरुसेलम र बेट शेमेश सहितका शहरहरूमा शुक्रबार साँझ रकेट आक्रमण गरेको हमासले दाबी गरेको छ।
इजरायली मिडियाले गाजा पट्टीबाट लामो दूरीको रकेट प्रहार गरेपछि अलार्म बजेको बताएको छ। घाइते वा क्षतिको तत्काल कुनै तथ्यांक आइनसकेको बताइएको छ।
इजरायली सेनाका अनुसार कम्तीमा ६ वटा रकेट जेरुसलेमतर्फ प्रक्षेपण गरिएको छ। इजरायलको आपतकालीन उद्धार सेवा म्यागेन डेभिड एडोमले एउटा रकेट बेट शेमेशमा खाली ठाउँमा खसेको बताए।
- एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।