काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ३३ पैसा र बिक्री दर १४३ रुपैयाँ ९८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३१ पैसा र बिक्री दर ८७ रुपैयाँ ७१ पैसा तोकिएको छ भने पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ। क्यानेडियन डलर भने एकको खरिद दर ९७ रुपैयाँ ९२ पैसा र बिक्री दर ९८ रुपैयाँ ३७ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा र बिक्री दर २६ रुपैयाँ ५६ पैसा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।