काठमाडौं– नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। सेयर बिक्री प्रबन्धक कम्पनी हिमालयन क्यापिटलले बुधबार आईपीओ बाँडफाँट गरेको हो। जसमा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
कम्पनीको प्राथमिक सेयरका लागि १२ लाख ७६ हजार ५५८ जनाले आवेदन दिएका थिए। जसमध्ये ११ लाख ९१ हजार ९८८ को आवेदन मात्रै स्वीकृत भएको थियो। आवेदन प्रक्रिया पूरा भएर पनि १० लाख ७७ हजार ८६३ जनाको हात खाली भएको छ।
कम्पनीले जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत रकमको सेयर सर्वसाधारणका लागि निस्कासन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।