काठमाडौं- नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को गत १३ गतेको बैठकले डा भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो।
उनले पत्र समेत बुझिसकेका छन्। यसअघिका काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।