ताप्लेजुङ– ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र.१–०१–००१ ज ३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।
आइतबार राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए।
दुर्घटनामा सोही गाडीका चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए।
ओरालो बाटोमा गाडी अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।