झापा- झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक बनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक बनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई शुक्रबार बिहान ९ बजेतिर एक्लै भएको अवस्थामा जङ्गली हात्तीले कुल्चिएको थियो।
हात्तीको आक्रमणमा परी चौकीदार वनको घटनास्थलमै मृत्यु भएको रिजालले बताए। उनका अनुसार घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी भद्रपुर र प्रहरी चौकी जलथलको प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरिएको छ। एक साताअघि दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा जङ्गली हात्तीले आक्रमण गर्दा ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।