जानकी– बसको ठक्करबाट बाँके र कैलालीमा गरी २ जना पैदल यात्रीको मृत्यु भएको छ। बाँकेमा ४० वर्षीय पुरुष र कैलालीमा पनि ३७ वर्षीय पुरुषको मृत्यु भएको हो।
महेन्द्रनगरबाट काठमाडौं गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, कैलालीको लम्कीमा पनि बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।