प्रतिकात्मक तस्बिर
गुलरिया– चिसो छल्न आगो ताप्ने क्रममा जलेर बर्दियामा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ बनगाइ बस्ने ६६ वर्षीया चन्द्रकला वली छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बुधबार बिहान आगो ताप्ने क्रममा जिउमा सल्किएपछि ओली घाइते भएकी थिइन्।
आगोले जलेर गम्भीर घाइते भएकी उनलाई थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।