काठमाडौं- बिहीबार काठमाडौंका केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सूचना जारी गरी आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोकमा बत्ती जाने उल्लेख गरेको छ।
यस्तै साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।