काठमाडौं- जाजरकोटमा एक जना भूकम्पपीडित बालिकाको मृत्यु भएको छ।
भूकम्पपछि पालमुनि बस्दै आएकी कुशे गाउँपालिकाकी ३ वर्षीया बालिकाको मृत्यु भएको हो।
अत्यधिक चिसोका कारण कठ्यांग्रिएर ती बालिकाको मृत्यु भएको बताइएको छ। जाजरकोटमा गएका भूकम्पमा घर भत्किएपछि कतिपय पीडितहरु अहिले पनि त्रिपालमुनि रात गुजार्न बाध्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।