काठमाडौं- रुस-युक्रेन युद्धका क्रममा रुसी सेनामा आवद्ध तीन जना नेपालीले ज्यान गुमाएका छन्।
युद्धका क्रममा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ। दूतावासका अनुसार गत कात्तिक २९ गते उनीहरूको मृत्यु भएको हो।
दूतासले लेखेको उक्त पत्रमा उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको छ।
पत्रमा रुसी सेनाका अधिकारीले टेलिग्राममार्फत तीन जना नेपालीको मेडिकल डेथ सर्टिफिकेट मस्कोस्थित नेपाली दूतावासलाई प्राप्त भएको व्यहोरा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।