• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास
जापानमा नेपालीको स्वास्थ्य ६

नेपालबाटै किन मगाउँछन् औषधि?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १५, २०८०  ०७:३२
1140x725

जापान जाने हरेक नेपालीको झोला खोतल्ने हो भने त्यहाँ कुनै न कुनै औषधि हुन्छ। पारासिटामोल, ब्रुफिन, साइनेक्स, आईपिल जस्ता औषधिहरु जापान जाने प्रायले बोक्छ। यसैगरी मधुमेह, ब्लडप्रेसर जस्ता दीर्घरोगका औषधि पनि जापानमा बस्नेहरुले नेपालबाटै मगाएर खाइरहेको धेरै भेटिएको डा एलिजा केसी भण्डारी बताउँछिन्।

जापानले सामान्यतया चिकित्सकको सल्लाहमा औषधि सेवनलाई प्राथमिकता दिन्छ। तर पारासिटामोल, ब्रुफिन, आईपिल जस्ता औषधिहरु ‘ओभर द काउन्टर’ पनि पाइन्छन्। त्यसबारे नेपालीलाई उति ज्ञान नभएको डा भण्डारी बताउँछन्। त्यहाँ औषधि सामान्यतया जेनेरिक नामबाट बढी प्रयोगमा रहने भएकाले नेपालीहरुका लागि झन्झटिलो छ। 

डा ज्ञवालीलाई जापानमा बस्ने नेपालीको नियमित जस्तो फोन आइरहन्छ। जापानमा लामो समय काम गरेका कारण मानसिक समस्याको परामर्शका लागि सम्पर्क गर्नेहरु त छँदैछन्। त्यो भन्दा बढी छन्– ज्वरोलाई अंग्रेजी र जापानिज भाषा के भनिन्छ ? भनेर सोध्ने। जापानी चिकित्सककहाँ परामर्श र औषधि लिनका लागि भाषा अवरोधकका रुपमा रहेको छ। उनले भने, ‘नेपालीहरुले सुनाउने लक्षण पनि अनौठा छन्, जुन ट्रान्सलेटरले समेत बुझ्दैन। जस्तोः छातीमा चस्का हान्छ, मुटुमा सोला हान्छ।’

मानसिक स्वास्थ्यमा जापानमा नेपालीहरुले कम सहयोग पाउने मुख्य कारण भाषा हो। डा ज्ञवालीका अनुसार मानसिक रोगमा सामान्यतया ट्रान्सलेसन समेत राम्रो नमानिने भएकाले सहजीकरण गर्न गाह्रो हुन्छ। ‘सामान्य सिद्धान्त छ– मनको कुरा कसरी ट्रान्सलेसन हुन्छ ? मैले ट्रान्सलेसन गर्दा प्रोफेसरले रोक्नुहुन्थ्यो।’ जापानिज चिकित्सकले भाषा मात्रै होइन, परिवेश समेत नबुझ्ने भएकाले उपचारमा समस्या रहेको उनले अनुभूत गरेका छन्।

जापानमा हालै आयोजित ‘एनआरएनए ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’ले जापानमा रहेका नेपालीलाई स्वास्थ्य सेवामा असहजता हुनुको एउटा कारण भाषा रहेको औंल्याएको छ। उक्त कन्फरेन्सको साइन्टिक कमिटीको चेयर रहेका डा लुशुन चालिसे भन्छन्, ‘प्रायः सबै ठाउँमा जापानी भाषा प्रयोग हुन्छ। जापानी भाषा जानेन भने स्वास्थ्य सेवा लिन गाह्रो भने हुन्छ। धेरै विदेशीहरुले उपचार लिने ठाउँमा ट्रान्सलेटर भने राखेको छ। तर सबैले अस्पतालले त्यो सेवा दिन सक्दैनन्।’ जापानमा चिकित्सा समेत जापानिज भाषामै पठनपाठन हुन्छ। त्यसैले चिकित्साकर्मी अंग्रेजीमा उति दक्ष हुँदैनन्। नेपालीहरुको समेत अंग्रेजी राम्रो नहुने भएकाले संवादमा समस्या देखिन्छ। 

जापानमा स्वास्थ्य बीमामा नियमित शुल्क तिरिरहेका नेपालीहरु पनि उपचारका लागि नेपाल नै फर्किने गरेको देखिन्छ। खासगरी भाषाको अवरोधका कारण आफ्नो कुरा प्रष्ट भन्न नसक्दा त्यस्तो अवस्था आएको हुन सक्ने डा भण्डारी बताउँछिन्। उनले भनिन्, ‘भाषाले गर्दा समस्याको पहिचान हुन मुश्किल हुन्छ। त्यसैले कतिपय नेपालीले नेपाली चिकित्सक खोजिदिन हामीलाई पनि भन्छन्।’

नेपालीपनका समस्या 
जापानमा लामो समय काम गरेका डा सुमन सापकोटा स्वास्थ्य सम्बन्धी चेतनाको अभावले पनि त्यस्तो अवस्था आएको बताउँछन्। एनआरएनए पाँचौं नेपाली हेल्थ कन्फरेन्समा आफ्नो अनुभव सुनाउने क्रममा उनले एक जना थाइरोइडका बिरामी बीमा प्रणालीमै नगएको भेटिएको बताए। उनले भने, ‘महिनावारीमा समस्या तथा बच्चा नबस्ने भएपछि उपचार खोज्दै आउनुभयो। एक जनाको बच्चा खेर जाने भएकाले हामीकहाँ आउनुभयो। जापानमा सीफुड खाने भएकाले थाइरोइडको समस्या त्यति शंका गरिँदैन। चामल, मासु सबै बाहिरको खाने नेपालीहरुमा चाहिँ समस्या रहन्छ। थाइरोइड जाँच्न भनियो। जाँच्दा समस्या भेटियो र अहिले उहाँहरुले त्यसको उपचार गरेर बच्चा बसेको ४÷५ महिना भएको छ।’

जापानमा आवश्यकताभन्दा बढी जाँचलाई सकेसम्म निरुत्साहित गरिन्छ। सीमित स्रोत–साधनमा धेरैभन्दा धेरै सेवा दिने प्रणाली छ। त्यसैले कतिपय अवस्थामा नेपालीहरुको रोगको पहिचानमा समस्या देखिने गरेको उनको अनुभव छ। एक जना नेपाली बिरामीले त्यहाँ लामो समय उपचार गराए। ज्वरो आउने समस्या भएका उनी एन्टिबायोटिक लिउन्जेल निको हुन्थे तर फेरि बल्झिन्थ्यो। पेटमा पानी जमिरहेको तर क्यान्सर भएको नपाइएपछि डा सापकोटाले टिबीको शंका गरे। तर जापानमा ब्याक्टेरिया नभेटिएसम्म औषधि चलाउन पाइँदैन। त्यसपछि उनले नेपाल नै गएर जाँच गराउन भने। यहाँ पनि टिबी देखिएन तर त्यसैको आशंकामा औषधि दिँदा ठिक भएको उनी बताउँछन्। 

Ncell 2
Ncell 2

नेपालबाट जापानमा पुगेका धेरै प्रजनन उमेरका छन्, विद्यार्थी भिसामा पुगून् वा कुक भिसामा। उनीहरुको बच्चा जन्माउने उमेर हुन्छ। त्यसले पनि मानसिक र शारीरिक स्वास्थ्यमा चुनौती थपेको चिकित्कसहरु बताउँछन्। असुरक्षित यौन सम्बन्ध पनि एउटा समस्याका रुपमा देखिन्छ। असुरक्षित यौनपछि प्रयोग गरिने ‘इमर्जेन्सी पिल’ नेपालमा सामान्यतया २ सय रुपैयाँभन्दा कममै पाइन्छ। जापानमा भने ‘आईपिल’ नेपाल जस्तो सजिलै र सस्तै नपाइने डा भण्डारी बताउँछिन्। उनले भनिन्, ‘यहाँको सरकारले गर्भनिरोध होइन, बच्चा जन्माउन प्रेरित गरिरहेको छ। त्यसैले निरोधको प्रक्रिया र औषधि सहज उपलब्ध हुँदैन।’

आईपिल जापानमा अनलाइनमै मगाउन पनि सकिने तर निकै महँगो भएको उनको भनाइ छ। उनले थपिन्, ‘यहाँ कम्तीमा ११ हजार पर्छ। जति चाँडो आवश्यक भयो, त्यति नै शुल्क बढी लिने गरिन्छ।’
जापान जानुपूर्वको तयारी शून्य छ। कमाउन जापान जाने भएपछि कतिपय महिला पाखुरामा नरप्लान्ट राखेर जान्छन्। डा विजय ज्ञवालीका अनुसार जापानको चिकित्सामा नरप्लान्टबारे कुनै पढाइ हुँदैन। त्यो झिकेर बच्चा जन्माउन चाहनेहरु समस्यामा पर्ने गरेका छन्। उनले उदाहरण दिँदै भने, ‘एक दम्पती नरप्लान्ट निकाल्न निकै धाएछ। कहीँ–कतै डाक्टरले झिक्न नमानेपछि सहयोग खोज्दै हामीकहाँ आयो। मैले चिनेको ठाउँमा देखाउँदा जापानिजहरु दंग परे। उहाँहरु इलिगल बसिरहनुभएकाले नेपाल फर्किन पनि समस्या थियो। एक जना रिटायर्ड जापानिज चिकित्सक खोजेर झिक्न लगायौं।’

उमेरले ३८ वर्ष उमेर पुगेकी ती महिलाले सन्तान जन्माएकी थिइनन्। घर्किंदो उमेरका कारण झिकेर बच्चा जन्माउन खोज्दा उनले समस्या भोगिन्। डा ज्ञवालीले भेट्दा उनलाई मानसिक समस्या भइसकेको थियो। उनले थपे, ‘त्यहाँ जानुअघि नै जानकारी दिन सकियो भने अन्य वैकल्पिक विधि अपनाउँथे होलान्। भाषा परीक्षामा एक÷दुई वटा प्रश्न स्वास्थ्यको राख्नुपर्छ। त्यस्तो हुँदा उनीहरुले जानकारी पाउँछन्।’

न्यून नेपाली चिकित्सक
जापान जस्तै विकसित अन्य देशमा नेपाली चिकित्सकहरुको संख्या पनि उलेख्य छ। त्यस कारण सोध्दै–खोज्दै भए पनि नेपाली चिकित्सकबाट उपचार पाउन सक्ने सम्भावना रहन्छ। तर जापानमा त्यहाँको नेसनल लाइसेन्स प्राप्त नेपाली चिकित्सक जम्मा पाँच जना रहेको डा चालिसे बताउँछन्।

जापानमा नेपाली चिकित्सक र नर्स न्यून हुनुको कारण त्यहाँको प्रणाली हो। नेपालमा एमबीबीएस पढेका चिकित्सकले त्यहाँ ‘इक्युभ्यालेन्ट’ पाउन सक्दैनन्। डा चालिसेका अनुसार त्यहाँ एमबीबीएसमा ६ वर्षको कोर्स हुन्छ र नेपालमा जम्मा ५ वर्षको। युरोपतिरको ६ वर्षे पढाइ सकेर आएकाहरुका लागि पनि लाइसेन्स प्रक्रिया झन्झटिलो छ। चिकित्साको अध्ययन समेत जापानिज भाषामा हुने भएकाले परीक्षा नै सोही भाषामा हुन्छ। फेरि जापानिज भाषा पढेर लाइसेन्स दिनु सहज नभएकाले नेपाली चिकित्सक जाँदैनन्। नर्सको मामलामा त्यही लागू हुन्छ। 

अहिले जापानमा रहेका लाइसेन्सप्राप्त चिकित्सक कक्षा १२ पछि त्यहीँ मेडिकल पढेकाहरु हुन्। जसले जापनिज भाषामै मेडिकल पढेका कारण उनीहरुले नेसनल लाइसेन्स प्राप्त गरेका छन्।

जापानमा नेपालीको स्वास्थ्य- १: बढ्दो छ मानसिक समस्या

जापानमा नेपालीको स्वास्थ्यपा- २: जान बस्ने नेपालीमा मानसिक समस्या बढ्नुका कारण

जापानमा नेपालीको स्वास्थ्य–३: व्यवस्थित प्रणाली,  अव्यवस्थित नेपाली

जापानमा नेपालीको स्वास्थ्य- ४: पढाइ, काम र ऋण :  १९-२० वर्षको बच्चाले त्यो बोझ कसरी बोक्न सक्छ?

जापानमा नेपालीको स्वास्थ्य-५: भाषा र प्रणाली राम्ररी नबुझ्दा जापानमा स्वास्थ्य सेवा लिन समस्या परेको हो

 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीविरूद्ध जनकपुरले पहिले बलिङ गर्ने
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट
महाधिवेशन उद्‌घाटनमा सहभागी हुने सदस्यलाई अध्यक्ष ओलीले पठाए पत्र
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
कर्णालीविरूद्ध जनकपुरले पहिले बलिङ गर्ने आइतबार, मंसिर २१, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट आइतबार, मंसिर २१, २०८२
महाधिवेशन उद्‌घाटनमा सहभागी हुने सदस्यलाई अध्यक्ष ओलीले पठाए पत्र आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्