काठमाडौं– नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ।
देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन्। उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतको भनाइ छ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।