काठमाडौं– गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन्।
एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो। उनीहरुको वैवाहिक सम्बन्ध १० महिनामै टुङ्गियो।
पारपाचुके गरेपश्चात गायिका एलिना चौहानले फेसबुकमा मार्मिक स्टाटस लेखेकी छन् । यो सम्बन्धविच्छेद रहरले नभइ बाध्यताले गर्नुपरेको उनको भनाइ छ ।
एलिनाले भनेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पुर्णविराम लागेको छ । यो रहरले होईन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ । आजदेखी स्वतन्त्र भएर कानुनीरुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ । पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।’
![Capture-12-1739270877.JPG](https://nepallive.com/uploads/posts/Capture-12-1739270877.JPG)
एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन्। त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो। हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।