काठमाडौँ – पाकिस्तानमा भएको त्रिदेशीय शृङ्खलाको उपाधि न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले शुक्रबार कराँचीमा भएको दिवा रात्रि फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो ।
पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो । न्युजिल्यान्डका लागि डारियल मिचेलले ५७ तथा टम लाथमले ५६ रनको योगदान गरे । डेभिड कोन्वे ४८ तथा केन विलिम्सन ३४ रन जोडे । पाकिस्तानमा नसिक शाहले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ तथा सलमान आगाले ४५ रन जोडे । न्युजिल्यान्डका विल राउरकेले ९.३ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए हात पारे ।
मिडिल ओभरमा कसिलो बलिङ गरेको माइकल १० ओभरमा २० रन खर्चेर २ विकेट लिए । यसैगरी माइकल ब्रेसवेलले पनि १९ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । राउरके खेलका म्यान अफ द म्याच भए पनि पाकिस्तानका आगा म्यान अफ द सिरिज भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।