काठमाडौं – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्टले यो बर्षको नेपाल सुपर लिग चितवनबाट खेल्ने भएका छन् । फ्रेन्चाइज फुटबल क्लब चितवनले उनलाई मार्की खेलाडीमा सार्वजनिक गरेको छ ।
गत सिजन झापा फुटबल क्लबको मार्की रहेका अन्जनलाई यसपटक चितवनले अनुबन्ध गरेको छ । चितवनले यसअघि प्रशिक्षकमा नविन न्यौपानेलाई अनुबन्ध गरेको थियो ।
अन्जन राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रुपमा शीर्षस्थानमा छन् । उनले १३ गोल गरेका छन् । चितवनले उनको गोल गर्ने क्षमता र आक्रामणमा फरक पोजिसनमा खेल्न सक्ने शैलीले पनि टोलीलाई निकै सहयोग पुग्ने क्लबका अध्यक्ष सचिन ढकाल विश्वास व्यक्त गरे । अन्जनले पनि चितवनमा आएर नयाँ चुनौती सामना गर्न तयार रहेको बताए । अन्जन पहिलो सिजनमा ललितपुर सिटी एफसी र दोस्रो सिजनमा झापा एफसीको मार्की खेलाडी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।