• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
जापानमा नेपालीको स्वास्थ्य- २

जापान बस्ने नेपालीमा मानसिक समस्या बढ्नुका कारण

डा विजय ज्ञवाली शनिबार, कात्तिक ११, २०८०  १९:५३
1140x725

मानसिक समस्या समाधान जापान आफ्नै लागि पनि चुनौतीको विषय बनिरहेको छ। जापानिज मात्रै होइन, विदेशीहरुको आत्महत्या दर पनि जापानमा उच्च छ। तर जापान सरकारले विदेशीहरुको आत्महत्यालाई छुट्टै तथ्यांक बनाएर राख्दैन। त्यसको कारण खोज्ने क्रममा थाहा भयो, जापानमा धेरै कोरियन र चाइनिजले आत्महत्या गर्ने रहेछन्। विदेशीहरुको आत्महत्याको छुट्टै तथ्यांक राख्दा त्यहाँको जीवनशैली कठिन बन्दै गइरहेको सन्देश विश्वमाझ पुग्छ। जापान सरकार त्यस्तो होस् भन्ने चाहँदैन। 

मैले सन् २००८ मा नेपालीहरुले जापानमा आत्महत्या गरेको तथ्यांक खोजेको थिएँ। त्यो वर्ष मात्रै ८ जना नेपालीले आत्महत्या गरेको तथ्यांक फेला पर्‍यो। त्यतिबेला नेपालीको संख्या जम्मा १५ हजार थियो। त्यो विषयलाई लिएर जापानी समुदायमा अपिल गर्न ‘जापान टाइम्स’मा लेख लेखेँ। त्यतिबेलाका प्रधानमन्त्री शिन्जो आबेलाई सम्बोधन गरेर जापानमा बस्ने विदेशीहरुको मानसिक स्वास्थ्यका लागि सरकारको ध्यानाकर्षण गराएँ। त्यो लेख निकै चर्चित भयो।   

मानसिक समस्याको कारण
त्यो बेला जापानभरि नै मैले मानसिक स्वास्थ्यलाई लिएर १५/१६ वटा वर्कसप गरेँ। रेस्टुरेन्टमा काम गर्ने नेपालीले दिउँसो फुर्सद नपाउने भएपछि राति १२ बजेदेखि वर्कसप सुरु गरिन्थ्यो। त्यो क्रममा मैले दुई वटा समस्या देखेँ। एक– नेपालीले नेपालबाटै मानसिक स्वास्थ्य समस्या बोकेर गएका छन्।  जस्तो, बैंकबाट ऋण लिएर त्यहाँ पुगेका छन्।  श्रीमती र परिवारसँग छुट्टिएर बसेका छन्। ठूलो सपना देखाइएको छ तर त्यो पूरा हुने सम्भावना न्यून छ। अर्थात् त्यहाँ पुगेपछि समस्या बढे पनि मुल कारण भने नेपालबाटै सिर्जना भएको छ। 

अर्को, स्वास्थ्यमा पहुँच। सामान्य परामर्शबाट निको हुने समस्यामा पनि उनीहरुले उपचार पाएनन्। उनीहरुलाई उपचारबारे जानकारी छैन। भाषामा समस्या छ। जस्तो, त्यहाँ कुक भिसामा गएकाहरु छन्। उनीहरु जापानिज भाषा जान्दै जान्दैनन्। विद्यार्थी भिसामा पुगेकाहरुले जापानिज भाषा जान्दछन् तर उनीहरुलाई मेडिकल विषयमा जानकारी हुँदैन।   

विद्यार्थीका समस्या
जापानमा विद्यार्थी अर्थात् १८ देखि २५ वर्षकोलाई बढी भिसा लाग्छ। त्यहाँ विद्यार्थी कस्ता गएका छन् भने चिया पकाउन समेत जान्दैनन्। खाएको थाल समेत परिवारले उठाइदिने परिवेशबाट त्यहाँ पुगेका छन्। तर अब आफ्ना लागि सबै काम आफैंले गर्नुपर्‍यो। परिवारको ऋण, भाषा, स्कुलको शुल्क र आफ्ना लागि कमाउनुपर्‍यो। जुन कुरामा उनीहरु अभ्यस्त नै हुँदैनन्। त्यहाँ पानीभन्दा सस्तो अल्कोहल हुन्छ। तनाव बढ्यो कि त्यो उमेरकाले समाधानका रुपमा अल्कोहल प्रयोग गर्छन्। विस्तारै उनीहरुमा समस्या बढ्न थाल्छ। स–साना समस्या समाधानमा समेत अभिभावकको मुख ताक्नुपर्ने भएपछि विद्यार्थी आत्तिन्छन्। मानसिक समस्याको समाधान खोज्ने कुरा सिकाइएको छैन। आत्महत्या नै रोज्छन्।

अर्को, कामको कुरा पनि छ। नेपालमा झाडु–पोछा लगाउने लगाउने जस्ता कामलाई राम्रो दृष्टिले हेरिँदैन। त्यहाँ पुगेपछि सिप नसिकेको मान्छेले गर्ने त्यही तहको काम हो। उनीहरुलाई लाग्छ– म त कत्रो सपना बोकेर के गर्न आएको, यहाँ यस्तो गर्नुपरेको छ। त्यसले पनि मानसिक समस्या सिर्जना गर्छ।

कुकको समस्या 
कुक भिसा भनेको मेरो दृष्टिमा आधुनिक जमानाको मानव बेचबिखन नै हो। ९० प्रतिशत कुक १५ देखि २० लाख तिरेर त्यहाँ पुग्छन्। उनीहरु गएर त्यहाँ काम गर्छन्। एउटा कुकले राम्रै रेस्टुरेन्टमा काम गर्दा पाउने एक लाख रुपैयाँ हो। उसले १५ लाख रुपैयाँ खर्च गर्‍यो भने १५ लाख कमाउन ३० महिना लाग्छ। कसैले त श्रीमती लैजान पाउँछन्। केही कमाइ हुन्छ। श्रीमती लैजाँदा पनि दलालले फेरि पैसा माग्छ।  

मैले मेरो किताब ‘चिज–नान’ मा यो विषय उठाएको छु, जुन जापानी भाषामा समेत छ। बेस्टसेलरमध्येमा परेको छ। जापानिजलाई चिज–ना मन पर्छ। तर त्यो मिठो चिज–नान बनाउनेका दुःख उनीहरुलाई थाहा दिन लेखिएको हो। मैले लेखेपछि उनीहरुको प्रतिक्रिया थियो– काम गर्न आउन उल्टै पैसा तिर्नुपर्ने? 

Ncell 2
Ncell 2

उनीहरुको काम गर्ने वातावरण पनि त्यस्तै छ। बाहिर ग्राहक बस्ने ठाउँ झिलिमिली भएर के गर्ने ? भित्र कुकले काम गर्ने ठाउँ साँघुरो हुन्छ। समाजसँग कुनै अन्तक्र्रिया हुँदैन। करिब–करिब जेलमा बसेजस्तो भयो। त्यसले मानसिक अवस्था झन् खस्किन्छ।   

मानसिक मात्रै होइन, शारीरिक स्वास्थ्य समस्या पनि उनीहरुमा देखिन्छ। जापानमा गएका नेपाली कुकहरुलाई टिबीको समस्या देखिन्छ। जबकि, टिबी जापानमा निवारण भइसकेको छ।

चिज–नान आगोको भुंग्रोमा बनाउनुपर्छ। धुवाँ बाहिरिने ठाउँ हुँदैन। काम तनावपूर्ण हुन्छ। तनाव कम गर्न मदिरा सेवन बढ्छ। त्यसपछि टिबीको ब्याक्टेरिया सक्रिय हुँदो रहेछ। हामीले हेल्थ क्याम्प गरेको बेला धेरै कुकलाई टिबी देखिएको थियो।

अर्को जापान पुग्ने कुकको भिसा नै यस्तो प्रकृति हुन्छ कि उनीहरुले नेपाल र भारतको रेस्टुरेन्ट बाहेक अन्यत्र काम गर्न पाउँदैनन्। उनीहरु श्रीमती लिएर त जान्छन् तर श्रीमतीले दुई–तीन ठाउँमा काम गर्छिन्। हप्तामा एक पटक मुश्किलले श्रीमान्‌सँग भेट हुन्छ। स–सना बच्चाहरु नेपालमै हुन्छन्। एक जना यस्तोसम्म भेटेको थिएँ कि जसले जन्मेको दुई महिनामा बच्चा नेपाल छाडेर फर्किएकी थिइन्। नफर्कियो भने कमाइ हुँदैन। भिसा रिन्यु हुने सम्भावना पनि कम हुन्छ। त्यस कारण कुकका श्रीमतीको आत्महत्याको दर पनि बढी छ। 

समाधान कसरी?
जापान सरकारले विदेशीको मानसिक स्वास्थ्यका लागि प्राथमिकता दिएको छैन। उनीहरु सबै सेवा आफ्नै भाषामा हुनुपर्छ भन्ने सोच राख्छन्। नेपाली त प्राथमिकतामा पनि छैनौं। नेपालीले जापानिज भाषामा आफ्ना समस्या राख्न पनि सक्दैनन्। 
त्यसैले जानुपूर्वको तयारी नै समाधानको सबैभन्दा बलियो उपाय हो। त्यहाँको परिवेश, स्वास्थ्य सुविधा र समाधानलाई लिएर यतै पढाइ हुनुपर्छ। भाषा परीक्षा दिँदा स्वास्थ्यसँग सम्बन्धित केही प्रश्न राख्नुपर्छ। 

नेपाल सरकार र त्यहाँस्थित दूतावासले पनि स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। त्यहाँ वर्षको एक–दुई वटा हेल्थ क्याम्प सरकारी तहबाटै हुनुपर्छ। जति नेपालमा जाइकाले खर्च गर्छ, त्यो भन्दा बढी हाम्रा विद्यार्थीले त्यहाँ पठाउने गरेका छन्। जापानको अर्थतन्त्रमा नेपालको महत्वपूर्ण भूमिका रहेको कुरा पनि कूटनीतिक माध्यमबाट भन्न सक्नुपर्छ। त्यहाँ रहेका नेपाली संघ–संस्थाले पनि स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्नुपर्छ। 

(जापानमा लामो समय काम गरेका मनोचिकित्सक डा ज्ञवालीसँग गरिएको संवादमा आधारित।)

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु
बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्