• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
जापानमा नेपालीको स्वास्थ्य- २

जापान बस्ने नेपालीमा मानसिक समस्या बढ्नुका कारण

डा विजय ज्ञवाली शनिबार, कात्तिक ११, २०८०  १९:५३
1140x725

मानसिक समस्या समाधान जापान आफ्नै लागि पनि चुनौतीको विषय बनिरहेको छ। जापानिज मात्रै होइन, विदेशीहरुको आत्महत्या दर पनि जापानमा उच्च छ। तर जापान सरकारले विदेशीहरुको आत्महत्यालाई छुट्टै तथ्यांक बनाएर राख्दैन। त्यसको कारण खोज्ने क्रममा थाहा भयो, जापानमा धेरै कोरियन र चाइनिजले आत्महत्या गर्ने रहेछन्। विदेशीहरुको आत्महत्याको छुट्टै तथ्यांक राख्दा त्यहाँको जीवनशैली कठिन बन्दै गइरहेको सन्देश विश्वमाझ पुग्छ। जापान सरकार त्यस्तो होस् भन्ने चाहँदैन। 

मैले सन् २००८ मा नेपालीहरुले जापानमा आत्महत्या गरेको तथ्यांक खोजेको थिएँ। त्यो वर्ष मात्रै ८ जना नेपालीले आत्महत्या गरेको तथ्यांक फेला पर्‍यो। त्यतिबेला नेपालीको संख्या जम्मा १५ हजार थियो। त्यो विषयलाई लिएर जापानी समुदायमा अपिल गर्न ‘जापान टाइम्स’मा लेख लेखेँ। त्यतिबेलाका प्रधानमन्त्री शिन्जो आबेलाई सम्बोधन गरेर जापानमा बस्ने विदेशीहरुको मानसिक स्वास्थ्यका लागि सरकारको ध्यानाकर्षण गराएँ। त्यो लेख निकै चर्चित भयो।   

मानसिक समस्याको कारण
त्यो बेला जापानभरि नै मैले मानसिक स्वास्थ्यलाई लिएर १५/१६ वटा वर्कसप गरेँ। रेस्टुरेन्टमा काम गर्ने नेपालीले दिउँसो फुर्सद नपाउने भएपछि राति १२ बजेदेखि वर्कसप सुरु गरिन्थ्यो। त्यो क्रममा मैले दुई वटा समस्या देखेँ। एक– नेपालीले नेपालबाटै मानसिक स्वास्थ्य समस्या बोकेर गएका छन्।  जस्तो, बैंकबाट ऋण लिएर त्यहाँ पुगेका छन्।  श्रीमती र परिवारसँग छुट्टिएर बसेका छन्। ठूलो सपना देखाइएको छ तर त्यो पूरा हुने सम्भावना न्यून छ। अर्थात् त्यहाँ पुगेपछि समस्या बढे पनि मुल कारण भने नेपालबाटै सिर्जना भएको छ। 

अर्को, स्वास्थ्यमा पहुँच। सामान्य परामर्शबाट निको हुने समस्यामा पनि उनीहरुले उपचार पाएनन्। उनीहरुलाई उपचारबारे जानकारी छैन। भाषामा समस्या छ। जस्तो, त्यहाँ कुक भिसामा गएकाहरु छन्। उनीहरु जापानिज भाषा जान्दै जान्दैनन्। विद्यार्थी भिसामा पुगेकाहरुले जापानिज भाषा जान्दछन् तर उनीहरुलाई मेडिकल विषयमा जानकारी हुँदैन।   

विद्यार्थीका समस्या
जापानमा विद्यार्थी अर्थात् १८ देखि २५ वर्षकोलाई बढी भिसा लाग्छ। त्यहाँ विद्यार्थी कस्ता गएका छन् भने चिया पकाउन समेत जान्दैनन्। खाएको थाल समेत परिवारले उठाइदिने परिवेशबाट त्यहाँ पुगेका छन्। तर अब आफ्ना लागि सबै काम आफैंले गर्नुपर्‍यो। परिवारको ऋण, भाषा, स्कुलको शुल्क र आफ्ना लागि कमाउनुपर्‍यो। जुन कुरामा उनीहरु अभ्यस्त नै हुँदैनन्। त्यहाँ पानीभन्दा सस्तो अल्कोहल हुन्छ। तनाव बढ्यो कि त्यो उमेरकाले समाधानका रुपमा अल्कोहल प्रयोग गर्छन्। विस्तारै उनीहरुमा समस्या बढ्न थाल्छ। स–साना समस्या समाधानमा समेत अभिभावकको मुख ताक्नुपर्ने भएपछि विद्यार्थी आत्तिन्छन्। मानसिक समस्याको समाधान खोज्ने कुरा सिकाइएको छैन। आत्महत्या नै रोज्छन्।

अर्को, कामको कुरा पनि छ। नेपालमा झाडु–पोछा लगाउने लगाउने जस्ता कामलाई राम्रो दृष्टिले हेरिँदैन। त्यहाँ पुगेपछि सिप नसिकेको मान्छेले गर्ने त्यही तहको काम हो। उनीहरुलाई लाग्छ– म त कत्रो सपना बोकेर के गर्न आएको, यहाँ यस्तो गर्नुपरेको छ। त्यसले पनि मानसिक समस्या सिर्जना गर्छ।

कुकको समस्या 
कुक भिसा भनेको मेरो दृष्टिमा आधुनिक जमानाको मानव बेचबिखन नै हो। ९० प्रतिशत कुक १५ देखि २० लाख तिरेर त्यहाँ पुग्छन्। उनीहरु गएर त्यहाँ काम गर्छन्। एउटा कुकले राम्रै रेस्टुरेन्टमा काम गर्दा पाउने एक लाख रुपैयाँ हो। उसले १५ लाख रुपैयाँ खर्च गर्‍यो भने १५ लाख कमाउन ३० महिना लाग्छ। कसैले त श्रीमती लैजान पाउँछन्। केही कमाइ हुन्छ। श्रीमती लैजाँदा पनि दलालले फेरि पैसा माग्छ।  

मैले मेरो किताब ‘चिज–नान’ मा यो विषय उठाएको छु, जुन जापानी भाषामा समेत छ। बेस्टसेलरमध्येमा परेको छ। जापानिजलाई चिज–ना मन पर्छ। तर त्यो मिठो चिज–नान बनाउनेका दुःख उनीहरुलाई थाहा दिन लेखिएको हो। मैले लेखेपछि उनीहरुको प्रतिक्रिया थियो– काम गर्न आउन उल्टै पैसा तिर्नुपर्ने? 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुको काम गर्ने वातावरण पनि त्यस्तै छ। बाहिर ग्राहक बस्ने ठाउँ झिलिमिली भएर के गर्ने ? भित्र कुकले काम गर्ने ठाउँ साँघुरो हुन्छ। समाजसँग कुनै अन्तक्र्रिया हुँदैन। करिब–करिब जेलमा बसेजस्तो भयो। त्यसले मानसिक अवस्था झन् खस्किन्छ।   

मानसिक मात्रै होइन, शारीरिक स्वास्थ्य समस्या पनि उनीहरुमा देखिन्छ। जापानमा गएका नेपाली कुकहरुलाई टिबीको समस्या देखिन्छ। जबकि, टिबी जापानमा निवारण भइसकेको छ।

चिज–नान आगोको भुंग्रोमा बनाउनुपर्छ। धुवाँ बाहिरिने ठाउँ हुँदैन। काम तनावपूर्ण हुन्छ। तनाव कम गर्न मदिरा सेवन बढ्छ। त्यसपछि टिबीको ब्याक्टेरिया सक्रिय हुँदो रहेछ। हामीले हेल्थ क्याम्प गरेको बेला धेरै कुकलाई टिबी देखिएको थियो।

अर्को जापान पुग्ने कुकको भिसा नै यस्तो प्रकृति हुन्छ कि उनीहरुले नेपाल र भारतको रेस्टुरेन्ट बाहेक अन्यत्र काम गर्न पाउँदैनन्। उनीहरु श्रीमती लिएर त जान्छन् तर श्रीमतीले दुई–तीन ठाउँमा काम गर्छिन्। हप्तामा एक पटक मुश्किलले श्रीमान्‌सँग भेट हुन्छ। स–सना बच्चाहरु नेपालमै हुन्छन्। एक जना यस्तोसम्म भेटेको थिएँ कि जसले जन्मेको दुई महिनामा बच्चा नेपाल छाडेर फर्किएकी थिइन्। नफर्कियो भने कमाइ हुँदैन। भिसा रिन्यु हुने सम्भावना पनि कम हुन्छ। त्यस कारण कुकका श्रीमतीको आत्महत्याको दर पनि बढी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समाधान कसरी?
जापान सरकारले विदेशीको मानसिक स्वास्थ्यका लागि प्राथमिकता दिएको छैन। उनीहरु सबै सेवा आफ्नै भाषामा हुनुपर्छ भन्ने सोच राख्छन्। नेपाली त प्राथमिकतामा पनि छैनौं। नेपालीले जापानिज भाषामा आफ्ना समस्या राख्न पनि सक्दैनन्। 
त्यसैले जानुपूर्वको तयारी नै समाधानको सबैभन्दा बलियो उपाय हो। त्यहाँको परिवेश, स्वास्थ्य सुविधा र समाधानलाई लिएर यतै पढाइ हुनुपर्छ। भाषा परीक्षा दिँदा स्वास्थ्यसँग सम्बन्धित केही प्रश्न राख्नुपर्छ। 

नेपाल सरकार र त्यहाँस्थित दूतावासले पनि स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। त्यहाँ वर्षको एक–दुई वटा हेल्थ क्याम्प सरकारी तहबाटै हुनुपर्छ। जति नेपालमा जाइकाले खर्च गर्छ, त्यो भन्दा बढी हाम्रा विद्यार्थीले त्यहाँ पठाउने गरेका छन्। जापानको अर्थतन्त्रमा नेपालको महत्वपूर्ण भूमिका रहेको कुरा पनि कूटनीतिक माध्यमबाट भन्न सक्नुपर्छ। त्यहाँ रहेका नेपाली संघ–संस्थाले पनि स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्नुपर्छ। 

(जापानमा लामो समय काम गरेका मनोचिकित्सक डा ज्ञवालीसँग गरिएको संवादमा आधारित।)

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्