• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
जापानमा नेपालीको स्वास्थ्य-५

भाषा र प्रणाली राम्ररी नबुझ्दा जापानमा स्वास्थ्य सेवा लिन समस्या परेको हो

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १४, २०८०  ०८:१२
1140x725

जापानको टोकियोस्थित सेन्ट ल्युक इन्टरनेसनल युनिभर्सिटीबाट जनस्वास्थ्यमा विद्यावारिधि गरेकी डा एलिजा केसी भण्डारी अहिले नेसनल सेन्टर फर चाइल्ड एन्ड डेभलपमेन्ट, जापानको स्वास्थ्य नीति विभागमा कार्यरत छिन्। एनआरएनए जापानकी उपाध्यक्ष रहेकी उनी एनआरएनए ग्लोबल हेल्थ कमिटीमा पनि आबद्ध छिन्। उक्त कमिटीले उनको नेतृत्वमा जापानमा ‘ग्लोबल नेपाली हेल्थकन्फरेन्स’ गरेको थियो। जुन कन्फरेन्सले आप्रवासीहरुको स्वास्थ्यमा जोड दिएको थियो। जापानमा बस्ने नेपालीहरुको स्वास्थ्यलाई लिएर उनीसँग डिबी खड्काले गरेको संवादः

नेपालको तुलनामा जापानमा स्वास्थ्य सेवा लिन कति सहज वा असहज छ?
जापान युनिभर्सल कभरेज भएको देश हो। यहाँ प्रवेश गर्ने हरेक व्यक्ति स्वतः यहाँको बीमा सुरक्षा भित्र छिर्नुपर्ने हुन्छ। यहाँको राष्ट्रिय बीमाले ७० प्रतिशत उपचार वा स्वास्थ्य सुविधा उपयोग खर्च ब्यहोर्ने गर्छ भने केवल ३० प्रतिशत मात्रै व्यक्ति स्वयंले तिर्नुपर्ने हुन्छ। तसर्थ आर्थिक हिसाबले यहाँ सेवा लिन गाह्रो छैन। तर यहाँको स्वास्थ्य प्रणाली नबुझेका व्यक्तिहरुलाई भने विभिन्न समस्या हुन सक्छ। जस्तो भाषाको कठिनाइका आफूलाई के समस्या हुँदा कुन चिकित्सककहाँ जानुपर्छ भन्ने कुरा थाहा नहुनु, चिकित्सककहाँ गए पनि आफ्ना लक्षणहरु खुलेर भन्न नसक्नु आदि। अर्को यहाँ नेपालमा जस्तो केही भएर क्लिनिक वा अपतालमा जाँदैमा भएभरको जाँच गर्ने प्रणाली छैन। सकेसम्म कम तर पर्याप्त जाँचहरु गर्ने निमय छ। धेरैलाई तुरुन्तै निचोड चाहिने र यहाँको स्वास्थ्य सुविधा लिने प्रक्रिया फलोअपमा धेरै जानुपर्ने कुरा झन्झटिलो लागेर बीचमा जँचाउन जान छाड्छन्। तसर्थ सेवा लिन सबैलाई असहज त हैन, कोही–कोहीलाई गाह्रो पर्न सक्छ।

यहाँ विश्वमै राम्रो मानिएकामध्येकै एउटा स्वास्थ्य बीमा प्रणाली छ। नेपालीहरु त्यसबारे कत्तिको जानकार देख्नुहुन्छ?
अहिले अधिकांशलाई यहाँको स्वास्थ्य बीमाको बारेमा जानकारी छ। तर कतिलाई अपूरो जानकारी रहेको देखिन्छ। जस्तैः कतिलाई बीमा कार्ड देखाएर क्लिनिक वा अस्पताल गयो भने पछि जापान सरकारले करको बील पठाउँछ भन्ने धारणा छ। जबकि, बीमा र कर अफिसको आफसमा कुनै सम्बन्ध हुँदैन। कतिले बीमाको प्रिमियम धेरै तिर्नुपर्छ भनेर बीमा कार्ड नै प्रयोग नगर्ने गर्नुहुन्छ। सायद धेरैलाई बीमाको प्रिमियम उसको तलब अनुसार निर्धारण गरिन्छ भन्ने थाहा छैन। जस्तैः कसैको आम्दानी महिनाको दुई लाख छ भने उसको बीमा मासिक चार लाख कमाउनेको भन्दा थोरै हुन्छ।

यहाँ बस्ने धेरैले नेपालबाट औषधि मगाएर खाइरहेको देखिन्छ। यहाँ चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि पाइँदैन वा महँगो पर्छ? 
बिना प्रेस्क्रिप्सन लिन मिल्ने औषधिहरु जसलाई हामी मेडिकल भाषामा ‘ओभर द काउन्टर ड्रग’ भन्छौं,  त्यस्तो मेडिसिन जापानमा पनि पाइन्छ। यहाँको ड्रग स्टोहरुमा सामान्यतया दुखाइ कम गर्ने पेनकिलरहरु, घाउ, चोटपटक लाग्दा प्रयोग हुने औषधि आदि सजिलै पाइन्छ। 

तर, धेरैलाई सायद कुनै औषधिले के काम गर्छ थाहा नभएर नेपालबाट आउँदा पारासिटामोल, साइनेक्स जस्ता औषधिहरु लिएर आउने गर्नुहुन्छ। कतिले यहाँ जाँच गर्दा महँगो पर्छ भन्ने डरले उच्च रक्तचाप, डाइबिटिज जस्ता रोगको औषधि नेपालबाट लिएर खाने गर्नुहुन्छ। कति औषधिहरु केही समयपछि जाँच गरेर डोज घटाउँदै लैजानुपर्ने हुन्छ। तर कुनै चेकजाँच नगरी वर्षौं एउटा औषधि सेवन गरेर बस्नु हुने नेपालीहरु पनि भेटेको छु मैले। यस्तो गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। तर सचेतनाको अभावले यस्तो जोखिमपूर्ण अभ्यास जापानबासी नेपालीहरुले गरिरहनुभएको छ।

प्रजनन उमेरका नेपालीहरुको संख्या यहाँ धेरै देखिन्छ। गर्भनिरोध लगायतका कुरामा असजिलो हो? 
जापानमा नेपालमा जस्तो सजिलै प्रेस्क्रिप्सन बिना पसलमा परिवार नियोजन वा आंशिक गर्भनिरोधक चक्कीहरु पाइँदैन। यहाँ परिवार नियोजनको चक्कीका लागि चिकित्सकले प्रेस्क्रिस्पन दिनुपर्छ। हाल अनलाइन कन्सल्टेसनबाट आंशिक गर्भनिरोधक चक्की लिन पाइन्छ। तर नेपालको तुलनामा निकै महँगो हुन्छ। एउटै चक्कीको ११ देखि १५ हजारसम्म पर्न आउँछ। त्यस्तै नरप्लान्ट जस्ता सेवाहरु त छन् तर जन्मदर कम भएको देश भएकाले नेपालमा सित्तैमा उपलब्ध हुने सेवाका लागि यहाँ करिब ३० हजार देखि ५० हजारसम्म पर्न आउँछ। त्यसैले धेरै महिलाहरु नेपालबाटै नरप्लान्ट राखेर आउनुहुन्छ। तर त्यसको मिति सकिएपछि जापानमा निकाल्न मिल्छ भन्ने थाहा छैन। यहाँ महँगो हुने भएकाले निकाल्न खोज्नुहुन्छ। पाँच वर्ष राख्ने नरप्लान्ट कतिले ७÷८ वर्ष राखेको पनि देखेको छु।

बच्चा पाउने अवस्था भएपछि जोडीहरु नेपाल फर्किने गरेको देखिन्छ। यहाँ गर्भावस्थामा पनि सहज छैन हो?
जापानमा गर्भ रहेदेखि बच्चा पाउँदा र शिशुको समेत राम्रो हेरचाह हुन्छ। गर्भवती महिलाका लागि नेपालमा भन्दा यहाँ धेरै सहुलियत छ। उनीहरुलाई जहाँ पनि प्राथमिकतामा राखिन्छ। विशेषगरी जापानमा जन्मदर बढाउनका लागि पनि सरकारले विभिन्न योजनाहरु लिएर आएको छ। यहाँ गर्भवती महिला लागि निमयित जस्तो र शिशुको हेरचाह कसरी गर्ने भन्ने जस्ता विषयमा जानकारी दिइन्छ। तर भाषागत समस्यका कारण धेरै जनाले जापानमा बच्चा जन्माउन असहज हुने धारणा राख्छन्। फेरि बच्चा भइसकेपछि यहाँ होकेइन वा किन्डरगार्डेन पनि निःशुल्क छ। तर बच्चाहरु नेपालीभन्दा जापानी संस्कृति बढी सिक्ने, भाषा पनि नेपाली बोल्न असहज हुने देखिन्छ। जसका कारण आमाबुवाले बच्चा नेपालमै हुर्कियो भने टाठोबाठो हुन्छ भन्ने धारणा छ। कतिपय भने यहीँको स्वास्थ्य लगायतका कुराबाट सन्तुष्ट भएर यहीँ आफ्ना बच्चाहरुको स्कुलिङ गराइरहेको पनि हुनुहुन्छ।

तपाईंहरुले आयोजना गरेको पाँचौं ग्लोबल नेपाली हेल्थ कन्फरेन्समा मानसिक स्वास्थ्य पनि ठूलो चुनौतीका रुपमा रहेको विभिन्न रिसर्च प्रस्तुत भए। जापानमा नेपालीहरु मानसिक रुपमा अस्वस्थ बन्दै जानुको कारण के देखिन्छ?
मानिसिक स्वास्थ्यको समस्या नेपालीको मात्र नभएर जापान लगायत विश्वव्यापी समस्या हो। जापानको काम गर्ने शैली र यहाँको जीवनयान निकै तनावपूर्ण हुन्छ। यहाँ कामलाई भगवानको रुपमा लिइन्छ र सानैदेखि बच्चाहरुलाई आफ्नो काम आफैं गर्नुपर्छ, आफ्नो समस्या आफैं समाधान गर्नुपर्छ भन्ने जस्ता कुरा सिकाइन्छ। त्यसले मानिसहरुमा सहयोग खोज्ने बानी त्यति हुँदैन। त्यस्तै यहाँ अरु धेरै कारणहरु जस्तो घट्दो जन्मदर, बढ्दो महँगी, कामको तनावले गर्दा मानसिक रोगहरु बढ्दो क्रममा छ। नेपालीहरुको सन्दर्भमा हेर्ने हो भने पनि कारण यिनै हुन्। तर जापानी भाषा खासै नआउने र सानो उमेरमै जापानमा आउनाले मानसिक समस्या अझै बढिरहेको देखिन्छ। त्यस्तै कतिले मानसिक समस्या र शारीरिक समस्याको अन्तर पत्ता लागउन सक्दैनन् र धेरै क्लिनिक देखाएपछि पनि आफ्नो समस्या समाधान नहुँदा निराश हुने गरेको पाइन्छ। 

Ncell 2
Ncell 2

यहाँ नेपालीको मानसिक स्वास्थ्यको चुनौती काम गर्ने तौरतरिका,  जीवनशैली र संस्कृतिले थपेको हो?
हो, पक्कै पनि हामी कस्तो ठाउँमा हुर्कियौं, कहाँबाट आयौं भन्ने कुराले हाम्रो मानसिक स्वास्थ्यमा धेरै फरक पार्छ। जस्तै नेपालबाट प्लस टु गरेर आउँछन्, त्यतिखेरसम्म केही काम गरेका हुँदैनन्। यहाँ आउँदा पनि जापानी भाषा विद्यालयहरुमा आउँछन्। पढ्नेभन्दा काम गर्ने होडबाजी देखिन्छ। किनकि, स्कुलको शुल्क तिर्नुपर्‍यो, खान–बस्न जापानमा त्यत्तिकै महँगो छ। आफूले सोचे जस्तो जागिर पाइँदैन। नेपालमा परिवारका बीचमा रहेको व्यक्ति यहाँ आएर एक्लै हुन्छ। आफ्नो बिदाको समयमा साथीभाइको बिदा हुँदैन। छरछिमेकमा राम्रो चिनजान हुँदैन। तसर्थ एक्लोपन बढ्दै आउने हुन्छ। कतिको तलब राम्रो नभएर, काममा धेरै तनाव भएर पनि मानसिक स्वास्थ्यमा असर पर्न आउँछ। तसर्थ, जापानको र नेपालको जीवनशैलीको अन्तरलाई एडजस्ट गर्न नसक्दा मानसिक समस्या अझै थपिएको हो कि भन्ने भान हुन्छ। 

कामको प्रेसर, महँगो जीवनशैली र कमाउनै पर्ने बाध्यताले पनि  मानसिक दबाब बढेको हो?
धेरैले रात–दिन नभनी काम गरेको देखिन्छ। यो चाहिँ व्यक्ति इच्छामा भन्दा बाध्यता पनि हुन सक्छ। विशेषगरी विद्यार्थीहरुले हप्ताको ३८ घन्टा काम गर्दा यहाँ खासै राम्रो आम्दानी हुँदैन। किनकि, कामको आधिजस्तो पैसा स्कुलमा तिर्नपर्छ बाँकी रहेको पैसाले खान–बस्न, बिजुली, पानी, ग्यास आदिको बिल तिर्न ठिक्क हुन्छ। काम पनि सोचेको जस्तो सजिलो छैन यहाँ। धेरैजसो काम घन्टौं उभिएर गर्नुपर्ने हुन्छ। त्यस्तै, सानैदेखि स्वस्थ खानेकुरा खाएर हुर्किएका विश्वका औसत आयु बढी भएका जापानिजसँग काम गर्नु चुनौतीपूर्ण हुन्छ। यसो हुनाले व्यक्तिले आफ्नो लागि समय निकाल्न सक्दैनन्।  जसका कारण मानसिक समस्या देखिन थाल्छ।

जापानमा मानसिक स्वास्थ्य चुनौतीपूर्ण छ भन्ने सबैलाई थाहा छ। तर त्यसमा कसरी काम गर्न सकिन्छ? 
यसमा दीर्घकालीन र अल्पकालीन दुवै सुझाव दिन चाहन्छु। जापान आउने हरेक नेपालीले जापानिज भाषा कम्तीमा एन २ सम्म सकेर आउनुपर्ने प्रणाली भयो भने यहाँको जीवनयापन सजिलो हुन्छ। भाषा आजको भोलि नै सिक्न नसकिने भएकाले यसलाई दीर्घकालीन रुपमा लिनुपर्छ। त्यस्तै हाललाई गर्न सकिने काम भनेको हामीले टेलिहेल्थको माध्यमले यहाँका व्यक्तिहरुलाई केही विशेषज्ञसँग जोडिदिन पायौं र उहाँहरुले समस्या बुझेर औषधि प्रेस्काइब गर्दा त्यसलाई जापानसम्म पुर्‍याउन पायौं भने सायद धेरैलाई सहज हुन्थ्यो। नेपालका डाक्टरहरुलाई हो भने सबैले खुलेर आफ्नो लक्षणका बारेमा बताउन सक्छन्। त्यसले समस्याको पहिचान गर्न सकिन्छ। त्यही प्रेस्क्रिप्सनका आधारमा जापानमै औषधि खरिद गर्न सकिने वा जापान प्रवेश गर्दा चाहिने औषधि लिएर आउन सक्ने वातावरण अझै सहज भयो भने विस्तारै हामीले यहाँ नेपालीहरुमा रहेको स्वास्थ्य समस्या कम गर्दै लैजान सकिन्छ। 

जापानमा नेपालीको स्वास्थ्य- १: बढ्दो छ मानसिक समस्या

जापानमा नेपालीको स्वास्थ्यपा- २: जान बस्ने नेपालीमा मानसिक समस्या बढ्नुका कारण

जापानमा नेपालीको स्वास्थ्य–३: व्यवस्थित प्रणाली,  अव्यवस्थित नेपाली

जापानमा नेपालीको स्वास्थ्य- ४: पढाइ, काम र ऋण :  १९-२० वर्षको बच्चाले त्यो बोझ कसरी बोक्न सक्छ?

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्