• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
जापानमा नेपालीको स्वास्थ्य-५

भाषा र प्रणाली राम्ररी नबुझ्दा जापानमा स्वास्थ्य सेवा लिन समस्या परेको हो

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १४, २०८०  ०८:१२
1140x725

जापानको टोकियोस्थित सेन्ट ल्युक इन्टरनेसनल युनिभर्सिटीबाट जनस्वास्थ्यमा विद्यावारिधि गरेकी डा एलिजा केसी भण्डारी अहिले नेसनल सेन्टर फर चाइल्ड एन्ड डेभलपमेन्ट, जापानको स्वास्थ्य नीति विभागमा कार्यरत छिन्। एनआरएनए जापानकी उपाध्यक्ष रहेकी उनी एनआरएनए ग्लोबल हेल्थ कमिटीमा पनि आबद्ध छिन्। उक्त कमिटीले उनको नेतृत्वमा जापानमा ‘ग्लोबल नेपाली हेल्थकन्फरेन्स’ गरेको थियो। जुन कन्फरेन्सले आप्रवासीहरुको स्वास्थ्यमा जोड दिएको थियो। जापानमा बस्ने नेपालीहरुको स्वास्थ्यलाई लिएर उनीसँग डिबी खड्काले गरेको संवादः

नेपालको तुलनामा जापानमा स्वास्थ्य सेवा लिन कति सहज वा असहज छ?
जापान युनिभर्सल कभरेज भएको देश हो। यहाँ प्रवेश गर्ने हरेक व्यक्ति स्वतः यहाँको बीमा सुरक्षा भित्र छिर्नुपर्ने हुन्छ। यहाँको राष्ट्रिय बीमाले ७० प्रतिशत उपचार वा स्वास्थ्य सुविधा उपयोग खर्च ब्यहोर्ने गर्छ भने केवल ३० प्रतिशत मात्रै व्यक्ति स्वयंले तिर्नुपर्ने हुन्छ। तसर्थ आर्थिक हिसाबले यहाँ सेवा लिन गाह्रो छैन। तर यहाँको स्वास्थ्य प्रणाली नबुझेका व्यक्तिहरुलाई भने विभिन्न समस्या हुन सक्छ। जस्तो भाषाको कठिनाइका आफूलाई के समस्या हुँदा कुन चिकित्सककहाँ जानुपर्छ भन्ने कुरा थाहा नहुनु, चिकित्सककहाँ गए पनि आफ्ना लक्षणहरु खुलेर भन्न नसक्नु आदि। अर्को यहाँ नेपालमा जस्तो केही भएर क्लिनिक वा अपतालमा जाँदैमा भएभरको जाँच गर्ने प्रणाली छैन। सकेसम्म कम तर पर्याप्त जाँचहरु गर्ने निमय छ। धेरैलाई तुरुन्तै निचोड चाहिने र यहाँको स्वास्थ्य सुविधा लिने प्रक्रिया फलोअपमा धेरै जानुपर्ने कुरा झन्झटिलो लागेर बीचमा जँचाउन जान छाड्छन्। तसर्थ सेवा लिन सबैलाई असहज त हैन, कोही–कोहीलाई गाह्रो पर्न सक्छ।

यहाँ विश्वमै राम्रो मानिएकामध्येकै एउटा स्वास्थ्य बीमा प्रणाली छ। नेपालीहरु त्यसबारे कत्तिको जानकार देख्नुहुन्छ?
अहिले अधिकांशलाई यहाँको स्वास्थ्य बीमाको बारेमा जानकारी छ। तर कतिलाई अपूरो जानकारी रहेको देखिन्छ। जस्तैः कतिलाई बीमा कार्ड देखाएर क्लिनिक वा अस्पताल गयो भने पछि जापान सरकारले करको बील पठाउँछ भन्ने धारणा छ। जबकि, बीमा र कर अफिसको आफसमा कुनै सम्बन्ध हुँदैन। कतिले बीमाको प्रिमियम धेरै तिर्नुपर्छ भनेर बीमा कार्ड नै प्रयोग नगर्ने गर्नुहुन्छ। सायद धेरैलाई बीमाको प्रिमियम उसको तलब अनुसार निर्धारण गरिन्छ भन्ने थाहा छैन। जस्तैः कसैको आम्दानी महिनाको दुई लाख छ भने उसको बीमा मासिक चार लाख कमाउनेको भन्दा थोरै हुन्छ।

यहाँ बस्ने धेरैले नेपालबाट औषधि मगाएर खाइरहेको देखिन्छ। यहाँ चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि पाइँदैन वा महँगो पर्छ? 
बिना प्रेस्क्रिप्सन लिन मिल्ने औषधिहरु जसलाई हामी मेडिकल भाषामा ‘ओभर द काउन्टर ड्रग’ भन्छौं,  त्यस्तो मेडिसिन जापानमा पनि पाइन्छ। यहाँको ड्रग स्टोहरुमा सामान्यतया दुखाइ कम गर्ने पेनकिलरहरु, घाउ, चोटपटक लाग्दा प्रयोग हुने औषधि आदि सजिलै पाइन्छ। 

तर, धेरैलाई सायद कुनै औषधिले के काम गर्छ थाहा नभएर नेपालबाट आउँदा पारासिटामोल, साइनेक्स जस्ता औषधिहरु लिएर आउने गर्नुहुन्छ। कतिले यहाँ जाँच गर्दा महँगो पर्छ भन्ने डरले उच्च रक्तचाप, डाइबिटिज जस्ता रोगको औषधि नेपालबाट लिएर खाने गर्नुहुन्छ। कति औषधिहरु केही समयपछि जाँच गरेर डोज घटाउँदै लैजानुपर्ने हुन्छ। तर कुनै चेकजाँच नगरी वर्षौं एउटा औषधि सेवन गरेर बस्नु हुने नेपालीहरु पनि भेटेको छु मैले। यस्तो गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। तर सचेतनाको अभावले यस्तो जोखिमपूर्ण अभ्यास जापानबासी नेपालीहरुले गरिरहनुभएको छ।

प्रजनन उमेरका नेपालीहरुको संख्या यहाँ धेरै देखिन्छ। गर्भनिरोध लगायतका कुरामा असजिलो हो? 
जापानमा नेपालमा जस्तो सजिलै प्रेस्क्रिप्सन बिना पसलमा परिवार नियोजन वा आंशिक गर्भनिरोधक चक्कीहरु पाइँदैन। यहाँ परिवार नियोजनको चक्कीका लागि चिकित्सकले प्रेस्क्रिस्पन दिनुपर्छ। हाल अनलाइन कन्सल्टेसनबाट आंशिक गर्भनिरोधक चक्की लिन पाइन्छ। तर नेपालको तुलनामा निकै महँगो हुन्छ। एउटै चक्कीको ११ देखि १५ हजारसम्म पर्न आउँछ। त्यस्तै नरप्लान्ट जस्ता सेवाहरु त छन् तर जन्मदर कम भएको देश भएकाले नेपालमा सित्तैमा उपलब्ध हुने सेवाका लागि यहाँ करिब ३० हजार देखि ५० हजारसम्म पर्न आउँछ। त्यसैले धेरै महिलाहरु नेपालबाटै नरप्लान्ट राखेर आउनुहुन्छ। तर त्यसको मिति सकिएपछि जापानमा निकाल्न मिल्छ भन्ने थाहा छैन। यहाँ महँगो हुने भएकाले निकाल्न खोज्नुहुन्छ। पाँच वर्ष राख्ने नरप्लान्ट कतिले ७÷८ वर्ष राखेको पनि देखेको छु।

बच्चा पाउने अवस्था भएपछि जोडीहरु नेपाल फर्किने गरेको देखिन्छ। यहाँ गर्भावस्थामा पनि सहज छैन हो?
जापानमा गर्भ रहेदेखि बच्चा पाउँदा र शिशुको समेत राम्रो हेरचाह हुन्छ। गर्भवती महिलाका लागि नेपालमा भन्दा यहाँ धेरै सहुलियत छ। उनीहरुलाई जहाँ पनि प्राथमिकतामा राखिन्छ। विशेषगरी जापानमा जन्मदर बढाउनका लागि पनि सरकारले विभिन्न योजनाहरु लिएर आएको छ। यहाँ गर्भवती महिला लागि निमयित जस्तो र शिशुको हेरचाह कसरी गर्ने भन्ने जस्ता विषयमा जानकारी दिइन्छ। तर भाषागत समस्यका कारण धेरै जनाले जापानमा बच्चा जन्माउन असहज हुने धारणा राख्छन्। फेरि बच्चा भइसकेपछि यहाँ होकेइन वा किन्डरगार्डेन पनि निःशुल्क छ। तर बच्चाहरु नेपालीभन्दा जापानी संस्कृति बढी सिक्ने, भाषा पनि नेपाली बोल्न असहज हुने देखिन्छ। जसका कारण आमाबुवाले बच्चा नेपालमै हुर्कियो भने टाठोबाठो हुन्छ भन्ने धारणा छ। कतिपय भने यहीँको स्वास्थ्य लगायतका कुराबाट सन्तुष्ट भएर यहीँ आफ्ना बच्चाहरुको स्कुलिङ गराइरहेको पनि हुनुहुन्छ।

तपाईंहरुले आयोजना गरेको पाँचौं ग्लोबल नेपाली हेल्थ कन्फरेन्समा मानसिक स्वास्थ्य पनि ठूलो चुनौतीका रुपमा रहेको विभिन्न रिसर्च प्रस्तुत भए। जापानमा नेपालीहरु मानसिक रुपमा अस्वस्थ बन्दै जानुको कारण के देखिन्छ?
मानिसिक स्वास्थ्यको समस्या नेपालीको मात्र नभएर जापान लगायत विश्वव्यापी समस्या हो। जापानको काम गर्ने शैली र यहाँको जीवनयान निकै तनावपूर्ण हुन्छ। यहाँ कामलाई भगवानको रुपमा लिइन्छ र सानैदेखि बच्चाहरुलाई आफ्नो काम आफैं गर्नुपर्छ, आफ्नो समस्या आफैं समाधान गर्नुपर्छ भन्ने जस्ता कुरा सिकाइन्छ। त्यसले मानिसहरुमा सहयोग खोज्ने बानी त्यति हुँदैन। त्यस्तै यहाँ अरु धेरै कारणहरु जस्तो घट्दो जन्मदर, बढ्दो महँगी, कामको तनावले गर्दा मानसिक रोगहरु बढ्दो क्रममा छ। नेपालीहरुको सन्दर्भमा हेर्ने हो भने पनि कारण यिनै हुन्। तर जापानी भाषा खासै नआउने र सानो उमेरमै जापानमा आउनाले मानसिक समस्या अझै बढिरहेको देखिन्छ। त्यस्तै कतिले मानसिक समस्या र शारीरिक समस्याको अन्तर पत्ता लागउन सक्दैनन् र धेरै क्लिनिक देखाएपछि पनि आफ्नो समस्या समाधान नहुँदा निराश हुने गरेको पाइन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यहाँ नेपालीको मानसिक स्वास्थ्यको चुनौती काम गर्ने तौरतरिका,  जीवनशैली र संस्कृतिले थपेको हो?
हो, पक्कै पनि हामी कस्तो ठाउँमा हुर्कियौं, कहाँबाट आयौं भन्ने कुराले हाम्रो मानसिक स्वास्थ्यमा धेरै फरक पार्छ। जस्तै नेपालबाट प्लस टु गरेर आउँछन्, त्यतिखेरसम्म केही काम गरेका हुँदैनन्। यहाँ आउँदा पनि जापानी भाषा विद्यालयहरुमा आउँछन्। पढ्नेभन्दा काम गर्ने होडबाजी देखिन्छ। किनकि, स्कुलको शुल्क तिर्नुपर्‍यो, खान–बस्न जापानमा त्यत्तिकै महँगो छ। आफूले सोचे जस्तो जागिर पाइँदैन। नेपालमा परिवारका बीचमा रहेको व्यक्ति यहाँ आएर एक्लै हुन्छ। आफ्नो बिदाको समयमा साथीभाइको बिदा हुँदैन। छरछिमेकमा राम्रो चिनजान हुँदैन। तसर्थ एक्लोपन बढ्दै आउने हुन्छ। कतिको तलब राम्रो नभएर, काममा धेरै तनाव भएर पनि मानसिक स्वास्थ्यमा असर पर्न आउँछ। तसर्थ, जापानको र नेपालको जीवनशैलीको अन्तरलाई एडजस्ट गर्न नसक्दा मानसिक समस्या अझै थपिएको हो कि भन्ने भान हुन्छ। 

कामको प्रेसर, महँगो जीवनशैली र कमाउनै पर्ने बाध्यताले पनि  मानसिक दबाब बढेको हो?
धेरैले रात–दिन नभनी काम गरेको देखिन्छ। यो चाहिँ व्यक्ति इच्छामा भन्दा बाध्यता पनि हुन सक्छ। विशेषगरी विद्यार्थीहरुले हप्ताको ३८ घन्टा काम गर्दा यहाँ खासै राम्रो आम्दानी हुँदैन। किनकि, कामको आधिजस्तो पैसा स्कुलमा तिर्नपर्छ बाँकी रहेको पैसाले खान–बस्न, बिजुली, पानी, ग्यास आदिको बिल तिर्न ठिक्क हुन्छ। काम पनि सोचेको जस्तो सजिलो छैन यहाँ। धेरैजसो काम घन्टौं उभिएर गर्नुपर्ने हुन्छ। त्यस्तै, सानैदेखि स्वस्थ खानेकुरा खाएर हुर्किएका विश्वका औसत आयु बढी भएका जापानिजसँग काम गर्नु चुनौतीपूर्ण हुन्छ। यसो हुनाले व्यक्तिले आफ्नो लागि समय निकाल्न सक्दैनन्।  जसका कारण मानसिक समस्या देखिन थाल्छ।

जापानमा मानसिक स्वास्थ्य चुनौतीपूर्ण छ भन्ने सबैलाई थाहा छ। तर त्यसमा कसरी काम गर्न सकिन्छ? 
यसमा दीर्घकालीन र अल्पकालीन दुवै सुझाव दिन चाहन्छु। जापान आउने हरेक नेपालीले जापानिज भाषा कम्तीमा एन २ सम्म सकेर आउनुपर्ने प्रणाली भयो भने यहाँको जीवनयापन सजिलो हुन्छ। भाषा आजको भोलि नै सिक्न नसकिने भएकाले यसलाई दीर्घकालीन रुपमा लिनुपर्छ। त्यस्तै हाललाई गर्न सकिने काम भनेको हामीले टेलिहेल्थको माध्यमले यहाँका व्यक्तिहरुलाई केही विशेषज्ञसँग जोडिदिन पायौं र उहाँहरुले समस्या बुझेर औषधि प्रेस्काइब गर्दा त्यसलाई जापानसम्म पुर्‍याउन पायौं भने सायद धेरैलाई सहज हुन्थ्यो। नेपालका डाक्टरहरुलाई हो भने सबैले खुलेर आफ्नो लक्षणका बारेमा बताउन सक्छन्। त्यसले समस्याको पहिचान गर्न सकिन्छ। त्यही प्रेस्क्रिप्सनका आधारमा जापानमै औषधि खरिद गर्न सकिने वा जापान प्रवेश गर्दा चाहिने औषधि लिएर आउन सक्ने वातावरण अझै सहज भयो भने विस्तारै हामीले यहाँ नेपालीहरुमा रहेको स्वास्थ्य समस्या कम गर्दै लैजान सकिन्छ। 

जापानमा नेपालीको स्वास्थ्य- १: बढ्दो छ मानसिक समस्या

Xtrem

Xtrem

जापानमा नेपालीको स्वास्थ्यपा- २: जान बस्ने नेपालीमा मानसिक समस्या बढ्नुका कारण

जापानमा नेपालीको स्वास्थ्य–३: व्यवस्थित प्रणाली,  अव्यवस्थित नेपाली

जापानमा नेपालीको स्वास्थ्य- ४: पढाइ, काम र ऋण :  १९-२० वर्षको बच्चाले त्यो बोझ कसरी बोक्न सक्छ?

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु शुक्रबार, असोज १६, २०८३
चाडपर्वमा तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह शुक्रबार, असोज १६, २०८३
सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्