• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
जापानमा नेपालीको स्वास्थ्य- १

बढ्दो छ मानसिक समस्या

64x64
डिबी खड्का शुक्रबार, कात्तिक १०, २०८०  १९:४३
1140x725

जापानमा बस्ने नेपालीका आफन्तले विभिन्न माध्यमबाट सोध्छन्– सञ्चै छौ?  

सामान्यतया आउने उत्तर हुन्छ– ठिकै छ। त्यहाँ बसिरहेका नेपालीका अनुसार त्यसपछि आफन्तको प्रश्न हुन्छ– कमाइ–धमाइ पनि ठिक छ नि? 

विद्यार्थी अस्मिता लामाको भनाइ अनुसार उनीहरुले आफन्तबाट अपेक्षा गर्ने पुरक प्रश्न हुन्छ, ‘ठिकै छ कि सञ्चै छ?’ त्यसरी सोधियो भने उनीहरुले व्यक्त गर्ने कुरा अनगिन्ति छन्। तर  कुरा फेरि पनि कमाइ–धमाइतिर मोडियो भने चाहिँ धेरैको बिसञ्चो मन झन् बल्झिन्छ।

साथीभाइले पनि भन्छन्, ‘विदेशमा छस्, मोज छ ’ अग्ला भवन र समुद्र किनारमा खिचिएका तस्बिरले मात्रै जीवन दर्शाउँदैन। नियमित जीवनमा वर्षका एक–दुई पल्ट आउने ती तस्बिरले बाँकी ३६३ दिनको प्रतिनिधित्व गर्दैनन्।

जापानमा अहिले १ लाख ४० हजार नेपाली छन्। त्यसमा ठूलो संख्या विद्यार्थीको छ। जापान सरकारको नजरमा उनीहरु पढ्न आएका हुन्। नेपालीहरुको नजरमा उनीहरु कमाउन गएका हुन्। यहीँनेरबाट सुरु हुन्छ ती १९/२० कै उमेरका कलिला विद्यार्थीको जीवनमा विरोधाभाष।

हाल जापानमा अध्ययनरत काभ्रेपलाञ्चोककी अस्मिता लामाको कथासँग धेरै नेपाली विद्यार्थीको मनोदशा मिल्दोजुल्दो छ। चार वर्षअघि पढ्न जापान पुगेकी लामा आत्महत्या गर्ने खराब सोचलाई जितेर नयाँ जीवनमा प्रवेश गरेकी छिन्। सबैले लामाले जस्तै आफूलाई त्यो त्रासदीबाट बाहिर निकाल्न सक्दैनन्। त्यसैले जापानमा नेपाली विद्यार्थीहरुले आत्महत्या गरेको खबरहरु पनि पछिल्लो समय बाक्लिन थालेको छ। बिरामी मन लिएर नेपाली डाक्टर खोज्दै पुग्नेको संख्या उल्लेख्य छ। 

विगत २२ वर्षदेखि जापानमा कार्यरत न्युरोसर्जन डा लुशुन चालिसेका अनुसार उनलाई खोज्दै आउने ४० जनामा ३० जना मानसिक समस्यासँग सम्बन्धित हुन्छन्। उनले भने, ‘टाउको दुख्यो, रिंगटा लाग्यो जस्ता लक्षण लिएर आउँछन्। उनीहरुलाई टाउकोको नशासँग सम्बन्धित समस्या भयो भन्ने लागेर मकहाँ पुगेका हुन् तर उनीहरुमा त्यस्तो समस्या हुँदैन। मानसिक समस्या हुन्छ र कतिपयको मैले नै गर्ने काउन्सिलले बिसेक पनि हुन्छ। धेरैलाई भने नेपाल गएर एक पल्ट परामर्श लिन सुझाउँछ।’

अर्को, जापानमा प्रचलित भिसा हो कुक। नेपाली र भारतीय रेस्टुरेन्टमा मात्रै काम गर्न पाउने सर्तमा उनीहरुलाई भिसा दिइएको हुन्छ। उनीहरुलाई त्यहाँ मगाउने पनि रेस्टुरेन्ट गरेका नेपालीहरु नै हुन्छन्। ‘जापान पस्न पाए सबै दुःख दूर हुने’ मानसिकतामा रहेकाहरु त्यही भिसामा कन्सल्टेन्सीलाई १५ लाखसम्म तिरेर त्यहाँ पुग्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली र भारतीय रेस्टुरेन्टमै काम गर्ने उनीहरुको तलब बढीमा ८० हजार रुपैयाँसम्म हुने कुक र उनीहरुको परिवारको मानसिक स्वास्थ्यमाथि अध्ययन गरेका मनोचिकित्सक डा विजय ज्ञवाली बताउँछन्। उनी त कुक भिसालाई आधुनिक जमानाको मानव बेचबिखनकै संज्ञा दिन्छन्। उनी भन्छन्, ‘९० प्रतिशत कुक १५ देखि २० लाख तिरेर त्यहाँ पुग्छन्। एउटा कुकले राम्रै रेस्टुरेन्टमा काम गर्दा पाउने एक लाख रुपैयाँ हो। उसले १५ लाख रुपैयाँ खर्च गर्‍यो भने १५ लाख कमाउन ३० महिना लाग्छ। कसैले श्रीमती पनि लिएर जान्छन् तर श्रीमतीको ओभरवर्क हुन्छ।’ यही कारण कुक र तिनीहरुका श्रीमतीको मानसिक स्वास्थ्यमा निकै समस्या देखिएको उनी बताउँछन्।

दैनिकी, अभिभावकको अपेक्षा र यथार्थ
जापानमा विद्यार्थी भिसामा आएकाहरुले चार वर्ष कमाएर घर पठाउने परिकल्पना नगरे पनि हुन्छ। किनभने, उनीहरु पढ्नका लागि आएकाले त्यहीँ बढी समय बित्छ। जति बाँकी समय रहन्छ, त्यसमा उनीहरु त्यहाँको महँगो जीवनशैली जिउन र कलेजको शुल्क तिर्न ठिक्क हुनेगरी कमाउन सक्छन्।

यहाँनेर विद्यार्थी अस्मिता लामाको अनुभव राख्नु उपयुक्त हुन्छ। उनी सन् २०२० मा जापानमा आएकी हुन्। त्यो समय कोरोनाले बाहिर निस्किन पाइँदैनथ्यो। उनी आसाइ नामक पत्रिकाको छात्रवृत्ति (पत्रिका बाँड्ने काम गरेपछि कलेज शुल्क तिर्ने) मा आएकी थिइन्। उनले १ देखि ४ बजेसम्म दुई टाइम पत्रिका बाँड्नुपथ्र्यो। कलेज पनि जानैप¥यो। उनलाई सुत्ने समय बेलुकी ६ बजेदेखि राति १ बजेसम्म चार घन्टा हुन्थ्यो। उनले भनिन्, ‘त्यो चार घन्टा पनि ऋण कसरी तिर्ने, कसरी पढ्ने, भन्ने चिन्ताको छटपटीमै सकिन्थ्यो। त्यसपछि झर्काे लाग्ने, बोल्न मन नलाग्ने र आत्महत्या गरौं जस्तो लाग्ने भयो।’

पढेर आफ्नो भविष्य बनाउने भन्ने सपना बोकेर जापान टेकेकी थिइन् उनी। घरपरिवारले ऋण–धन गरेर उनलाई त्यहाँ पठाएको थियो। उनलाई पढ्ने सपना भए पनि परिवारलाई कन्सल्ट्यान्सीले भनेको थियो, ‘ऋणको चिन्ता नगर्नुहोस्। एक वर्षमै तिरिहाल्छिन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि स्वभाविक रुपमा दुई महिनापछि उनको घरबाट प्रश्न आयो, ‘तिम्रो कमाइ कति छ ? ब्याज यति भइसक्यो। अलि–अलि पठाउँदै गर आदि।’

लामाले प्रश्न गरिन्, ‘आफ्नो भविष्यको चिन्ता, पढाइको प्रेसर, ऋणको तनाव र कामको तनाव, एउटा १९÷२० वर्षको बच्चाले त्यो प्रेसर कसरी थेग्न सक्छ ?’

अनुसन्धानकर्ता भरत नेगी जापानमा रहेका नेपालीहरुको मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको बताउँछन्। एनआरएनए ग्लोबल हेल्थ कमिटीले आयोजना गरेको ‘पाँचौं नेपाली ग्लोबल हेल्थ कन्फरेन्स’मा आफ्नो प्रस्तुति राख्दै उनले यस्तो बताएका हुन्। 

उनले १९८ जनालाई लिएर गरेको एक अनुसन्धानमा ‘असामान्य डिप्रेसन’ मा पुगेका ७४ जना अर्थात् ३७.२ प्रतिशत भेटेका छन्। यसैगरी बोर्डर लाइनमा ७१ जना अर्थात् ३५.७ प्रतिशत, सामान्य ५४ जना अर्थात् २७.१ प्रतिशत मात्रै भेटिएका छन्। यसैगरी २५.६ प्रतिशतको एन्जाइटीको तह असामान्य अवस्थामा पुगिसकेको उनको अनुसन्धानले देखाएको छ। पुरुषमा भन्दा महिलामा एन्जाइटी अझ बढी देखिनुका साथै कोभिड–१९ को महामारीका समयमा यो अझ बढेको उनले बताएका छन्।

नेपालीहरुको स्वास्थ्यलाई नजिकबाट हेरिरहेकी जनस्वास्थ्यकर्मी डा एलिजा केसी भण्डारी मानसिक समस्या सिर्जना गर्ने अनेक कारण रहेको बताउँछिन्। नमिल्दो परिवेश, फेरिएको जीवनशैली, कमाउनैपर्ने दबाब आदि मुख्य रहेको उनको बुझाइ छ। उनले देखेकी छिन्, ‘कतिले कयौं रात सुत्दै नसुती काम गरिरहेका हुन्छन्। विशेषगरी नेपाली विद्यार्थीले हप्तामा २८ घन्टा काम गर्न पाउँछन्। तर जम्मा २८ घन्टाले शुल्क तिरेर खान–बस्न पुग्दैन।’

यताबाट पठाउनेले प्रतिघन्टा १५ सय कमाइ हुने बताइरहेका हुन्छन्। तर उताको जीवनशैली अनुसार त्यसले धान्दैन। कामलाई असाध्यै महत्व दिने प्रचलन, कामको प्रकृति र काममा लगाउने स्वभावले समेत समस्या सिर्जना गरिरहेको उनको बुझाइ छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्