• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
जापानमा नेपालीको स्वास्थ्य–३

व्यवस्थित प्रणाली,  अव्यवस्थित नेपाली

64x64
डिबी खड्का आइतबार, कात्तिक १२, २०८०  ०८:२४
1140x725

जापानको स्वास्थ्य प्रणाली विश्वकै पाँच उत्कृष्ट प्रणालीमा पर्छ। जापानमा बस्ने हरेकको स्वास्थ्य बीमा अनिवार्य छ। ‘सर्वव्यापी स्वास्थ्य बीमा’ भनिएको बीमा सरकार र सार्वजनिक संस्थाहरुद्वारा परिचालित छ। जुनसुकै बिराम वा चोटपटक लागे पनि सामान्यतया ७० प्रतिशत यही बीमाबाट बेहोरिन्छ। ३० प्रतिशत भने आफैंले बेहोर्नुपर्छ। 

जापानमा नेपाली समेटिने सामान्य तया दुई मोडेलका बीमामा हो,  १. राष्ट्रिय स्वास्थ्य बीमा, २. कर्मचारी बीमा। जो कुनै निश्चित कम्पनीका लागि काम गरिरहेका छैनन्, उनीहरु यहाँ समेटिन्छन्। डा चालिसेका अनुसार आफ्नै रेस्टुरेन्ट गर्ने, सानोतिनो पसल चलाउने आदि यसमा पर्छन्। त्यसैगरी विदेशी विद्यार्थीहरूका लागि पनि यही बीमा लागू हुन्छ। बीमाको प्रक्रिया नगरपालिका कार्यालयमा गरिन्छ।

यहाँको बीमा शुल्क आम्दानीमा निर्भर हुन्छ। गएको वर्षमा व्यक्तिले कमाएअनुसार चालु वर्षमा बीमा शुल्क निर्धारण हुन्छ। भर्खरै विदेशबाट आएका विदेशी विद्यार्थीहरूले जापानमा कमाएका हुँदैनन्। त्यसैले चालु वर्षमा बीमा प्रिमियम सस्तो हुन्छ। 

यसैगरी यहाँ धेरै नै खर्च लाग्ने उपचारका लागि बीमा कम्पनीले एक महिनामा हुने उपचार खर्च वा औषधि शुल्क निश्चित रकमभन्दा बढी पनि तिर्ने प्रणाली छ। यदि तिनीहरूको उपचार ५० लाख येन वा १ करोड येनभन्दा बढी हुँदा बिरामीले खर्च गर्ने मुश्किल हुन्छ वा उसका जीवनका अन्य पक्ष ध्वस्त हुन्छन्। त्यस्तो अवस्थामा पनि बीमाले भरथेग गर्छ। यसैगरी बच्चा जन्माउँदा ‘बच्चा जन्माउने एकमुष्ठ भत्ता (झन्डै चार लाख नेपाली रुपैयाँ) पनि यहीँबाट दिइन्छ। 

अर्को कर्मचारी बीमा हुन्छ। जसको बीमाकर्ताहरू राष्ट्रिय स्वास्थ्य बीमा संघ (क्योकाइ केन्पो), जापान प्राइभेट स्कुल प्रमोसन तथा म्युचुअल एड एजेन्सी (प्राइभेट म्युचुअल सहायता), स्वास्थ्य बीमा समाज, आदि हुन्छन्। कम्पनीमा काम गर्ने व्यक्तिहरू र उनीहरूका परिवारका लागि माथि उल्लिखित बीमाकर्ताहरूमध्ये एक बीमा संस्थाले कभर गर्छ। कुन बिमा पाउने भन्ने काम गर्ने कम्पनीमा निर्भर रहन्छ। उदाहरणका लागि यदि काम गर्ने संस्था ठूलो भएमा स्वास्थ्य बीमा संघमा सामेल हुन्छन्। 

निजी विश्वविद्यालयमा काम गर्नेहरु ‘निजी विद्यालय म्युचुअल सहायता’मा सामेल हुन्छन्। यस बीमाको सुविधामा रोजगारदाता र कर्मचारीले आधा–आधा बीमा शुल्क भुक्तान गर्ने प्रणाली हुन्छ। यदि १० हजार रुपैयाँ बीमाका लागि कम्पनीले घटाएर तलब दिन्छ भने उसले शुल्क बुझाउँदा १० हजार थप्नुपर्छ। पाउने सुविधा भने दुवै बीमाबाट उस्तै हुन्छ। 

जापानको स्वास्थ्य प्रणाली हेर्दा सामान्यतया स्वास्थ्य उपचार समस्या देखिँदैन। तर बीमामा अभ्यस्त भइनसकेकाले नेपालीहरुलाई भने अझै जटिल लाग्छ। कम्पनीमा काम गर्नेहरुका लागि बीमाको शुल्क तिर्नेदेखि प्रक्रियासम्म कम्पनीले गर्ने भएकाले त्यति असहज देखिँदैन। तर आफैं तिर्नुपर्ने स्वरोजगार (विशेषगरी कुकहरु) र विद्यार्थीहरुले भने नियमित रुपमा तिर्दैनन्। जसले गर्दा बिरामी पर्दा शतप्रतिशत तिर्नुपर्ने हुन्छ र जुन निकै महँगो पर्ने आप्रवासीका काम गर्ने जापानिज गैरसरकारी संस्था सिंघामा कार्यरत मीना शाक्य बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो हुर्काइ नै त्यस्तो हो कि ?, सकेसम्म बीमामा जान खोज्दैनन्। नेपालबाट औषधि मगाएर खाने वा अति नै भएपछि अस्पताल जाने गरेका छन्।’

निकै अप्ठ्यारो परेपछि उनी कार्यरत संस्थालाई सहयोग माग्ने पनि छन्। तर नेपालबाट आफूखुसी अनेक औषधि मगाएर खाएको कुरा चिकित्सकलाई भन्न सक्दैनन्। जसले गर्दा त्यहाँका चिकित्सकलाई समस्या पहिचान गर्न असहज हुने गरेको मेडिकल ट्रान्सलेटर समेत रहेकी उनी बताउँछिन्। कतिले बिरामी परेपछि जापान आएदेखिको बीमाशुल्क तिर्नुपरेको र कतिले बच्चा भएपछि तिर्नुपरेको उनले देखेकी छिन्। 

nimb
nimb
Ncell 2
Ncell 2

आफू केही नजान्ने मात्रै नभई सहयोग लिन पनि नखोज्ने नेपालीको स्वभाव रहेको बताइन्। उनले भनिन्, ‘हाम्रो संस्थाले जापानमा बस्ने सबै विदेशीलाई सबै प्रकारको सहयोग गर्छ। अन्य देशका नागरिक सामान्य केही पर्दा पनि सहयोग लिन खोज्छन् तर नेपालीले चाहिँ सकेसम्म नजरअन्दाज गर्छन्।’

बीमा कार्ड भएकाहरुले समेत अस्पतालमा देखाउन हिच्किचाउने गरेको डा एलिजा केसी भण्डारी बताउँछिन्। उनी भन्छिन्, ‘केही नेपालीहरुमा कार्ड देखायो भने ट्याक्स धेरै तिर्नुपर्छ भन्ने धारणा छ। त्यसैका आधारमा करका लागि क्रस चेक गर्न आउँछ भन्ने भ्रम छ। जबकि, कर प्रणाली र बीमा लिंक नै हुँदैन। त्यसैले उपचार गर्न जान धकाइरहेका हुन्छन्।’

यसबाहेक पनि जापानमा सुविधा छन्। जुन निम्नानुसार प्रस्तुत गरिएको छ:

जन्म भत्ता (जन्म दिनुअघि)
गर्भवतीलाई  'प्रसूति बिदा'को व्यवस्था छ। श्रम मापदण्ड कानुन अन्तर्गत, यदि रोजगारदातालाई अनुरोध भनियो भने, कम्पनीले डेलिभरीको अपेक्षित मिति भन्दा ४२ दिन अघिबाट बिदा दिनुपर्छ। कानुनले त्यस अबधिमा तलब दिनैपर्ने बाध्यता भने गरेको छैन। कम्पनीबाट तलब प्राप्त भएन भने पनि, प्रसूति भत्ता बीमा कम्पनीबाट पाइने व्यवस्था छ।

जुम्ल्याहाहरूका केसमा प्रसूति बिदाको लागि डेलिभरीको अपेक्षित मिति भन्दा अघि ४२ दिनको सट्टा ९८ दिन हुन्छ। यदि बच्चा डेलिभरीको अपेक्षित मिति भन्दा पछि जन्मिन्छ र ४२ दिन भन्दा बढि समय लिन्छ भने पनि यो बच्चा जन्माउने दिनसम्म 'प्रसूति बिदा'को रूपमा मान्यता दिइन्छ।

जन्म दिएपछि
बच्चा जन्माएको दिनदेखि ५६ अनिवार्य बिदा हुन्छ। यो अविधिमा काम गर्न कानुनले नै बर्जित गरेको छ। यसलाई 'पोस्टपर्टम बिदा' भनिन्छ। यदि बच्चा जन्मेको ४२ दिन पछि डाक्टरले यो अनुमति दियो आफ्नो इच्छा अनुसार काम गर्न सक्ने भनिएको छ। यस अवधिमा प्रसूति भत्ता हुन्छ। जुन  तलबको लगभग दुई तिहाइ हुन्छ।

प्रसूति भत्ता
यसको अतिरिक्त, पारिवारिक हेरचाह बिदाको सुबिधा पनि छ (जब तपाईंका आफन्तहरूलाई सुत्केरीको हेरचाहको आवश्यकता पर्दछ र परिवारले हेरचाहको लागि छुट्टी लिएको समयको रकम पाउने व्यवस्था हुन्छ)।

श्रम बीमा
श्रम बीमा त्यो बीमा हो जो कम्पनीमा काम गर्नको लागि मानिसहरू भर्ना हुन्छन्। कम्पनीका लागि काम गर्ने सबै व्यक्तिहरूले अनिवार्य बीमा हुन्छ। बीमाकर्ता सरकार हुन्छ। त्यहाँ दुई प्रकारका बीमा प्रिमियम हुन्छन्, एक कम्पनीद्वारा भुक्तानी (श्रम दुर्घटना बीमा) र अर्को कम्पनी र कामदारद्वारा भुक्तानी (श्रमिक बीमा)।

बेरोजगारी भत्ता
यदि काम गर्ने कम्पनीबाट हटाइयो वा आफैँले छाड्नुपर्‍यो भने अर्को काम फेला नपरेसम्म बेरोजगार भत्ता प्राप्त गर्न सकिन्छ। कति समय र कति रकम प्राप्त हुन्छ,  त्यो आवेदकमा निर्भर गर्छ। पैसा प्राप्त गर्नका लागि त्यहाँ अन्य सर्तहरू भने छन्।

बाल हेरचाह बिदा
प्रसूति बिदाको ५६ दिनपछि यदि आफ्नो बच्चा हुर्काउन अझ बढी बिदा लिन आवश्यक पर्यो भने बाल हेरचाह बिदा लिन सकिन्छ। यो सुबिधा बच्चा जन्मेको मितिदेखि लगभग एक वर्षका लागि भनिएको छ। यो सुविधा बच्चाको आमा मात्र होइन, बुबाले पनि पाउन सक्छन्। दुवैले एकै समयमा प्राप्त गर्न भने सक्दैनन्। सुविधा रकम प्राप्त गर्नको लागि केही सर्तहरु भने हुन्छन्। त्योबेला पाइने रकम तलबको लगभग आधा हुनेछ। 

औद्योगिक दुर्घटना बीमा
यसलाई आधिकारिक रूपमा कामदार दुर्घटना क्षतिपूर्ति बीमा भनिन्छ।  बिमारी वा कामको क्रममा घाइते भएको कारण (व्यावसायिक कारण) अस्पताल उपचार खर्च  बेहोरिन्छ। बिमारी वा कामको दौरानमा चोटपटकका कारण (व्यावसायिक कारण) बिरामी बिदाको समयमा घर खर्च पनि दिइन्छ। घाइते भएर निको भए पनि अपांगता रहन्छ भने क्षतिपूर्ति पैसा दिइन्छ।

मृत्युको शोकमा परेको व्यक्तिको जीवनलाई सहयोग गर्न क्षतिपूर्ति रक़म पनि दिने गरिन्छ। यो बीमाको शुल्क कामको प्रकृतिमा निर्भर गर्छ। यसमा बीमा रकम तिर्नु पर्दैन। रोजगारदाताले सबै बीमा रकम भुक्तान गर्छ। यस्तो बीमाको बीमा कार्ड हुँदैन।

कामको क्रममा घाइते हुँदा
अस्पताल पुग्ने बित्तिकै सोधिन्छ, ‘तपाईंलाई चोट कसरी लाग्यो?’ त्यस समयमा अस्पतालमा सोध्ने व्यक्तिलाई भन्नुपर्छ,  'म काम गर्ने क्रममा घाइते भएँ...।’

त्यस्तो भनियो भने अस्पतालमा पैसा तिर्नु पर्दैन। यदि त्यसपछि पनि अस्पताल जाने वा भर्ना हुने अवस्था आउँद पनि पैसा तिर्नु पर्दैन।

चिकित्सा खर्चको अतिरिक्त कम्पनीबाट तलब नपाउँदा चोटपटक वा रोग निको नहुन्जेलसम्म बिमाबाट घर खर्च पाउन सक्ने व्यवस्था छ।

काम गर्ने क्रममा चोटपटक लाग्दा कम्पनीका व्यक्तिले त्यसो नभन्नु चाहिँ भनेका हुन सक्ने बताइन्छ। घरमा घाइते भएको वा बिदाका दिनमा घाइते भएको बताउन जोडबल गर्छन् तर सरकारले झुट निषेध गरेको छ। 

चोट निको भयो तर अशक्त भयो भने
उपचारपछि चोट निको भयो तर शरीरका अंगहरू पहिलेजस्तो भएनन् वा आँखाले देख्न गाह्रो भयो भने वा निको भएन भने अपांग सूचीमा राखिन्छ। बीमाबाट निश्चित पैसा प्राप्त हुन्छ। अपांगताको अवस्था १ देखि १४ श्रेणी (अपांगता ग्रेड)मा विभाजित गरिएको छ। डाक्टरको राय र लक्षणहरूको आधारमा ग्रेड छुट्याइन्छ।

जो १ देखि ७ श्रेणीमा छन् उनीहरूले निवृत्तिभरण (पेन्सन) प्रणालीको रूपमा बीमा प्राप्त गर्नेछन्। प्रत्येक वर्ष निश्चित रकम प्राप्त हुन्छ।

ग्रेड ८ देखि १४ श्रेणीका व्यक्तिका लागि एकमुष्ट रकम भत्ताको रूपमा भुक्तान गरिन्छ। दुवै अवस्थाको बीमा रकम काम गर्दा प्राप्त भइरहेको तलबको आधारमा हिसाब गरिन्छ।  

कामका क्रममा घाइते भएर मृत्यु हुँदा
शोकसन्तप्त परिवारलाई बीमा रकम भुक्तानी गरिन्छ जस्तै: पति/पत्नी, बच्चाहरू र बुबा-आमालाई एकमुष्ट रकम र पेन्सन दुवै प्रदान गरिन्छ। यस अवस्थामा पनि पेन्सन मृतकले उसको जीवनकालमा प्राप्त गरेको तलबको आधारमा गणना गरिन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
काठमाडौंमा यी ५ ठाउँबाट बिक्री गरिँदैछ ग्यास निगमले खाना पकाउने ग्यासको अभावमा रहेका उपभोक्ताका लागि सूचना जारी गरेरै यसबारे जानकारी दिएको छ। शनिबार, साउन ३०, २०८३
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्त... शनिबार, साउन ३०, २०८३
गृहमन्त्रीविरुद्ध खगेन्द्र सुनारको रोष : ‘अनुसन्धानमा रहेका मुद्दामा सिंहदरबारभित्रै न्यायाधीश बनेर फैसला गर्दै हिड्ने हैन’ उनले भनेका छन्, `कोही कसैले पनि आरोपितलाई काखी च्यापेर, केही नभए जसरी अनुसन्धानको क्रममा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्र न... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन शनिबार, साउन ३०, २०८३
काठमाडौंमा यी ५ ठाउँबाट बिक्री गरिँदैछ ग्यास शनिबार, साउन ३०, २०८३
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ३०, २०८३
निरन्तर एक सातादेखि अमेरिकी डलरको मूल्य स्थिर शनिबार, साउन ३०, २०८३
गृहमन्त्रीविरुद्ध खगेन्द्र सुनारको रोष : ‘अनुसन्धानमा रहेका मुद्दामा सिंहदरबारभित्रै न्यायाधीश बनेर फैसला गर्दै हिड्ने हैन’ शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्