• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
जापानमा नेपालीको स्वास्थ्य- ४

पढाइ, काम र ऋण :  १९-२० वर्षको बच्चाले त्यो बोझ कसरी बोक्न सक्छ?

अस्मिता लामा,  विद्यार्थी, जापान सोमबार, कात्तिक १३, २०८०  ०६:५३
1140x725

म चार वर्षअघि आसाइ छात्रवृत्तिमा आएको हो। आसाइ नामको पत्रिका बाँड्ने काम गरेर पढ्ने हो। मसँग पढेर केही बन्ने सपना थियो। यहाँको माहोलले त्यसलाई कसरी विथोल्यो,  म कसरी मानसिक रुपमा कमजोर भएँ र फेरि अहिलेको अवस्थामा आइपुगें भन्ने यहाँ बताउन चाहन्छु। जसले अरुलाई पनि आफूलाई बलियो बनाइराख्न मद्दत पुगोस्। 

जब हामी नेपालबाट पढ्न भनेर जापान आउँछौं। यहाँको वातावरण, पढाइ र काममा हामी अभ्यस्त हुन पाएका हुँदैनौं। सवैको घरबाट दुई महिनामै प्रश्न आउँछ- तिम्रो कमाइ कति हो?  कसैले पढाइ कस्तो छ? भनेर सोध्दैन। त्यसपछि आफूले देखेको सपना कहाँ हो कहाँ? के कामबाट पैसा आउँछ, त्यतै दौडियो। 

दिनको २४ घन्टामा ४ घन्टा पढ्नुपर्छ। बाँकी समय पैसा कमाउन लागिन्छ। फेरि आफन्त साथीभाहरुका प्रश्न आइनै रहन्छन्-  कहिले घर किन्ने ? घडेरी कहाँ हेर्ने ?  हामी कमाउनतिरै थप जोड दिन्छौं। हप्तामा ७ दिनमा ६ दिन काम गर्नुपर्छ, एक दिन सुत्न खोजिन्छ। निन्द्रा लाग्दैन, के गरौं, कसो गरौं हुन्छ। 

आफ्ना मनका कुरा सुन्ने वरपर आफन्त र साथीहरु हुँदैनन्। हप्तैपिच्छे आत्महत्याका समाचार पढिरहेका हुन्छौं। त्यसपछि फ्रस्ट्रेसन बढ्छ। मान्छेहरु त्यस्तो अवस्थामा पुग्छन्।  

जापान पठाउने कन्सल्टेन्सीले अभिभावकसँग त्यहाँ पढेर बच्चाले उज्वल भविष्यका बनाउँछ भन्दैन। पढेर यस्तो मान्छे बन्छ भन्दैन। यति कमाउँछ भन्छ। जबकी भनिदिनुपर्थ्यो- त्यहाँ कलेज यस्तो हुन्छ, दैनिक गुजारा यसरी चलाउनुपर्छ। एउटा विद्यार्थीले राम्ररी पढ्ने हो भने चार वर्ष पैसा कमाइ हुँदैन। आफूलाई बस्ने, खाने र स्कुलको शुल्कसम्म कमाउन सक्छ। 

म २०२० मा जापान आउँदा कोरोनाले बाहिर निस्किन नपाइने अवस्था थियो। म यहाँ आउन लिइएको ऋण थियो। घरबाट कुरा आउँथ्यो- कहिले तिर्ने ?  ब्याज यति भइसक्यो। त्यसपछि  मैले पढाइमा ध्यान दिन पाइनँ। म डिप्रेसनमा गएँ। म कोठामा सुत्नै नसक्ने भएँ। दिउसो पत्रिका १ देखि साढे ४ वा ५  बजेसम्म बाँड्नपर्थ्यो। म ६ बजे सुत्न जान्थें तर साढे १२ बजेसम्म निद्रा लाग्दैनथ्यो। यताउति पल्टिने गर्‍यो यत्तिकैमा फेरि साढे १ बजे त काममा जानैपर्ने हुन्थ्यो। म होपलेस भएँ। डिप्रेसनमा गएँ,  अरुसँग बोल्न पनि झर्को लाग्ने, बोल्नै मन नलाग्ने र आत्महत्या गरौं जस्तो लाग्ने अवस्था आयो। 

किन हुन्छ हुन्छ यस्तो। यसको कारण छ। कन्सल्टेन्सीले अभिभावकसँग एक वर्षमै ऋण चुक्ता गर्छ भनेको हुन्छ। हामीले आफ्नो स्कुल शुल्क, खाना र बसाइ नै गाह्रो भइरहेको हुन्छ। ऋण कसरी थाम्न सकिन्छ? १९/२० वर्षको बच्चाले त्यो बोझ कसरी बोक्न सक्छ? 

मेरो अनुभवबाट म विद्यार्थी साथीहरुलाई जुनसुकै हालतमा पनि आफ्नो सपना नछाड्नु सुझाव दिन्छु। मैले निकै संघर्ष गरें।  त्यसअघि म डिप्रेसनमा गइसकेकी थिएँ। मलाई आत्महत्या गरौंजस्तो लागिसकेको थियो। आफैंलाई सम्हाले। त्यस्तो गर्नुहुँदैन भनेर जापानिज भाषा राम्रो बनाउनेतिर लागें। पढाइमा जोड दिएँ। राम्रो पढाइ भएपछी महिनाको ३० हजार छात्रवृत्ति पाएँ । जसले मलाई सजिलो भयो। मन लागेर पढें,  राम्रै कलेजमा नाम निकालें। पढ्नुपर्छ भन्ने दृढता भयो भने हप्ता २८ घन्टा काम नगरेपनि सर्वभाइभ हुन सकिन्छ। चार वर्षपछि खुशी मिल्छ। 

Ncell 2
Ncell 2

पहिले पढ्छु,  त्यसपछि कमाउछु भन्ने सपना नछाडिकन अघि बढ्नुपर्छ। म अहिले २४ घन्टामा २० घन्टा काम गर्दिनँ।  अहिले म दोस्रो वर्षमा अध्ययनरत छु। चार वर्ष मन लगाएर पढ्छु। त्यसपछि मात्रै पैसा कमाउछु भन्ने सोच बनाएकी छु। अहिले मसँग फेरि आत्मविश्वास आएको छ। सवैलाई त्यही आत्मविश्वास राख्न सुझाउँछु।  

(सेप्टेम्बर १५ देखि १७ सम्म जापानको टोकियोमा आयोजित ग्लोबल नेपाली हेल्थ कन्फरेन्समा राखेका धारणा।)

जापानमा नेपालीको स्वास्थ्य- १: बढ्दो छ मानसिक समस्या

जापानमा नेपालीको स्वास्थ्यपा- २: जान बस्ने नेपालीमा मानसिक समस्या बढ्नुका कारण

जापानमा नेपालीको स्वास्थ्य–३: व्यवस्थित प्रणाली,  अव्यवस्थित नेपाली

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्