• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजस्व हिनामिनाका प्रतिवादीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २, २०८१  २१:१८
1140x725

काठमाडौं– मालपोत कार्यालयबाट संकलित राजस्व रकम हिनामिना गरेको अभियोग लागेका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

जिल्ला मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मालाई सफाइ दिनेगरी विशेष अदालतबाट भएको फैसला त्रुटिपूर्ण भन्दै बदरको माग गरी अख्तियारले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

‘उठाएको राजस्व प्रचलित कानुनबमोजिम दाखिला नगरेको’ अभियोगमा अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा दफा ३ बमोजिम ६ देखि ८ वर्षसम्म कैद र हिनामिना भएको राजस्व रकम ९५ लाख ८ हजार ३४ रुपैयाँ बिगो कायम गरेर बिगोको दोब्बर जरिवानाको मागदाबीसहित अख्तियारले २०७९ चैत २८ विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा अरु दुईजना प्रतिवादी मदनप्रसाद गुप्ता र नागेन्द्रप्रसाद चौधरीलाई भने विशेषले दोषी ठहर गर्दै बिगोबमोजिम जरिवाना र ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । कार्यालय प्रमुखका रुपमा रहेका अरु दुईजना पोखरेल र विश्वकर्मालाई सफाइ दिने विशेषको फैसलालाई अख्तियारले त्रुटिपूर्ण भन्दै उल्ट्याउन माग गरेको छ ।

अख्तियारले प्रतिवादी बनाएका पोखरेल ०७२ साउन १ देखि ०७३ वैशाख १२ सम्म र विश्वकर्मा ०७३ वैशाख २२ देखि असार ३१ सम्म मालपोत कार्यालय पर्साको प्रमुख थिए । ‘राजस्व दाखिला भए/नभएको विषयमा कार्यालय प्रमुखले नियमित रुपमा हेरी दाखिला नभएको भए तुरुन्त दाखिला गर्न लगाउनुपर्छ भन्ने स्पष्ट कानुनी व्यवस्था भएकोमा कार्यालय प्रमुख रहेका प्रतिवादीहरुले आव २०७२/७३ मा संकलित राजस्वमध्ये गुप्ता र चौधरीलाई राजस्व दाखिला गर्न नलगाई भ्रष्टाचार गर्न प्रोत्साहन गरेको अभियोग’मा अख्तियारले दुवै जनालाई मतियारका रुपमा प्रतिवादी बनाएको थियो । तर, विशेषले उक्त प्रकरणमा कसुर स्थापित गरेर पनि कार्यालय प्रमुखद्वयलाई नै अभियोगबाट सफाइ दिएको विषयलाई अख्तियारले त्रुटिपूर्ण भन्दै फैसलाविरुद्ध पुनरावेदन गरिएको जनाएाके छ ।

विशेष अदालतले पोखरेल र विश्वकर्मालाई सफाइ दिँदा ‘इन्कारी बयान’ गरेको, दुवै जना कार्यालय प्रमुख रहँदा ‘मातहतका अधिकृत र स्वयं फाँटवालालाई अधिकार प्रत्यायोजन गरी कार्य गरेको’, ‘राजस्व रकम उठाएको वा दाखिला नगरेको वा आफैंले खाए–मासेको अवस्था मिसिलबाट नदेखिएको’, कसुरदार ठहर प्रतिवादीहरुले ‘यी प्रतिवादीहरुले समेत गरेको भनी पोल गरेको अवस्था नदेखिएको’लगायत कारण देखाएर सफाइ दिएको थियो । तर, अख्तियारले ‘राजस्व दाखिला भए/नभएको विषयमा कार्यालय प्रमुखले नियमित रुपमा हेरी दाखिला नभएको भए तुरुन्त दाखिला गर्न लगाउनुपर्छ भन्ने स्पष्ट कानुनी व्यवस्था भएको’मा कार्यालय प्रमुख रहेका प्रतिवादीहरुले मालपोत कार्यालयको आव ०७२/७३ मा संकलित राजस्वमध्ये ९३ लाख ६६ हजार २ सय ९ रुपैयाँ दाखिला नगरी हिनामिना गरेको विषय निर्विवाद रुपमा पुष्टि भएको तर अनियमितता गर्न कार्यालय प्रमुखका रुपमा रहेका प्रतिवादीद्वयले नै प्रोत्साहन गरेको विषयलाई फैसलामा बेवास्ता गरिएको अख्तियारको पुनरावेदनमा उल्लेख गरिएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

राजस्व दाखिला भए/नभएको विषयमा कार्यालय प्रमुखले नियमित रुपमा हेरी दाखिला नभएको भए तुरुन्त दाखिला गर्न लगाउनुपर्छ भनी जग्गा प्रशासन निर्देशिका, २०५८ मा स्पष्‍ट व्यवस्था भएको विषयलाई पनि फैसलामा अनदेखा गरिएको भन्दै अख्तियारले असन्तुष्टि जनाएको छ ।

राजस्व दाखिलाको विषयमा फाँटवाला लेखा शाखा प्रमुख र कार्यालय प्रमुख नै मुख्य जिम्मेवार हुने भनी मालपोत कार्यालय पर्सामा कार्यरत कर्मचारीहरुले अनुसन्धानको क्रममा तथा अदालतमा उपस्थित भई सोही बेहोराको बकपत्र गरेकोले भन्दै यसलाई प्रमाणका रुपमा लिनुपर्नेमा यसप्रति पनि विशेषको फैसलामा बेवास्ता गरिएको पुनरावेदनमा उल्लेख छ । ‘प्रमाण ऐन, २०३१ को दफा १८ मा ‘कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको अनुसन्धान वा जाँचबुझको सिलसिलामा प्रचलित कानुनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा ब्यक्त गर्ने व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ,’ भन्ने कानुनी व्यवस्था छ ।

‘सोहीअनुसार बकपत्रलाई प्रमाणमा ग्रहण गरी प्रतिवादीद्वय पोखरेल र विश्वकर्मा समेतलाई कसूर ठहर भएका अन्य प्रतिवादीहरुसरह समान रुपमा कसूरदार देखिएकोमा सफाइ दिने ठहर गरी भएको फैसला मिसिल संलग्न प्रमाण तथा उक्त जग्गा प्रशासन निर्देशिकामा भएको कानुनी व्यवस्थाको व्याख्याको रोहमा त्रुटिपूर्ण हुँदा बदरभागी रहेको,’ अख्तियारको पुनरावेदनमा भनिएको छ ।

Xtrem
Xtrem

मालपोत कार्यालय, पर्साले आव ०७२/७३ मा जग्गा किनबेचबाट प्राप्त रजिस्ट्रेसनबापत १ करोड ९८ लाख ३३ हजार ९ सय ६ रुपैयाँमध्ये १ करोड ३ लाख २५ हजार ८ सय ७२ रुपैयाँ मात्रै सरकारी ढुकुटीमा दाखिला गरी बाँकी रकम हिनामिना भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेमा वदलीएको राजनीति :विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें
सम्बन्धित सामग्री
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध सार्वजनिक विवरणअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका सडकहरू बाढी, पहिरो, लेदो तथा सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएका छन् । शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा र सम्भावित पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिँदै नागढुंगामा सवारीसाधन रोकिएका हुन्। शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
एमालेमा वदलीएको राजनीति :विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्