काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्ध युद्धबिराम गर्न अस्वीकार गरेका छन्। उनले युद्धविराम गर्नु आतंकवादको अगाडि आत्मसमर्पण गर्नु सरह भएको बताएका छन्।
उनले टेलिभिजन सम्बोधनमार्फत भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो।’
७ अक्टोबरका दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित १४ सय जनाले ज्यान गुमाएका थिए। त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ।
उक्त आक्रमणबाट बालबालिकासहित सर्वसाधारणहरुसहित ८ हजारभन्दा धेरै मारिएपछि इजरायललाई युद्ध रोक्न दबाब छ। लाखौं नागरिक विस्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।