काठमाडौं– इजरायल र हमासबीच बढ्दो द्वन्द्वका कारण प्यालेस्टाइनी जनता चपेटामा परेका छन्।
इजरायलले निरन्तर बम बर्साइरहँदा प्यालेस्टाइनी नागरिक अनाहकमा मारिएका छन्। अहिले विश्वका कैयौं देशका नागरिकहरु प्यालेस्टाइनी जनताको समर्थनमा उत्रिएका छन्।
यस्तै सोमबार मोरक्कोका हजारौं नागरिकले सडकमा उत्रिएर प्यालेस्टाइनी नागरिकको सुरक्षाको माग गरे।
उनीहरुले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । हजारौं नागरिकले प्यालेस्टाइनको समर्थन गर्दै रबात सहरको सडकमा उत्रिएका थिए। उनीहरुले प्यालेस्टानइनको झण्डा बोकेर प्रदर्शन गरेका थिए।
युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत उनीहरुले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।