• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
दशैं अनुभव

मांसहारी परिवारकी कान्छी छोरी सपना जब साकाहारी परिवारकी जेठी बुहारी बनिन्

64x64
दुर्गा दुलाल मंगलबार, कात्तिक ७, २०८०  २०:४५
1140x725

काठमाडौं- सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशको रोल क्रममा रहेकी सपना प्रधान मल्ल दशैं आएपछि सधैं गाउँ जान्छिन् अनि छरछिमेक र परिवारसँग दशैं मनाउँछिन्। उनले यसरी आफ्नो गाउँ नवलपरासी गएर दशैं मनाउन थालेको धेरै वर्ष भयो।

सुरुसुरुमा उनले केही वर्ष काठमाडौंमै दशैं मनाइन् तर त्यसले सन्तोष दिएन। काठमाडौंमा बसेर दशैं मनाइरहँदा खल्लो अनुभव भइरह्यो। यही कारण सपनाले आफ्ना श्रीमान्‌सँग भनिन्- अब दशैं काठमाडौंमा होइन, गाउँमा गएर मनाउने। उनलाई गाउँ गएर दशैं मनाउन मन लाग्नुका तीन कारण थिए। पहिलो, परिवारसँग बसेर मनाउन पाइने। दोस्रो, गाउँले र गाउँसँग आफूसहित आफ्ना सन्तानलाई परिचित गराउने अनि तेस्रो, गाउँसँगको पुरानो झझल्को मेट्नुका साथै संरक्षण पनि गर्ने। 

०००
घरघरमा जमरा राखेर दशैंलाई आँगनमा स्वागत गर्दै गर्दा सपना भने सर्वोच्च अदालतमा मुद्दा हेर्न इजलास जाने तरखरमा थिइन्। दशैंमा पनि अदालत पूर्ण रुपमा बन्द नहुने भएकाले उनको भागमा एक दिनको बन्दीको निवेदन हेरिदिनुपर्ने थियो। उनीसँग कुरा गर्दै मैले सोधें, ‘घर कहिले जाने, दशैं लागेन?’ 

387322675_350722910730599_9006863109480693899_n-1697607526.jpg

उनले जवाफ दिइन्, ‘अब केही दिनमा।’  

सर्वोच्च अदालतकी स्थायी न्यायाधीश सपनाले भनिन्, ‘घरमा अब एक्लै हुँदैछु।  श्रीमान् जमरा राख्न परासी गइसक्नुभयो। परिवारका सदस्य पनि जाने तयारीमा छन्। म पनि केही दिनमा जान्छु। सर्वोच्च अदालतमा सोमबार (असोज २९) गतेको पेसी सकेर बिदा बस्दैछु।’  

उनलाई गाउँ पुगेर दशैं मनाउँदा अनि गाउलेसँग बसेर टीका लगाउँदा छुट्टै आनन्द लाग्छ, जुन गुमाउन चाहँदिनन्। काम विशेषले जुनसुकै देश पुगेपछि दशैंमा भने घर नै फर्किन्छिन्।

‘म सानैदेखि ठूलो परिवारमा हुर्कें अनि त्यहाँ हुने रमाइलो महसुस गरें। त्यसैले अहिले पनि धेरै मानिस जम्मा भएर वा नभए परिवारमा सबै सदस्य वरिपरि बसेर दशैं मनाउनुपर्छ,’ सपनाले भनिन्, ‘यो मेरो हुर्काइको प्रभाव होला। अहिले पनि यही रुपमा निरन्तर मनाइरहेकी छु।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनको बाल्यकाल नवलपरासीमा बित्यो। ‘हामी संयुक्त परिवारमा बस्थ्यौं। तराईको सानो गाउँ अहिले परासी नगरपालिका अनि रामग्राम नगरपालिका पर्छ। त्यहाँ हामी बज्यै–बोजुसहित ४०–५० जनाको परिवार सँगै दशैं मनाउँथ्यौं,’ उनले बाल्यकाल्य सम्झिइन्, ‘त्यहाँ मनाएको दशैं अझै पनि मेरो मानसपटलमा ताजै छ। बुबा, ठूलो बुबा, कान्छो काका सबैको परिवार एकै ठाउँमा बसेर दशैं मनाउने गर्दथ्यौं। त्यसमा पनि फुपुहरु मिसिएपछि झनै रमाइलो हुन्थ्यो।’

दशैं आएपछि बल्ल नयाँ लुगा लगाउन पाइने, मिठो खान पनि पाइने, घरभरि मानिस नै मानिस बसेर पकाउने/खाने मात्र गरेको उनले सम्झना गरिन्।  ‘परिवारका मानिसले एक वर्षमा दशैंमा मात्र नयाँ कपडा किनिदिने भएकाले पनि त्यो धेरै पर्खाइएको हुने गथ्र्यो,’ उनले भनिन्, ‘घरमा नयाँ मानिसहरु आउने अनि उनीहरुले ल्याएको कोसेली खाने रहरले सधैं हामी हुरुक्क हुन्थ्यौं।’ 

387556436_1042319446806244_5481330769402180154_n-1697607525.jpg

घटस्थापनाको दिनदेखि घरमा डमरु बजाउँदै पूजा गरेको अनि धुपको सुगन्ध अहिले पनि सम्झिछिन् सपना।  

Xtrem

Xtrem

समेवजी खाने अनि हरेक दिन पूजा गरेर केही न केही काटेर मासु खाने चलन थियो। फूलपातीको दिनदेखि त भोज नै चल्थ्यो। एकै ठाउँमा बसेर कहिले कुखुरा कहिले हाँस अनि कहिले खसी–राँगा काटेर भोज खाने तथा अनेक परिकार बनाउने गरिएको उनी बताउँछिन्।

‘म ती दिन कहिल्यै बिर्सन सक्दिनँ,’ उनी भन्छिन्, ‘अर्को रमाइलो कुरा के थियो भने, हरेक ठूलो मानिसले आफूभन्दा सानालाई टीका लगाइदिने गरिन्थ्यो। मलाई म भन्दा केही मात्र जेठो मेरो ठूलो बाबाको छोरोले समेत टीका लगाइदिन्थ्यो  अनि पैसा दिन्थ्यो।’ 

त्यो समयमा टीका कसले लगाइदियो भन्दा पनि पैसा कति धेरै जम्मा गर्न सकिन्छ भन्ने मुल उद्देश्य हुने उनको अनुभव छ। ‘केटाहरुको भन्दा केटीहरुको  धेरै पैसा जम्मा हुन्थ्यो। सबैले माया गरेर पैसा दिन्थे,’ उनले भनिन्, ‘दशैंमा जताततै पिङ हालेको हुन्थ्यो। हामी चङ्गा उडाउँथ्यौं।’ 

त्यो समयमा अहिलेजस्तो प्रविधि थिएन तर आत्मीयता भने अलग्गै भएको उनलाई अहिले महसुस भएको छ।  एकले अर्कालाई असाध्यै माया गर्ने अनि सँगै खेल्ने भएपछि नजिकै हौं भन्ने भावाना विकास हुने र यसले सम्बन्धको आवश्यकता र मजबुती झन् बलियो हुने उनको अनुभव छ। 

‘अहिले प्रविधिको विकास भएको छ। तर हामीहरुका बीचमा सम्बन्ध हराउँदै गएको छ। हामी परपर हुदै गएका छौं,’ सपनाले भनिन्, ‘मानवीय सम्बन्ध नै अलग हुने गथ्र्यो। मन भित्रैबाट आफ्नो हो भन्ने भावनाको विकास हुने गथ्र्यो। तर अहिले घर वा कम्पाउन्डबाट बाहिर निस्कँदैनन्। छिमेकी र आफन्त नचिन्ने अवस्था आएको छ।’ 

सपनाको परिवारमा कान्छो बुबाको ६, बुबाको ४, ठूलो बुबाको ९ जना सन्तान थिए। पछि उनीहरु अलग भए। तर दशैंमा भने सबै जना परासीमा एउटै घरमा जम्मा हुने अनि दशैं मनाउने गरेको उनी सम्झिन्छिन्।

अहिले पनि सपना बज्यैलाई एकदमै मिस गर्छिन्। ‘म अहिले पनि मेरी बज्यैलाई मसि गर्छु। उहाँ सबैकी लिडर हुनुहुन्थ्यो। उहाँले नै हाम्रो सबै परिवार चलाउने गर्नुहुन्थ्यो।’

387632773_1014291359806502_5041401570991764692_n-1697607525.jpg

सपनाकी बज्यै गाउँभरिकै नेता थिइन् र उनको हुकुम चल्थ्यो। बज्यैले भनेपछि गाउँका साथै परिवारका कसैले पनि कुरा काट्न सक्दैनथे। ‘बज्यैमा सबैलाई सन्तुलित राख्ने लिडरको क्षमता थियो। देउरानी, जेठानीदेखि घरका पुरुषहरुलाई पनि भूमिका दिएर सबैलाई मिलाएर राख्ने उहाँको क्षमता थियो,’ सपनाले भनिन्, ‘त्यो गुण ममा पनि सरेको छ कि जस्तो लाग्छ। म पनि आफूले नेतृत्व गर्ने अनि अरुलाई दिएर खानु पर्छ भन्ने सोच राख्छु।’ 

०००
समय क्रमसँगै सपनाको विवाह गाउँकै मल्ल परिवारमा भयो। तर उनको बसाइ भने काठमाडौं सर्यो। उनी अब संयुक्त परिवारवाट एकल परिवारमा पुगिन् अनि कान्छी छोरीबाट जेठी बुहारीमा रुपान्तरित भइन्। 

‘विवाह गरेपछि दशैंमा मैले सधैं मिस गर्ने भनेको मासु हो,’ उनले भनिन्, ‘मेरो माइती मांसहारी थियो। बिहानैदेखि बज्यैहरुले कौला गर्ने अनि हामीलाई चटाइदिने गर्नुहुन्थ्यो। तर विवाह भएपछि मैले यो सबै गुमाएको थिएँ।’ 

त्यस्तै घरमा काटमार धेरै हुन्थ्यो। त्यतिबेला एक प्रकारको रमाइलो लाग्थ्यो। तर अहिले त्यसो नगरेको भए पनि हुन्नथ्यो भन्ने लाग्छ। त्यसैले नरिवल चढाउने गरेको उनले सुनाइनन्। 

‘मेरो हकमा चाहिँ अचम्मको संयोग छ। म घरमा मासु–माछा धेरै खाने परिवारमा हुर्केर आएको मान्छे,’ उनले भनिन्, ‘विवाह गरेर आएपछि ससुरा नै साकाहारी परे। यता मासु–माछामै हुर्केकी म यता सागपात अनि माछा–मासुबाट पर रहने परिवार परेपछि धेरै अनुभवहरु सँगाल्न पाएँ। यसले मलाई गाह्रो भयो तर पछि विस्तारै मिल्दै गयो।’ 

सपना नवलपरासीबाट काठमाडौं आइन्। उनको भूमिका अब छोरीबाट बुहारीमा परिणत भयो। ठूलो परिवारमा हुर्केकी उनी सानो परिवारमा आइन्। कान्छी छोरी जेठी बुहारीमा रुपान्तरण भइन्। घरमा बसी–बसी कजाएर खाने, यहाँ जिम्मेवारी लिएर खानुपर्ने भूमिकामा आएपुगिन्।  

समय अनुसार भूमिका परिर्वतन हुँदै जाँदा उनी अहिले छोरी, बुहारी हुँदै सासु आमाबाट हजुरआमाको भूमिकामा रुपान्तरित भइरहेकी छन्। सामाजिक भूमिकालाई समेत ख्याल गर्दै सपना अहिले रहेक वर्ष गाउँ नवलपरासी जाने गर्छिन्। चाडपर्वलाई उनले धर्मभन्दा पनि संस्कृतिको रुपमा महसुस गरेकी छन्। 

सपनालाई अहिले दशैं मनाउने शैलीमा परिर्वतन आएझैं लाग्छ। ‘दशैं मनाउने शैली पहिलेभन्दा अहिले परिर्वतन भएको जस्तो लग्छ। हामीलाई बाल्यकालमा जति उत्साह हुन्थ्यो, अहिले त्यो छैन,’ उनले भनिन्।

सपनालाई नेवारी भोज एकदम मन पर्छ। चिउरा अनि समेवजी उनले सधैं मिस गर्छिन्। दशैंमा पाक्ने पक्कु पनि उनलाई एकदम मन पर्छ। सपना आफैं पनि मिठो पक्कु बनाउँछिन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  २०:४५
  • #दशैं_२०८०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा आइतबार, असोज १८, २०८३
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा आइतबार, असोज १८, २०८३
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न आइतबार, असोज १८, २०८३
देउवा लक्षित रवि लामिछानको टिप्पणी ‘फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, सुझाव दिन चाहन्छु’ आइतबार, असोज १८, २०८३
कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्