काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले आज केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
आगामी फागुन २१ गते घोषित निर्वाचन सफल बनाउनका लागि सुरक्षा स्थितीको विश्लेषण र आवश्यक रणनीति तय गर्न बैठक बस्न लागेको जनाइएको छ।
गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख सहभागि हुने गृहमन्त्री आर्यलको सचिवालयले जनाएको छ।
निर्वाचनलाई केन्द्रित सुरक्षाको विषयलाई लिएर हिजो राष्ट्रपति निवास शीतलनिवासमा छलफल भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शुशिला कार्कीकासाथै चारवटै सुरक्षा निकायका प्रमुखहरूबिच शीतलनिवासमा छलफल भएको हो।
छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा केन्द्रित रहेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले हिजो अपराह्न सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षाबारे छलफल भएको जानकारी दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।