काठमाडौं– मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफूले हमाससँग कुराकानी गरेको बताएका छन्। हमासका नेतासँग कुरा गरेर प्यालेस्टिनी मानिसको प्रति अटुट समर्थन व्यक्त गरेको जानकारी दिए।
बीबीसीका अनुसार इब्राहिमले हमासको राजनीतिक ब्यूरोका प्रमुख इस्माइल हानियेहसँग टेलिफोनमा कुराकानी गरेका छन्। प्रधानमन्त्रीले कुराकानी गरेको कुरा सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्। गाजामा गम्भीर अवस्था देखेर बम बिस्फोटनलाई रोक्न र मानवीय कोरिडोरको निर्माणको लागि दृढतापूर्वक वकालत गर्ने उनको भनाइ छ।
इजरायलका लागि पनि अब धेरै राजनीति नगरी हमाससँग तत्काल युद्ध विराम गर्न र चलिरहेको संर्घष समाप्त गर्दै शान्तिपूर्ण समाधानको विधि अपनाउन उनले आग्रह गरेका छन्। उनले आवश्यकता भएका मानिसहरुको पीडा कम गर्न खाना र औषधिको रुपमा मानवीय सहायता दिन प्रतिबद्ध रहेको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।