• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

दशैंमा मात्रा मिलाएर खाऔं, व्यायाम बढाऔं

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ५, २०८०  ०६:३१
1140x725

नेपालमा प्राणघातक नसर्ने रोगहरुको भार बढ्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएका छन्। पछिल्लो समय सार्वजनिक भएको नेपाल बर्डेन अफ डिजिजको प्रतिवेदन २०१९ अनुसार नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको भार ७१ दशमलव ७ प्रतिशत रहेको छ। 

नेपालमा हुने मृत्युको प्रमुख कारणका रुपमा रहेका नसर्ने रोगहरुमा मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता रोगहरु रहेका छन्। 

नेपालीहरुमा बढ्दै गएको अस्वस्थ जीवनशैली र खानपानले पछिल्लो समय प्राणघातक दीर्घकालीन नसर्ने रोगहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन्। खानपानमा हुने हेलचेक्र्याइँ, व्यायाम र शारीरिक सक्रियताको कमी, तनाव, धूमपान र मदिरा सेवन लगायतका कारण युवा उमेरमा नै हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल जस्ता गम्भीर रोगका कारण धेरै नेपालीले ज्यान गुमाइरहेका छन्। 

‘खानपानमा बेपर्वाह नेपाली समाज दशैं तथा तिहारजस्ता चाडबाडमा झनै लापरबाह हुन्छ,’ डा भुपेन्द्र बस्नेत भन्छन्, ‘जसका कारण मानिसमा चाडबाडको समयमा खानपानकै कारण विभिन्न रोग तथा समस्या देखा पर्छ।’ चाडबाडको समयमा खानपानसँगै व्यायाम र शारीरिक सक्रियता बढाउन उनी सुझाव दिन्छन्।

‘दशैं र तिहारजस्ता चाडबाडका समयमा खानेकुरा नै नखानुहोस् त भन्न सकिँदैन,’ उनले भने, ‘तर स्वास्थ्य अवस्था हेरेर र आफ्नो जोखिमको अवस्था पहिचान गरेर खानपिन गर्ने र सोही अनुसार व्यायाम पनि गर्नुपर्छ।’ उनका अनुसार दशैंको समयमा मासुजन्य परिकार धेरै खाइने हुँदा सोही अनुसार अन्य समयमा भन्दा धेरै हिँडडुल गर्ने तथा व्यायाम गर्नुपर्छ।

डा राजेन्द्र कोजु पनि चाडबाडको समयमा अन्य समयको तुलनामा जति बढी खानेकुरा खाइन्छ त्यति नै शारीरिक व्यायाम गर्ने, दौडने, हिँड्ने लगायतका क्रियाकलाप गर्न आवश्यक रहेको बताउँछन्। ‘अन्य समयको तुलनामा दशैं–तिहारमा चार÷पाँच चोक्टा बढी मासु खाइएको छ भने अन्य समयभन्दा १५÷२० मिनेट बढी हिँड्ने तथा दौडने वा व्यायाम गर्नुपर्छ,’ उनी भन्छन्, ‘यसका साथै मासु र चिल्लो पदार्थ बढी खाइने भएकाले यो समयमा हरियो तरकारी र फलफूल पनि खानुपर्छ।’

चाडबाडका नाममा खानेकुरा जथाभावी खाइदिने, व्यायाम नगर्ने, अत्यधिक मदिरा सेवन गर्ने जस्ता कारण रोगले च्यापेर चाडबाड नै अस्पतालको शय्यामा बिताउन बाध्य हुने पनि विगतमा धेरै देखिएकाले मात्रा मिलाएर खानुका साथै शारीरिक सक्रियता बढाउन सुझाव दिन्छन् डा कोजु।

दशैं, तिहार तथा चाडपर्वपछि खानपानमा ध्यान नदिँदा उच्च रक्तचाप, मधुमेहका बिरामीहरु तथा यी समस्याको जोखिममा रहेकाहरुमा झन् बढी समस्यामा देखा पर्ने चिकित्सकहरु बताउँछन्। उनीहरुका अनुसार चाडबाडको समयमा पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, युरिक एसिड जस्ता दीर्घरोगीले मासु, मदिरा, चिल्लो पदार्थ जस्ता खानेकुरा मनलाग्दी खाइदिए भने त ज्यान नै तलमाथि हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

दशैं लगायतका चाडपर्वको समयमा लगातार जुवा–तास खेल्नेहरू ढाड, घुँडा, गर्दन र हड्डीका समस्या लिएर पनि अस्पताल धाउँछन्। पेटजन्य रोगका बिरामीको संख्या ह्वात्तै बढ्ने गरेको अस्पतालको तथ्यांकले पनि देखाउँछ। 

दशैंमा खासगरी मासु बढी खाने चलन छ। दशैं र मासु पर्यायवाची जस्तै मानिन्छ। यो समयमा मदिरा पनि उत्तिकै खपत हुन्छ। साकाहारी भोजन गर्नेहरु पनि यो समयमा मस्त मिठाइ खाइदिन्छन्। मासु, मदिरा र मिठाइ नै त्यस्ता खानेकुरा हुन् जसको अत्यधिक सेवन रोगको घर हो। डाक्टरहरूका अनुसार अस्वस्थ र राम्ररी नपकाइएको मासुले रोग ओसार्छ। त्यसमा पनि छाला सहितको र काँचो मासुबाट बनाइने परिकार त खानै नहुने उनीहरूको सल्लाह छ। रातो मासु, छाला वा त्यसमा हुने बोसोले नसर्ने खालका रोग मात्र होइन, जनावरलाई लागेका रोग समेत सर्ने सम्भावना हुने चिकित्सकहरु बताउँछन्।

चिकित्सकहरूका अनुसार रक्सीको अत्यधिक सेवनले कलेजो, मस्तिष्क, मुटु रोग, क्यान्सर, दुर्घटना, आत्महत्या र पागलपनसम्म पुर्‍याउँछ। रक्सीले रक्तचाप बढाउने र मस्तिष्कघात (स्ट्रोक, प्यारालाइसिस), मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ। त्यस कारण मधुमेह, मुटुरोग, मिर्गौला लगायतका रोग लागेका बिरामीले मदिरा छुन पनि नहुने चिकित्सकहरु बताउँछन्।

पोषणविद्हरुका अनुसार नेपालीको खानपान सामान्य समयमा समेत सन्तुलित छैन।  चाडबाडमा त झनै असन्तुलित खानपान हुन्छ। खानपानमा सागसब्जी र फलफूलको मात्रा निकै कम खाने गर्छन् नेपाली। फलस्वरुप चाडपर्वमा वा पछि मधुमेहका बिरामी, कोलेस्ट्रोल बढ्ने, झाडापखाला, फुड प्वाइजन, कब्जियत, कलेजो सिरोसिस जस्ता समस्या बढ्छन्। खानेकुरा समयमा नखाने, खाँदा एकै चोटी खानाले खानपिनमा कार्बोहाइडे«ट, प्रोटिन, फाइबरको सन्तुलन मिल्न नसग्दा समस्या बढिरहेको डाइटिसियन विनिता पन्त बताउँछिन्।

Xtrem

Xtrem

उनका अनुसार चाडपर्वमा अरु बेलाभन्दा चिल्लो र गुलियोको मात्रा बढ्छ। त्यसैले एउटा खानेकुरा अलि बढी खाँदा अर्को घटाएर खानुपर्छ। सबथोक एकै चौटी धेरै मात्रामा खाँदा स्वास्थ्यमा गडबडी आउन सक्छ। मासु भनेपछि मासु मात्र खाने र अरु चिज कम खायो भने पेट बिग्रिहाल्छ। शरीरका अन्य अंगमा पनि असर देखिन थाल्छ। 

डाइटिसियनहरुका अनुसार मानिसको शरीरको उचाइ, तौल र कार्य प्रकृतिका अनुसार उसलाई कति क्यालोरी चाहिन्छ भन्ने हुन्छ। अन्न, तरकारी, मासु र दूधजन्य खानेकुरा दैनिक खानपिनमा समावेश हुनुपर्ने उनीहरु बताउँछन्। बालबालिकाहरुमा ठूलो मान्छेभन्दा पाचन शक्ति कम हुन्छ। उनीहरुलाई जथाभावी खुवाउँदा झाडापखाला हुने, कब्जियत हुने समस्या देखिन्छ। एउटा आम मान्छेलाई दिनमा ४ चिया चम्चा तेल र २० देखि ३० ग्राम फाइबर, ३०० देखि ५०० ग्राम तरकारीको मात्रा दैनिक खानपिनमा समावेश हुनुपर्ने बताउँछिन् डाइटिसियन पन्त। ‘भुटेर, तारेर खाने तर खानामा सागसब्जी नै हुन्न, यसो हेर्दा १० ग्राम जति पनि फाइबर खाएको देखिँदैन। यसो हुँदा रगतमा चिल्लोको मात्रा बढ्ने, मोटोपन बढ्ने, कोलेस्ट्रोल बढेर आउने, सुगरको मात्रा बढेर आउने, हाइपर टेन्सन हुने, प्रेसर बढी भएर आउने समस्या चाडपर्वको बेला हुन्छ,’ उनले भनिन्।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्