buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ९, २०८३ Tue, Jun 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम

डा राजेन्द्र कोजु सोमबार, कात्तिक ६, २०८०  ०६:३४
1140x725

दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार खान पाउनेको संख्या कम हुन्थ्यो। नयाँ लुगा किन्न पनि दशैँ नै कुनुपर्ने हुन्थ्यो। तर समयान्तरसँगै अहिले लुगा पनि जहिल्यै किनेर लगाउन सकिन्छ भने खानेकुराको उपलब्धता र पहुँच पनि केही हदसम्म वर्षैभरि हुन थालेको छ।

दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुपर्छ भन्दै बिहानैदेखि खाना पकाउने र खाने कार्यक्रम सुरु हुन्छ। चिल्ला मासुका परिकारसँगै विभिन्न किसिमका रक्सीहरु पिउने पनि धेरै हुन्छन्।

बियर, वाइन, ह्विस्कीले अहिलेको समाजमा राम्रै पकड जमाइसकेको छ। कहिल्यै रक्सी नपिउनेले पनि यो दशैंमा त पिउनुपर्छ भन्दै सुरु गर्छन्। कोही, दशैं त हो नि भन्दै महँगा विदेशी रक्सी भित्र्याउन थाल्छन्। कतिपयले त मदिरा नै उपहार दिने र लिने समेत गर्छन्। अरु समयमा भन्दा दशैंमा अत्यधिक रक्सीको खपत हुन्छ, जुन स्वास्थ्यका दृष्टिकोणले नराम्रो हो।

दशैंमा तास खेल्ने, फिल्म हेर्ने, कम्प्युटर, मोबाइलमा गेम खेल्ने, इन्टरनेट खोलेर सोसल मिडियामा व्यस्त हुने पनि धेरै नै हुन्छन्। यी कार्यहरुले हामीलाई खाना अत्यधिक र व्यायाम कम गराउँछ। र, सजिलै तौल बढाउन मद्दत गर्छ।

दशैंमा हामी ६ हजारदेखि ७ हजार क्यालोरी एकै दिनमा खान्छौँ। तर केही पनि कसरत नगरी बसी–बसी खायौं भने त २ हजार क्यालोरी पनि खर्च हुँदैन। अनि त्यो ४ हजार देखि ५ हजार बढी क्यालोरी के गर्ने ? 

क्यालोरी भन्नाले खानामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो खाद्यान्नबाट प्राप्त हुने शक्ति हो। १ ग्राम कार्बोहाइड्रेट वा प्रोटिनले ४ क्यालोरी दिन्छ भने १ ग्राम चिल्लोले ९ क्यालोरी दिन्छ। १ ग्राम रक्सी पियौं भने ७ क्यालोरी पाइन्छ भने ३३० एमएल कोक पियौं भने १४० क्यालोरी शक्ति पाइन्छ।

ती क्यालोरी प्रदान गर्ने मासु, दूध–दही, मिठाइ, पनिर वा एनिमल फ्याट (बोसो) राम्ररी प्रयोग हुन पाएन भने हाम्रो कलेजोमा वा रक्तनलीमा जम्न थाल्छ। रक्तनलीको चिल्लो पदार्थ बढ्दै जाँदा रक्तनली बन्द हुने खतरा हुन्छ र हृदयाघात, मस्तिष्काघात हुने खतरा हुन्छ। अतः दशैंमा रमाइलो गर्नुपर्छ, खानुपर्छ तर आवश्यकता अनुसार मात्र। सबैभन्दा महत्वपूर्ण कुरा त खाना अनुसार यथेष्ट व्यायाम गर्नुपर्छ। 

व्यायामको लागि यसो गरौँ
धेरैजसो बिहान मन्दिर दर्शन गर्न त गई नै रहेका हुन्छन्। त्यो समयमा गाडी, मोटरसाइकल प्रयोग नगरी बिहान २÷३ घण्टा हिँडेर पुग्न सकिने भयो साथीभाइ तथा परिवारजनसँग गफ गर्दै हिँड्दा रमाइलो पनि हुन्छ र व्यायाम पनि हुन्छ घरमा बसेर खाना बनाउने, गफिने बेलामा पनि मेचमा सोफामा बस्नुको सट्टा उभिएर नै सबै काम गर्‍यो भने पनि व्यायाम हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

तास खेल्ने, टीभी हेर्नेभन्दा घर–आगनमै ब्याडमिन्टन खेल्ने, टेबल टेनिस खेल्ने, बल खेल्ने भयो भने अर्को व्यायाम हुन्छ।

कतिपय ठाउँमा आफू पहिले कहिल्यै गएको छैन भने दशैं बिदामा त्यो ठाउँमा पैदल नै किन नपुग्ने ? ३/४ घण्टा पैदलै गएर विभिन्न नौलो ठाउँ वा आफूलाई मनपर्ने ठाउँको रमाइलो बटुल्यौं भने व्यायाम पनि भयो, रमाइलो पनि।

बेलुका पनि खानापश्चात् एक घण्टा स–परिवार नै घर बाहिर पैदल घुमेर आयौं भने अर्काे आनन्द लिन सकिन्छ।

बालबालिकालाई पनि सकेसम्म शारीरिक व्यायाम हुने खेलहरुमा समावेश गराऔँ। फुटसल, साइक्लिङ, क्रिकेट, दौड वा अन्य कुनै।

दशैंमा बाहिर धेरै नै मोटर–गाडीहरु नगुड्ने हुनाले पैदल यात्रा सँगसँगै साइक्लिङ, जगिङ, रनिङ पनि पनि उत्तिकै सम्भव भएको हुनाले यो दशैंमा काठमाडौंबासीले किन रिङरोड पूरै साइक्लिङ नगर्ने? वा स्वयम्भूदेखि पशुपतिसम्म किन रनिङ नगर्ने? वा सबै देवीको मन्दिर पैदलै किन नभ्याउने ? वा नारायणथान, गोदावरी, टोखा, गोकर्ण, चोभार आदिद ठाउँ किन पैदलै अनुभव नगर्ने ? काठमाडौं बाहिरकाले पनि आफ्नो ठाँउको रमाइलोपना किन पैदलै डुलेर नगर्ने ?

जसरी भए पनि आफ्नो शरीरलाई एकै ठाँउमा मात्र नराखेर चलायमान राख्यौं भने हामीले अरु ३ हजार क्यालोरी जति प्रयोग गर्न पाउँछौ। त्यसैले यो दशैं रमाइलो गरी मनाउने बेला खानाको साथै हिँड्ने कामलाई पनि तिव्रता दिन सक्यौं भने दशैं मंगलमय हुनाका साथै स्वस्थकर पनि हुन सक्छ।

(डा कोजु धुलिखेल अस्पतालमा कार्यरत छन्।)
 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रास्वपाको नवप्रवर्तन तथा स्टार्टअप विभागको आधिकारिक वेबसाइट शुभारम्भ
रास्वपाको बन्दसत्र सुरू
च्यासलमा एमाले संसदीय दलको बैठक, ओलीले ब्रिफिङ गर्दै
सम्बन्धित सामग्री
गर्मीमा यसकारण नरिवल पानी पिउने प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहर... आइतबार, जेठ ३१, २०८३
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
रास्वपाको नवप्रवर्तन तथा स्टार्टअप विभागको आधिकारिक वेबसाइट शुभारम्भ मंगलबार, असार ९, २०८३
रास्वपाको बन्दसत्र सुरू मंगलबार, असार ९, २०८३
च्यासलमा एमाले संसदीय दलको बैठक, ओलीले ब्रिफिङ गर्दै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
तराईमा तातो लहर कायमै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्