• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

रेकर्ड ब्रेकर यामल : तयार हुँदै गरेको एउटा सरप्राइज प्याकेज

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ८, २०८०  ०८:३०
1140x725

काठमाडौं- अक्टोबर ९ मा ला-लिगाको डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले ग्रानाडासँग प्रतिस्पर्धा गर्दै थियो। प्रशिक्षक जाभी हर्नान्डेजले १६ वर्षीय किशोर खेलाडी लामिने यामलमाथि विश्वास राख्दै सुरुवाती रुपमै मैदानमा उतारे। यामल आफ्नो पोजिसन राइट विंगरको रुपमा मैदानमा उत्रिए। 

खेलको पहिलो मिनेटमै ग्रानाडाले गोल गर्दै बार्सिलोनालाई दबाब दियो। लगत्तै ग्रानाडाले २९ मिनेटमा अग्रता दोब्बर बनायो। २-० ले पछि परेको बार्सिलोनालाई पहिलो हाफको अतिरिक्त समयमा यामलले गोल गर्दै अग्रता छोट्याए। अन्ततः खेल बार्सिलोनाले बराबरीमा सक्कायो।

ग्रानाडा विरुद्ध गोल गर्दा यामल जम्माजम्मी १६ वर्ष ८७ दिनका थिए। ला-लिगाको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड यामलले आफ्नो नाममा राखे। 

यसअघि ला-लिगामा यो कीर्तिमान मालागाबाट सन् २०१२ मा फाब्रिस ओलिंगाले गरेका थिए। उनले १६ वर्ष ९८ दिनमा गोल गर्दै कीर्तिमान बनाएका थिए। ला-लिगामा बार्सिलोनाका तर्फबाट गोल गर्ने सबैभन्दा कान्छो खेलाडी अंशु फातीको नाममा रहेको रेकर्ड पनि यामलले तोडे।

यो मात्रै होइन, लेफ्ट फुटेड, राइट विंगर यामलको नाममा अन्य रेकर्डहरु पनि बनेका छन्। विपक्षीलाई कलात्मक तरिकाले छक्काउँदै बल अघि बढाउन माहिर यामलले यसअघि बार्सिलोनाको सिनियर टिमबाट खेल्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान पनि बनाएका थिए। 

387536529_254265503825011_2364716501391692392_n1697180599.jpg

सन् २०२३ अप्रिलमा रियल बेटिस विरुद्ध मैदान उत्रिँदै यामलले कीर्तिमान बनाएका थिए। त्यतिबेला उनी जम्माजम्मी १५ वर्ष २९० दिनका मात्रै थिए। उनले ८४ मिनेटमा गाभीलाई प्रतिस्थापन गर्दै मैदान छिरेका थिए। उक्त खेल बार्सिलोनाले ४-०ले जितेको थियो। त्यसको एक महिनापछि बार्सिलोनाले ला-लिगाको ट्रफी उचालेको थियो।

१५ वर्ष २९० दिनको उमेरमा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका यामल ला-लिगा खेल्ने पाँचौं कान्छा खेलाडी हुन्। ला-लिगा खेल्ने सबैभन्दा कान्छो खेलाडी भने मालोर्काका लुका रोमेरो हुन्। उनले १५ वर्ष २१९ दिनको उमेरमा सन् २०२० मा रियल म्याड्रिड विरुद्ध खेल्दै  सबैभन्दा कान्छो खेलाडीको इतिहास बनाएका थिए।

Ncell 2
Ncell 2

सिजन २०२३/२४ मा भिल्लारियल विरुद्ध सुरुवाती क्रममै मैदानमा उत्रिएका यामलले लेवान्डोस्की र गाभीलाई असिस्ट प्रदान गरेका थिए। उनकै उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ४-३ को जित निकालेको थियो। त्यतिबेला उनी जम्माजम्मी १६ वर्ष १५ दिनका थिए। ला-लिगामा असिस्ट प्रदान गर्ने कान्छो खेलाडीको रेकर्ड पनि यामलले आफ्नो नाममा राखे। उक्त खेलको म्यान अफ दि म्याच समेत यामल भएका थिए।

खेलपछिको पत्रकार सम्मलेनमा प्रशिक्षक जाभीले यामलको प्रशंसामा शब्द खर्चेका थिए। ‘यामलसँग असाधारण क्षमता छ। उसले हामी सबैलाई आश्चर्यचकित पारेको छ। उसको प्रदर्शनबाट हामी धेरै खुसी छौं। १६ वर्षको किशोरबाट यो किसिमको प्रदर्शन हुनुले उनीसँग एक युगको प्रतिनिधित्व गर्न सक्ने क्षमता रहेको पुष्टि गर्छ,’ जाभीले भनेका थिए।

ला-लिगामा रेकर्ड राख्दै उत्कृष्ट प्रदर्शन गरेका यामलले सिनियर राष्ट्रिय टोली र च्याम्यिन्स लिगमा समेत कीर्तिमान र प्रभाव दुवै राखेका छन्।

उनले स्पेनको राष्ट्रिय टिमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड पनि आफ्नो नाममा लेखाएका छन्। अक्टोबर ५ मा च्याम्पियन्स लिगको खेल अन्तर्गत पोर्चुगिज क्लब पार्तो विरुद्ध सुरुवाती क्रममै मैदानमा उत्रिएले अर्को रेकर्ड यामलले आफ्नो नाममा राखेका थिए।

उनी च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा कम उमरेका सुरुवाती रुपमै मैदान उत्रिने खेलाडी बनेका थिए। पोर्तो विरुद्ध सुरुवाती रुपमै मैदानमा उत्रिँदा उनी जम्मा १६ वर्ष ८३ दिनका थिए। उक्त खेल बार्सिलोनाले १-० ले जितेको थियो। 

यसभन्दा अघि यो रकेर्ड सेलेस्टाइन बाबारोको नाममा थियो। उनी १६ वर्ष ८६ दिनको उमेरमा च्याम्पियन्स लिगमा सुरुवाती ११ मै मैदान उत्रिएका थिए। 

391979748_667791151998401_1334247223737045163_n1697180599.gif

बार्सिलोनाको जर्सीमा चम्किएका यामलको प्रदर्शनकै कारण उनलाई स्पेनको राष्ट्रिय टोलीका प्रशिक्षकले सिनियर राष्ट्रिय टोलीमा डाके। १६ वर्ष ५७ दिनको उमेरमा सिनियर राष्ट्रिय टिमबाट डेब्यु गर्दै यामलले अर्को रेकर्ड आफ्नो नाममा राखे।  यसअघि यो रेकर्ड बार्सिलोनाकै गाभीको नाममा थियो। 

राष्ट्रिय टिममा डेब्यु मात्रै होइन, स्पेनका लागि सबैभन्दा कान्छो उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड पनि यामलले आफ्नो नाममा राखेका छन्। युरोकप छनोट अन्तर्गत सेप्टेम्बर ८ मा जर्जिया विरुद्ध गोल गर्दै स्पेनको सिनियर टिममा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। उक्त खेल स्पेनले ७-१ गोलले जितेको थियो। 

रेकर्ड नै रेकर्डले भरिएका यामल अहिले एउटा सरप्राइज प्याकेज बन्ने लाइनमा छन्। आफूले खेलेका हरेक खेलमा उनले प्रभाव जमाउँदै आएका छन्।

यामलको पूरा नाम लामिने यामल नसराउई इबाना हो। सन् २००७ को १३ जुलाईमा स्पेनमा जन्मिएका यामलले सन् २०१२ देखि बार्सिलोनाको युथ टिमबाट खेलेका थिए। ५ वर्षको हुँदा उनी बार्सिलोनाको एकेडेमीमा पुगेका थिए।

स्पेनको राष्ट्रिय टिमबाट खेलेका यामलका बाबुआमा भने स्पेनिस होइनन्। उनको बाबु मोरोक्को हुन् भने आमा इक्वेटोरियन गुएनाका हुन्। जसका कारण यामल स्पेनको राष्ट्रिय टिमबाट नभई यी दुई देशमध्ये कुनै एकबाट खेल्ने सम्भावना पनि थियो। तर २०२३ सेप्टेम्बरमा स्पेनको सिनियर राष्ट्रिय टिममा यामल समावेश भइसकेपछि अब त्यो सम्भावना टरेको छ। यामलले यसअघि स्पेनको स्पेनको यू-१५ देखि यू-१९ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन्। 

387477773_1542817346530771_2683509877614686_n1697180599.jpg

यिनै प्रतिभावान किशोर खेलाडी यामलमाथि बार्सिलोनाले अहिले धेरै आशा राखेको छ। बार्सिलोनाबाट मेसीको बहिर्गमनपछि उक्त स्थान लिन सक्ने खेलाडीको खोजीमा अहिले पनि बार्सिलोना छ। मेसीको स्थान लिन सक्ने यसअघि फातीमाथि धेरै भरोसा राखिएको थियो। तर लामो समय चोटग्रस्त भएर मैदानबाट बाहिरिपछि फातीले आफ्नो पुरानो लय देखाउन सकेनन्। 

टिममा पहिलो रोजाइमा पर्न छाडेपछि फाती लोनमा इंग्लिस क्लब ब्राइटनमा पुगेका छन्। मेसीको पूर्ति कुनै खेलाडीबाट पनि असम्भव जस्तै भए पनि त्यसको केही हिस्सा भने यामलले लिन सक्ने आशा बार्सिलोनाले गरेको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंगापुरबाट सुनिल पौडेलको खाता विवरण झिकाउन विशेष अदालतको आदेश
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चकाे आदेश
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस्
सम्बन्धित सामग्री
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
सिंगापुरबाट सुनिल पौडेलको खाता विवरण झिकाउन विशेष अदालतको आदेश मंगलबार, फागुन १२, २०८२
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चकाे आदेश मंगलबार, फागुन १२, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
लागुऔषध गिरोह भिडन्तले विश्वकप पर्यटनमा चिन्ता मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्