काठमाडौं– स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलविरुद्ध कास्की प्रहरीले आक्रामक अभियान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र कास्की ट्राफिक प्रहरीले संयुक्त रुपमा कारबाही अभियान चलाएका छन्।
स्वरुप परिवर्तन गरेर ध्वनि प्रदूषण गरेको आरोपमा कास्की प्रहरीले २२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र कास्की ट्राफिकले संयुक्त रुपमा २२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइ कारबाही गरेका हुन्। आइतबार नियन्त्रणमा लिएको मोटरसाइल सार्वजनिक गर्दै यसबारे प्रहरीले जानकारी गराएको थियो।
स्वरुप परिवर्तन गरेर चर्को हर्न निकाल्दै कुदाएको पाइएपछि ती मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए।
हर्नको विषयमा स्थानीयबाट व्यापक जनगुनासो आएपछि अभियानकै रुपमा कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए। नियन्त्रणका लिइएको मोटरसाइकलको परिवर्तन गरिएको स्वरुप हटाइ अभिभावकको रोहबरमा जिम्मा लगाइएको छ। यस अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।