काठमाडौं– निर्माताको अनुमतिबिना फिल्म ‘प्रसाद २’ स्वदेश तथा विदेशमा प्रदर्शन गरी डेढ करोड हानी पुर्याएको आरोपमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध चार दिनको म्याद थप भएको छ।
जिल्ला अदालत काठमाडौंले थुनामा राखेर अनुसन्धान गर्न भन्दै चार दिनको म्याद दिएको हो। निर्माता सुदर्शन बस्नेतको उजुरीमा अग्रवाल गत शुक्रबार पक्राउ परेका थिए।
त्यसैगरी यही प्रकरणमा सुदर्शन थापा र मिलन श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरुविरुद्ध ठगीको आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।