मुम्बई– बलिउड अभिनेता सनी देओल सञ्जय दत्तसँग फिल्म ‘जन्मभूमि’मा काम गर्ने भएका छन्।
सनी देओलले ‘लाहोर १९४७’ मा काम सुरु गर्नुअघि फिल्म ‘जन्मभूमि’ को सुटिङ गर्नेछन्। यस फिल्ममा सनीसँगै सञ्जय दत्त पनि देखिनेछन्।
सन्नी देओल र सञ्जय दत्त ३० वर्षपछि यो फिल्ममा सँगै देखिने भएका छन्। दुवैले यसअघि क्रोध, योद्धा र क्षेत्रीय जस्ता फिल्ममा सँगै काम गरिसकेका छन्। दुवैले पछिल्लो पटक सन् १९९३ मा रिलिज भएको चलचित्र क्षत्रियमा सँगै काम गरेका थिए।
फिल्म ‘जनस्थान’ कोर्ट रुम ड्रामा हो। यसको पृष्ठभूमि रामजन्मभूमि मुद्दासँग सम्बन्धित छ। यसमा सनी एक वकिलको भूमिकामा देखिनेछिन्।
फिल्म ‘जन्मभूमि’का निर्देशक मनोज नौटियालले भने, ‘फिल्ममा सन्नीले वकिलको भूमिका निर्वाह गरिरहेका छन्। यसमा उनको अपोजिटमा सञ्जय दत्त देखिनेछन्। दुवै अदालतमा आमनेसामने देखिनेछन्। फिल्मको स्क्रिप्टमा हामीले धेरै मेहेनत गरेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।