स्याङ्जा– स्याङजाको चापाकोट नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कोइरालाले ९० लाख ३९ हजार ६२० रुपैयाँ ३९ पैसा बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको छ।
निजले सार्वजनिक सेवामा नियुक्ति पाएको मिति २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्मको जाँच अवधिमा पारिश्रमिक आय, पैतृक सम्पत्ति, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता एवं अतिरिक्त भत्ता, बुवाबाट प्राप्त रकम, बैंक व्याजबाट प्राप्त रकम, सवारी बहालबाट प्राप्त रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम गरी जम्मा दुई करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ एक पैसा आय आर्जन गरेकोमा ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ चार पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ।
आयभन्दा बढी भएको ९० लाख ३९ हजार ६२० रुपैयाँ ३९ पैसा रकम ऋणात्मक देखिएको साथै सो रकमको स्रोत खुलाउन नसकेकोले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।