काठमाडौं– बलिउड अभिनेत्री आलिया भट्टले आगामी फिल्म ‘जिगरा’ को सुटिङ सुरु गरेकी छन्।
करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सन अन्तर्गत बन्न लागेको फिल्म ‘जिगरा’लाई वासन बालाले निर्देशन गरेका हुन् भने आलिया पनि यस फिल्ममा सह-निर्माताको रुपमा संलग्न छिन्।
आलियाले फिल्म ‘जिगरा’को छायांकन सुरु गरिसकेकी छन्। आलिया भट्टले फिल्म सेटका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
फिल्म सेप्टेम्बर २७, २०२४ मा सिनेमाघरमा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।