काठमाडौं– गायिका दिलमाया खातीको निधन भएको छ।
८४ वर्षीया खातीको गएराति निधन भएको हो। उनलाई लामो समयदेखि दमको समस्या थियो।
दार्जिलिङमा जन्मिएकी दिलमायाले थुप्रै नेपाली भाषाका गीत गाएकी छन्।
‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीतहरू अहिले पनि उत्तिकै लोकप्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।