काठमाडौं– 'ग्लोबल डायस्पोरा एजुकेसन कन्सल्टेन्सी प्रालि'को सद्भावना दूत (ब्रान्ड एम्बास्डर) मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन्। ग्लोबल डायस्पोरा र शाहबीच एक वर्षको लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो।
यो कम्पनीले जापान, अस्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा अध्ययन गर्न चाहने विधार्थीहरूको लागि काम गर्दै आएको छ।
शाहले अबको एक वर्षको अवधिभित्र उक्त कम्पनीको बजार प्रवर्धनको काम गर्नेछन्। 'उज्जल भविष्यको कामनासहित वैदेशिक शिक्षाको लागि जान चाहने विधार्थीहरूलाई सहि सल्लाह र मार्ग निर्देश गर्ने मेरो जिम्मेवारी रहनेछ', शाहले भने ।
'मिस्टर ग्लोबल नेपाल २०१८'का विजेता अभिनेता शाहले गिनिज वर्ल्ड रेकर्डको लागि बनाइएको 'वान सट वान टेक' फिल्म 'जालो'बाट नेपाली फिल्ममा डेब्यू गरेका थिए। त्यसयता उनले 'लभ स्टेसन', 'साङ्ग्लो', 'ज्याकपट', 'आर्या' फिल्ममा अभिनय गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।