• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

64x64
कल्पना घिमिरे आइतबार, असोज ७, २०८०  १६:२१
1140x725

काठमाडौं– शनिबार साँझ रुपन्देहीमा मिटरब्याजी साहु र पीडितबीचको छलफलमा विवाद हुँदा झडप भयो। झडपमा साहु पक्षले १० जना पीडितलाई मरणासन्न हुने गरी कुटपिट गरे।

ती साहु-महाजन विरुद्ध जिल्ला प्रशासन कार्यालयमा पीडितका थुप्रै निवेदन परेका थिए। सो निवेदनको सन्दर्भमा छलफल हुँदा साहुहरुले कुटपिट गरेको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति रुपन्देहीका अध्यक्ष उमेश कोरीले जानकारी दिए। साहु र पीडितबीच झगडा परेपछि मिटरब्याज संघर्ष समिति रुपन्देहीका उपाध्यक्ष बर्खु चमार विवाद मिलाउन पुगेका थिए।

‘मिटरब्याजपीडित र मिटरब्याजी साहुलाई राखेर छलफल गराउने क्रममा पीडितको पक्षमा बोलेको भन्दै साहु पक्षले चमार लगायत अरु ९ जनालाई कुटपिट गरेको थियो। बनार्सी बनियाको उक्साहटमा कुटपिट भएको रहेछ,’ बिकले भने।

साहुहरुले पहिलादेखि नै योजना बनाएर चमार र उनको परिवारमाथि कुटपिट गरेको बिकको भनाइ छ। उपाध्यक्ष चमारको अवस्था निकै गम्भीर रहेको उनले बताए। कुटपिटबाट घाइते पीडितलाई उपचार गराउन साहु-महाजनले चासो नदेखाएको र गाउँले मिलेर उपचार गराइरहेको उनले बताए। 

कुटपिट गर्नेमध्ये ४ जना साहुलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए। कुटपिट गर्नेमध्येका राममिलन यादव र रामनयन यादव फरार भएको उनले बताए। उनीहरु सो क्षेत्रको ठूलो मिटरब्याजी महाजन भएको र उनीहरुका विरुद्ध थुप्रै निवेदन परेकाले योजना बुनेर कुटपिट गरेको बिकले बताए।

सरकारले मिटरब्याजी साहुहरुलाई कार्बाही गर्ने संयन्त्र लचिलो हुँदा पीडितले थप पीडा खेप्नु परेको उनी बताउँछन्। मिटरब्याज जाँचबुझ आयोगले छलफलको नाउँमा पीडितलाई दबाब दिएर जबरजस्ती सहमतितिर लैजानाले पीडितले न्याय पाउन नसकेको उनको भनाइ छ।

यसरी बेलाबेलामा साहुले पीडितलाई कुटपिट गर्ने तथा विभिन्न यातना दिएर दुःख दिने गरिरहेको छ। यो बेला सरकार भने आयोगका नाममा पीडित र साहुबीच सहमति गराउने नाटक मञ्चन गरिरहेको मिटरब्याज पीडितविरुद्ध संघर्ष समितिका सल्लाहकार एवं अभियन्ता नीर्ग नवीनले बताए।

‘अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगले अहिले गैरकानुनी काम गराइरहेको उनको भनाइ छ। ‘मिटरब्याजी साहु र पीडितलाई जिल्ला प्रशासन कार्यलयमा बोलाएर कुरा गराउँछन्। जमिन फिर्ता गरायौँ भन्छन्। साहुले त्यो जमिन धितो राखेर कर्जा लिएको हुन्छ। पीडितले फिर्ता पाएको छैन,’नवीनले भने।

Ncell 2
Ncell 2

तर, फिर्ता भो भनेर सरकारले हल्ला फैलाउने काम भएको उनी बताउँछन्। सरकारले काम गरेको जस्तो गरी जनतामाझ भ्रम फैलाइरहेको उनको भनाइ छ।

‘आयोगले गराएको छलफलबाट न त साहु-महाजनलाई सहमतिमा ल्याउन सकेको छ न त पीडितलाई नै। जमिन फिर्ता गराइएको तथ्यांक समाचारमा आउँछन्। क-कसले जमिन फिर्ता गरे, कसले पाए भन्नेबारे सोध्दा तथ्यांक बताउन सक्दैनन्,’ उनले भने।

साहु महाजनले ऋण दिएको प्रमाण दुई/दुई वटा भेटिने तर पीडितले तिरेकोको कुनै प्रमाण नहुँदा पीडित थप पीडामा परेको उनी बताउँछन्। यस्तै सरकारले साहु-महाजनलाई तिर्नुपर्ने यतिउती भन्दै हिसाब गरेको र ठूलो रकम बुझाएका पीडितले फिर्ता पाउनुपर्ने हिसाबै नगरेको उनको गुनासो छ। यसर्थ आयोगको काम कतै वैधानिक नभएको पाइएको उनको दाबी छ। 

सरकारले साहु-महाजनलाई फाइदा पुग्ने गरी काम गरिरहेको नवीन बताउँछन्। ‘जनताको छेउमा देखाउनकै लागि गलत तथ्यांक निकालेर हल्ला फैलाउन थालिएको छ। अहिलेका गृहमन्त्रीले मधेसमा भोटरको संख्या बढाउन तथा जनताको मुखबाट ‘गृहमन्त्री जिन्दावाद’ भनाउन खोजेको पाइएको छ। यो आयोगका नाममा सीडीओ, एसपी र माओवादीका कार्यकर्तालाई घुस खुवाउन गृहले भूमिका खेलेको देखिन्छ,’ उनले भने।

मिटरब्याजी साहु कुनै राजनीतिक पार्टीका कार्यकर्ता तथा नेता भएको खण्डमा सरकारले कार्बाही गर्न नसकिरहेको उनको भनाइ छ। 
‘उदाहरणका लागि रौतहटका शिवप्रसाद नामक मिटरब्याजी साहु माधवकुमार नेपालको पार्टीका मान्छे भएकै कारण उनलाई आयोगले केही गर्न सकेको छैन।  काठमाडौंकै कुरा गर्ने हो भने कलंकीकी कविता नामक मिटरब्याजी साहुले पीडितका थुप्रै घरजग्गा हडपेको पाइएको छ। तर सरकारले उसलाई कार्बाहीको दायरामा ल्याउन प्रयासै गरेको छैन। किनकि उनको ठूला राजनीतिक पार्टिसँग कनेक्सन छ,’ नवीनले भने।

यस्तै अहिले साहुले आयोगमा उजुरी दर्ता गर्ने ५० प्रतिशत पीडितका विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको उनले बताए। यसरी अदालतमा दर्ता भइरहेका मुद्दाहरु जिल्ला प्रशासनले नहेर्ने नीति रहेकाले आयोगको काम लचिलो भएको उनको भनाइ छ। काठमाडौंको सन्दर्भमा पीडितलाई चेक बाउन्स भनी बैंकिङ कसुरमा अदालतमा मुद्दा परेको र उनीहरुलाई जिल्ला प्रशासनले कारबाही गर्न नमिल्ने हुँदा पीडित मर्कामा पर्ने उनले बताए। 

सरकारले केही साना मिटरब्याजी साहुलाई कार्बाहीको दायरमा ल्याए तापनि राजनीतिक दलको कनेक्सनमा रहेका ठूला महाजनलाई कार्बाही गर्न नसक्दा मिटरब्याज पीडितले न्याय नपाइरहेको नवीनको भनाइ छ। सरकारको अहिलेको प्रबन्धले मिटरब्याजको समस्या समाधान हुन नसक्ने उनको दाबी छ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
राष्ट्रिय सभा उम्मेदवार छनोटमा थापाको फरक मत: महामन्त्रीहरुलाई हेपियो, यस्तो मानमर्दन पहिले हुँदैनथ्यो बुधबार, पुस २३, २०८२
२० जना न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूची) बुधबार, पुस २३, २०८२
यी हुन् एमालेका ८ उम्मेदवार बुधबार, पुस २३, २०८२
रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी बुधबार, पुस २३, २०८२
राष्ट्रिय सभा उम्मेदवार छनोटमा कांग्रेस महामन्त्रीद्वयको असहमति बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा मंगलबार, पुस २२, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्