• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

श्रम स्वीकृति नै नलिई ९७५ जना डाक्टर कुवेत पठाउने विज्ञापन, वैदेशिक रोजगार विभागले मार्‍यो छापा 

64x64
कल्पना घिमिरे शुक्रबार, भदौ ८, २०८०  १७:२०
1140x725

काठमाडौं– नेपाली विशेषज्ञ चिकित्सकलाई कम्तीमा ७ लाखदेखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब दिने भन्दै एउटा विज्ञापन सार्वजनिक भयो। कुवेतका लागि भनेर सार्वजनिक उक्त विज्ञापन आएपछि नेपाली चिकित्सा क्षेत्रमा ठूलै हलचल मच्चियो।  

कुवेतको एक निजी अस्पतालमा रोजगारीका लागि भन्दै गरिएको विज्ञापनलाई लिएर सन्देह सिर्जना भएको छ। जसको प्रभावस्वरुप वैदेशिक रोजगार विभागले उक्त विज्ञापन गर्ने कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडल नामक कम्पनीले उक्त विज्ञापन जारी गरेको थियो। 

श्रम स्वीकृती समेत नलिइ १ हजारको संख्यामा डाक्टर कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि विभागले उक्त कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो। विभागले बिहीबार अनुगमन गरी सम्पूर्ण कागजात नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए। 

‘विभागबाट श्रम स्वीकृति नलिइ विज्ञापन गरेको पाएपछि हामीले अनुगमन गरेर कागजात समेत ल्याइ अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘के कति कामदार पठायो भन्ने अध्ययन गरेर हामी कारबाहीको दायरमा ल्याउछौं।’ 

श्रमस्वीकृति नलिइ विज्ञापन गरेमा विभागले ५० हजार रुपैयाँ जरिवाना गर्ने सक्ने कानुनी व्यवस्था छ। तर, ओमेगाको हकमा के-कति कारबाही हुने भन्नेबारे अध्ययनपछि मात्र भन्न सकिने महानिर्देशक दाहालले बताए। ‘यदि यो सूचना सत्य र कानुनसम्मत देखिएमा उक्त कम्पनीले चिकित्सकहरु लैजान सक्छ,’ उनले भने। 
कुवेतको निजी अस्पतालले डाक्टर माग गरेकै भए ओमेगाले पछि प्रक्रिया पूरा गरेर समेत पठाउन सक्ने उनको भनाइ छ। 

शंकास्पद विज्ञापन 
नेपालबाट एकैपटक आकर्षक तलबको अफर दिएर विज्ञापन गरेको सार्वजनिक भएपछि धेरैले चासो दिएका थिए। उक्त विज्ञापनबारे चासोका साथै शंका पनि उब्जियो। त्यही शंकाको आधारमा विभागले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

Doctor_vacancy_for_kuwait_21692963326.png

उक्त विज्ञापनको बारेमा सोधखोज गर्दा त्यहाँ उल्लेखित अधिकांस फोन नम्बरमा सम्पर्क हुँदैन। नेपाल लाइभले पटक पटक गरेको प्रयासपछि एक कर्मचारीसँग सम्पर्क भयो। नेपाल लाइभको सम्पर्कमा आएका ती कर्मचारीले कुवेतको एक निजी अस्पतालका लागि दक्ष जनशक्तिको डिमान्ड आफूहरुले ल्याएको र प्रक्रिया पूरा गरेर लैजाने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

ओमेगाकी कर्मचारी छहरा राईले  कार्यालयले अहिले डकुमेन्ट  कलेक्सन मात्र गरिरहेको बताइन्। कागजातहरु संकलन भएपछि रोजगारीका लागि कुवेत पठाउने बाँकी प्रक्रिया पूरा गरिने उनको भनाइ छ।  ‘अहिले पठाइहाल्ने होइन, हामीले डकुमेन्ट (कागजात) संकलन गर्नका लागि विज्ञापन गरेका हौं,’ उनले भनिन् ‘अहिले डकुमेन्ट कलेक्ट गर्छौँ, त्यसपछि उता पठाउँछौँ र उताबाट स्वीकृति आएलगत्तै श्रमस्वीकृतीको प्रक्रिया सुरु हुन्छ।’ 

कागजातहरु स्वीकृत नभएसम्म कुनै पनि शुल्क तिर्नु नपर्ने उनको भनाइ छ।  ‘डकुमेन्ट बुझाउँदा अफिसमै आएर बुझाए पनि हुन्छ। अथवा हाम्रो ईमेल वा ह्वाट्सएप, भाइबरमा पनि पठाउँदा हुन्छ। यहीँ अफिसमा आइराख्न पर्दैन र कुनै शुल्क लाग्दैन,’ उनले भनिन्।

परीक्षा कस्तो किसिमको हुने र कसरी छनौट गरिने भन्ने बारेमा पनि अहिले कुनै मोडल तय नभएको उनले बताइन्। उनले उता (कुवेत)बाट डकुमेन्ट स्वीकृत भएपछि त्यसबारे तय हुने र छनौटमा भाग लिएर छानिए मात्रै जान मिल्ने बताइन्। 

‘एकजना चिकित्सक कुवेत जाँदा कति लागत लाग्छ?’ भनेर नेपाल लाइभले प्रश्न गर्दा उनले लागत अहिले नै जानकारी नहुने बताइन्। ‘अहिले कति लागत लाग्छ भन्ने अफिसियल रुपमा निश्चित हुन सकेको छैन,’ उनले भनिन् ‘फ्रि भिसा, फ्रि टिकट हुन्छ भन्ने त होइन। तर कुवेत जान पक्कै पनि अस्ट्रेलिया, क्यानडा जान जति नलाग्ला। कति लाग्छ भन्ने अफिसमा जानकारी आएपछि  खबर गर्छौँ,’ उनले भनिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगाले केही दिनअघि कुवेतमा ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको सूचना निकालेको थियो।

ओमेगाले सार्वजनिक गरेको सूचनाअनुसार कुवेतको धामन अस्पतालमा काम गर्ने गरी विभिन्न ७ वटा विभागमा विशेषज्ञ डाक्टरहरु माग गरिएको छ। एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिस्ट डाक्टर १०० जना,  अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिस्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ।

९७५ जना चिकित्सक पहिलो चरणमा २ वर्षका लागि माग गरिएको ओमेगाले जनाएको छ। त्यसपछि थप बस्न मन चाहने चिकित्सकहरुले भिसा थपेर अवधि लम्बाउन सक्ने उल्लेख छ।

विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने ओमेगाले जानकारी दिएको छ। उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने सूचनामा उल्लेख छ। 

कुवेतको उक्त अस्पतालले सुरुको महिना खाना र बस्ने व्यवस्था समेत गरेको दाबी गरिएको छ। तर दोस्रो महिनाबाट भने खानाको व्यवस्था चिकित्सक आफैंले गर्नुपर्ने कम्पनीको भनाइ छ। ओमेगाका अनुसार कुवेत जाने चिकित्सकले ओमेगालाई पहिलो महिनाको तलब भने खर्चका रुपमा उपलब्ध गराउनुपर्ने हुन्छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्