• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

श्रम स्वीकृति नै नलिई ९७५ जना डाक्टर कुवेत पठाउने विज्ञापन, वैदेशिक रोजगार विभागले मार्‍यो छापा 

64x64
कल्पना घिमिरे शुक्रबार, भदौ ८, २०८०  १७:२०
1140x725

काठमाडौं– नेपाली विशेषज्ञ चिकित्सकलाई कम्तीमा ७ लाखदेखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब दिने भन्दै एउटा विज्ञापन सार्वजनिक भयो। कुवेतका लागि भनेर सार्वजनिक उक्त विज्ञापन आएपछि नेपाली चिकित्सा क्षेत्रमा ठूलै हलचल मच्चियो।  

कुवेतको एक निजी अस्पतालमा रोजगारीका लागि भन्दै गरिएको विज्ञापनलाई लिएर सन्देह सिर्जना भएको छ। जसको प्रभावस्वरुप वैदेशिक रोजगार विभागले उक्त विज्ञापन गर्ने कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडल नामक कम्पनीले उक्त विज्ञापन जारी गरेको थियो। 

श्रम स्वीकृती समेत नलिइ १ हजारको संख्यामा डाक्टर कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि विभागले उक्त कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो। विभागले बिहीबार अनुगमन गरी सम्पूर्ण कागजात नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए। 

‘विभागबाट श्रम स्वीकृति नलिइ विज्ञापन गरेको पाएपछि हामीले अनुगमन गरेर कागजात समेत ल्याइ अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘के कति कामदार पठायो भन्ने अध्ययन गरेर हामी कारबाहीको दायरमा ल्याउछौं।’ 

श्रमस्वीकृति नलिइ विज्ञापन गरेमा विभागले ५० हजार रुपैयाँ जरिवाना गर्ने सक्ने कानुनी व्यवस्था छ। तर, ओमेगाको हकमा के-कति कारबाही हुने भन्नेबारे अध्ययनपछि मात्र भन्न सकिने महानिर्देशक दाहालले बताए। ‘यदि यो सूचना सत्य र कानुनसम्मत देखिएमा उक्त कम्पनीले चिकित्सकहरु लैजान सक्छ,’ उनले भने। 
कुवेतको निजी अस्पतालले डाक्टर माग गरेकै भए ओमेगाले पछि प्रक्रिया पूरा गरेर समेत पठाउन सक्ने उनको भनाइ छ। 

शंकास्पद विज्ञापन 
नेपालबाट एकैपटक आकर्षक तलबको अफर दिएर विज्ञापन गरेको सार्वजनिक भएपछि धेरैले चासो दिएका थिए। उक्त विज्ञापनबारे चासोका साथै शंका पनि उब्जियो। त्यही शंकाको आधारमा विभागले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

Doctor_vacancy_for_kuwait_21692963326.png

उक्त विज्ञापनको बारेमा सोधखोज गर्दा त्यहाँ उल्लेखित अधिकांस फोन नम्बरमा सम्पर्क हुँदैन। नेपाल लाइभले पटक पटक गरेको प्रयासपछि एक कर्मचारीसँग सम्पर्क भयो। नेपाल लाइभको सम्पर्कमा आएका ती कर्मचारीले कुवेतको एक निजी अस्पतालका लागि दक्ष जनशक्तिको डिमान्ड आफूहरुले ल्याएको र प्रक्रिया पूरा गरेर लैजाने बताए। 

Ncell 2
Ncell 2

ओमेगाकी कर्मचारी छहरा राईले  कार्यालयले अहिले डकुमेन्ट  कलेक्सन मात्र गरिरहेको बताइन्। कागजातहरु संकलन भएपछि रोजगारीका लागि कुवेत पठाउने बाँकी प्रक्रिया पूरा गरिने उनको भनाइ छ।  ‘अहिले पठाइहाल्ने होइन, हामीले डकुमेन्ट (कागजात) संकलन गर्नका लागि विज्ञापन गरेका हौं,’ उनले भनिन् ‘अहिले डकुमेन्ट कलेक्ट गर्छौँ, त्यसपछि उता पठाउँछौँ र उताबाट स्वीकृति आएलगत्तै श्रमस्वीकृतीको प्रक्रिया सुरु हुन्छ।’ 

कागजातहरु स्वीकृत नभएसम्म कुनै पनि शुल्क तिर्नु नपर्ने उनको भनाइ छ।  ‘डकुमेन्ट बुझाउँदा अफिसमै आएर बुझाए पनि हुन्छ। अथवा हाम्रो ईमेल वा ह्वाट्सएप, भाइबरमा पनि पठाउँदा हुन्छ। यहीँ अफिसमा आइराख्न पर्दैन र कुनै शुल्क लाग्दैन,’ उनले भनिन्।

परीक्षा कस्तो किसिमको हुने र कसरी छनौट गरिने भन्ने बारेमा पनि अहिले कुनै मोडल तय नभएको उनले बताइन्। उनले उता (कुवेत)बाट डकुमेन्ट स्वीकृत भएपछि त्यसबारे तय हुने र छनौटमा भाग लिएर छानिए मात्रै जान मिल्ने बताइन्। 

‘एकजना चिकित्सक कुवेत जाँदा कति लागत लाग्छ?’ भनेर नेपाल लाइभले प्रश्न गर्दा उनले लागत अहिले नै जानकारी नहुने बताइन्। ‘अहिले कति लागत लाग्छ भन्ने अफिसियल रुपमा निश्चित हुन सकेको छैन,’ उनले भनिन् ‘फ्रि भिसा, फ्रि टिकट हुन्छ भन्ने त होइन। तर कुवेत जान पक्कै पनि अस्ट्रेलिया, क्यानडा जान जति नलाग्ला। कति लाग्छ भन्ने अफिसमा जानकारी आएपछि  खबर गर्छौँ,’ उनले भनिन्। 

कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगाले केही दिनअघि कुवेतमा ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको सूचना निकालेको थियो।

ओमेगाले सार्वजनिक गरेको सूचनाअनुसार कुवेतको धामन अस्पतालमा काम गर्ने गरी विभिन्न ७ वटा विभागमा विशेषज्ञ डाक्टरहरु माग गरिएको छ। एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिस्ट डाक्टर १०० जना,  अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिस्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ।

९७५ जना चिकित्सक पहिलो चरणमा २ वर्षका लागि माग गरिएको ओमेगाले जनाएको छ। त्यसपछि थप बस्न मन चाहने चिकित्सकहरुले भिसा थपेर अवधि लम्बाउन सक्ने उल्लेख छ।

विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने ओमेगाले जानकारी दिएको छ। उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने सूचनामा उल्लेख छ। 

कुवेतको उक्त अस्पतालले सुरुको महिना खाना र बस्ने व्यवस्था समेत गरेको दाबी गरिएको छ। तर दोस्रो महिनाबाट भने खानाको व्यवस्था चिकित्सक आफैंले गर्नुपर्ने कम्पनीको भनाइ छ। ओमेगाका अनुसार कुवेत जाने चिकित्सकले ओमेगालाई पहिलो महिनाको तलब भने खर्चका रुपमा उपलब्ध गराउनुपर्ने हुन्छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहेका हरि बुढामगरले विश्वको सातै महादेशका... सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्