• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रसूति अस्पतालमा शान्ताको सकस : सामान्य चेकजाँचमा पनि घण्टौं लाइन

64x64
कल्पना घिमिरे शनिबार, भदौ २, २०८०  १४:००
1140x725

काठमाडौं– बुधबार बिहान ७ बजे।

थापाथलीस्थित प्रसूति अस्पतालको टिकट काउन्टरनिर मान्छेहरू भरिभराउ थिए। कोही महिला सिटमा बसेका थिए भने कोही उभिइरहेका।  सबैजना आफ्नो टिकट काट्ने पालो कुरेर बसिरहेका थिए।

त्यहीँको एक कुनामा उभिन नसकेर एक गर्भवती महिला भुइँमा थचक्कै बसिन्। 

उनको हातमा गर्भवती महिलाले अस्पताल आउँदा छुटाउन नहुने पहेँलो कार्ड थियो। कार्डमा उनको नाम प्रस्टै देखिन्थ्यो–सावित्रा ब्लोन, उमेर– ३२। 

उनी टिकट काउन्टर कतिबेला खुल्ला भनेर पर्खिरहेकी थिइन्।

अनुहारमा चिडचिडाहट बोकेर उनी यताउती हेरिरहेकी थिइन्। सावित्राले मेचमा बसिरहेका युवाहरूलाई ठूला आँखाले हेरिन्। अनि रिसाउँदै छेउकी महिलालाई सुनाइन्, ‘गर्भवती महिलाहरू उभिइरहेका छन्। यी केटाहरूले किन नबुझेका? लाजै नमानी मेचमा बसेका छन्।’ 

‘त्यही त, कस्तो मानवता नभएको मान्छे। नसक्नेहरू सकिनसकी उभिएका छन्,’ छेउकी महिलाले थपिन्। 

करिब सवा आठ बजेपछि टिकट काउन्टर खुल्यो। ‘टिकट काट्ने मान्छे पनि आएजस्तो छ,’ साबित्राले काउन्टरतिर हेर्दै भनिन्।

Ncell 2
Ncell 2

 ‘तपाईंको पालो कति हो,’ सावित्रालाई छेउकी महिलाले सोधिन्। ‘हेरिदिनु त कति छ?’ सावित्राले टोकन देखाइन्। 

महिलाले टोकन हेरिदिइन्। सावित्राको पालो ५४ जना पछाडि रहेछ। ‘यहाँ टोकन पनि लिनुपर्छ र?’ सावित्राको छेउनिर उभिएकी शान्ता गैरेले सोधिन्।

‘टोकन नलिए त टिकट पाइँदैन। तपाईं धेरै पहिला आएको जस्तो लाग्छ। अझैसम्म टोकन लिनुभएको छैन?,’ अर्की महिलाले भनिन्।

‘अहँ, छैन नि लिएको। यहाँनिर टोकन लिने ठावैँ थाहा भएन। कहाँनेर लिने?’  शान्ताले अलमलिँदै सोधिन्।

सावित्राले परतिरको गेट देखाउँदै भनिन्, ‘तपाईंको पालो धेरै पछाडि पर्ने भो। छिटो जानुस्।’ 

शान्ता टोकन लिन गेटतिर लागिन्।

सावित्रा र अर्की महिला अस्पतालको व्यवस्थापनमाथि गुनासो गर्न थाले। ‘टोकन उता अगाडिको गेटबाट दिने भएको भए सजिलो हुन्थ्यो। सबै मान्छे त्यतैबाट आउँछन्। कता उल्टोतिर राखेको होला?’ अर्की महिलाले भनिन्। 

‘पहिला यहीँ अगाडि दिन्थ्यो। अहिले उता सारेको रहेछ। टोकन यता छ है भनेर देखाइदिएको भए सजिलो हुन्थ्यो,’ सावित्राले भनिन्, ‘यहाँ गार्डलाई सोध्यो भने पनि बताइदिँदैनन्। उल्टै झर्कीफर्की गर्छन्।’

टोकन लिन आउने महिलाहरू प्रायः अलमलिने रहेछन्। ती महिलाको भनाइ थियो, ‘टोकन लिने ठाउँ भनेर संकेत राख्दा सजिलो त हुन्थ्यो।’ 

केहीबेरमा शान्ता टोकन लिएर त्यहीँ आइपुगिन्। एक घण्टा अगाडि आइपुगेकी उनी टोकनै नलिई बस्नाले पछाडि परेकी थिइन्। उनको टोकन नम्बर ३३५  थियो।

शान्ता टौदहबाट साँढे पाँच बजे हिँडेकी रहिछन्। ६ः१५ मा अस्पताल आइपुगेको उनले सुनाइन्। उनी प्रसूतिगृहमा पहिलो पटक गर्भ जाँच गराउन आइपुगेकी थिइन्।

केहीबेरमा सुरक्षा गार्डले टोकन नम्बर पढेर बोलाउन थालिन्। आ–आफ्नो पालामा महिलाहरूले टिकट काटे र ओपीडि वार्डमा छिर्न थाले। सावित्रा र अर्की महिला पनि टिकट काटेर ओपीडिमा पसे। डेढ घण्टापछि मात्र शान्ताको पालो आयो। उनले टिकट काटिन्। र ओपिडीमा छिर्दै गर्दा ढोकैमा भएकी सुरक्षा गार्डलाई कार्ड देखाएरसोधिन् ‘कहाँ जाने हो अब।’

 ‘सिधै माथि जानुस्,’ गार्डको रुखो जवाफ थियो।

त्यसपछि शान्ता एक तलामाथि पुगिन्। ‘गर्भवती महिला एनओसी ओपिडी’भित्र पसिन् । चेकजाँचका लागि लाइनमा बसिन्। आधा घण्टा लाइन बसेपछि ब्लडप्रेसर जाँच गर्ने पालो आयो। 

तर उनको जाँच हुने दोस्रो तलामा रहेछ।

‘तपाईंको त यहाँ होइन नि, माथि हो। यहाँ पहेंलो कार्ड हुनेको मात्र हो। अब एक तलामाथि जानुस्,’ कार्ड हेर्दै सेतो एप्रोन लगाएकी नर्सले भनिन्।

शान्ता केही नबोलीकन माथिल्लो तलातिर लागिन्। त्यहाँ निकै लामो लाइन लागिसकेको थियो। लगभग डेढ घण्टा पछि पालो आयो।

शान्ता भित्र गइन्। केहीबेरमा बाहिर आएपछि सुनाइन्, ‘डाक्टरले भिडिओएक्सरे, पिसाब/रगत जाँच गराउन भन्नुभयो।’ 
बिल भुक्तानी गर्न फेरि टिकट काउन्टरमै जानुपर्ने भयो। उनी तल झरिन् र बिल भुक्तानी गरेर पहिलो तलामा पिसाब जाँचका लागि लाइन लागिन्। आधा घण्टापछि  शान्ताको पालो आयो। 

नर्सले पिसाब र रगतको रिपोर्ट लिन ३ दिन पछि आउनू भनिन्। 

त्यसपछि भिडिओ एक्सरे गर्ने कक्षमा पुगिन्। त्यहाँ पनि उत्तिकै भीड। एउटी महिला बिल लिएर भिडिओ एक्सरेको कोठामा पुगिन्। उनले त्यहाँको गार्डलाई एक्सरे गर्ने कहाँ भन्दै सोधिन्। उनको बिल थुत्दै गार्डले रुखो स्वरमा भनिन्, ‘बाहिर बस्नुस्। म पालो आएपछि बोलाउँछु।’
करिब १ घण्टापछि शान्ताको पालो आयो। भिडियो एक्सरे भयो। तर रिपोर्ट उत्तिखेरै आएन। 

‘रिपोर्ट खोइ त डाक्टर साब,’ उनले भिडिओ एक्सरे गराउने टेक्निसियनलाई सोधिन्। ‘तपाईं बाहिर गएर बस्नुस्। डेढ घण्टापछि आउँछ,’ टेक्निसियनको जवाफ थियो।

‘एकैछिनमा आउनुपर्ने हो यसको रिपोर्ट, किन डेढ घण्टा?’ उनले प्रश्न गरिन्। 

टेक्निसियनलाई उनको कुरा सुन्ने फुर्सद थिएन। बाहिर जाने इसारा गर्दै काममा लागे। उनी बाहिर निस्किइन् र बसिन् रिपोर्टको पर्खाइमा।
दिउँसोको साढे १२ बजिसकेको थियो। रिपोर्ट अझै आइपुगेको थिएन। शान्ता थकित देखिन्थिन् यतिबेला।

शान्ता गर्भवती थिइन्। उनी पहिलो पटक यसरी अस्पतालमा चेकजाँच गराउन आएकी थिइन्। तर लामो लाइन, घण्टौंको पर्खाइ र कर्मचारीको व्यवहारले साह्रै दिक्क बनायो। भनिन्, ‘नबुझेको कुरा राम्रोसँग बुझाएको भए पनि हुन्थ्यो नि।’

‘टिकट काटेपछि यहाँ जानुस् पनि नभन्ने रहेछन्। पहिलो पटक आउँदा कहाँ के छ कसरी थाहा हुन्छ? यहाँको गार्डलाई सोध्दा पनि माथि मात्रै भन्ने,’ उनले दुःखेसो गरिन्।

१ बज्दै थियो। शान्ताको रिपोर्ट अझै आउने छाँट थिएन। 

अस्पताल भरिभराउ थियो। ओपिडीको टिकट काउन्टमा उस्तै भीड थियो। सकिनकसी शान्ता जस्तै गर्भवती महिलाहरू चिडचिडाहट बोकेर उभिइरहेका थिए। गार्ड उसैगरी रुखो देखिएका थिए।

उदास अनुहार लगाएर उभिइरहेका र तलमाथि गरिरहेका महिलाहरूको भीडबाट हामी भने बाहिर निस्कँदै थियौँ।

अस्पतालका निर्देशक भन्छन्– व्यवस्थापन गर्न गाह्रो भइरहेको छ

सेवाग्राहीले सेवा पाउन व्यहोर्नुपरेको सकसबारे हामीले अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीसँग कुरा गर्यौँ।

अधिकारीले अस्पतालभित्र सेवाग्राहीले झेल्नुपरेको सास्तीलाई स्वीकार गरे। आफू अस्पतालमा आएदेखि व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न लागिपरेको उनले बताए। 

भने, ‘बिरामीले २ घण्टाभित्र सेवा लिएर जाऊन्  भन्ने मनसाय हो। तर व्यवस्थापन गर्न अलि गाह्रो भएको छ।’ 

अस्पतालको ठाउँ साँघुरो भएकाले लाइन बस्नेहरूले दु:ख पाउनुपरेको उनले बताए। अस्पतालमा दुई वटा मात्रै टिकट काउन्टर भएकाले सेवाग्राहीले घण्टौँ कुर्न परेको पनि उनले स्वीकार गरे। ‘यो समस्या समाधान गर्न थप एउटा टिकट काउन्टर राख्दैछौँ। १५ दिनमा ओपिडीको टिकट अनलाइन प्रणालीमा लैजान्छौँ,‘उनले भने। 

अनलाइन सिस्टम राखेपछि लाइन बस्नेहरूको चाप कम हुने उनले बताए।

‘टोकन दिइने स्थान नदेख्नाले, सिस्टम थाहा नहुनाले पनि सेवाग्राहीले दु:ख पाइरहेका छन् नि?’शान्ताले भोगेको समस्याको प्रंसग जोड्दै हामीले सोध्यौँ। 

‘टोकन दिइने स्थानमा स्पस्ट देखिने गरी बोर्डमा लेखेर राख्नेछौँ। टिकट लिने स्थानमा थप कुर्सी पनि राख्नेछौँ,’ उनले भने।

अस्पतालका केही कर्मचारी सेवाग्राहीसँग अशिष्ट देखिएको पनि सुनायौँ।

यसबारे निर्देशक अधिकारीले भने, ‘हामीले कर्मचारीहरूलाई सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न आदेश दिइरहेका हुन्छौँ। तर कुनै सेवाग्राही बुझेर पनि नबुझेको जस्तो गर्दा आफूहरू झर्किन बाध्य भएको उनीहरू भन्छन्। तर त्यसो गर्न पाइन्न। हामीले सम्झाइरहेका छौँ।’

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्