• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रसूति अस्पतालमा शान्ताको सकस : सामान्य चेकजाँचमा पनि घण्टौं लाइन

64x64
कल्पना घिमिरे शनिबार, भदौ २, २०८०  १४:००
1140x725

काठमाडौं– बुधबार बिहान ७ बजे।

थापाथलीस्थित प्रसूति अस्पतालको टिकट काउन्टरनिर मान्छेहरू भरिभराउ थिए। कोही महिला सिटमा बसेका थिए भने कोही उभिइरहेका।  सबैजना आफ्नो टिकट काट्ने पालो कुरेर बसिरहेका थिए।

त्यहीँको एक कुनामा उभिन नसकेर एक गर्भवती महिला भुइँमा थचक्कै बसिन्। 

उनको हातमा गर्भवती महिलाले अस्पताल आउँदा छुटाउन नहुने पहेँलो कार्ड थियो। कार्डमा उनको नाम प्रस्टै देखिन्थ्यो–सावित्रा ब्लोन, उमेर– ३२। 

उनी टिकट काउन्टर कतिबेला खुल्ला भनेर पर्खिरहेकी थिइन्।

अनुहारमा चिडचिडाहट बोकेर उनी यताउती हेरिरहेकी थिइन्। सावित्राले मेचमा बसिरहेका युवाहरूलाई ठूला आँखाले हेरिन्। अनि रिसाउँदै छेउकी महिलालाई सुनाइन्, ‘गर्भवती महिलाहरू उभिइरहेका छन्। यी केटाहरूले किन नबुझेका? लाजै नमानी मेचमा बसेका छन्।’ 

‘त्यही त, कस्तो मानवता नभएको मान्छे। नसक्नेहरू सकिनसकी उभिएका छन्,’ छेउकी महिलाले थपिन्। 

करिब सवा आठ बजेपछि टिकट काउन्टर खुल्यो। ‘टिकट काट्ने मान्छे पनि आएजस्तो छ,’ साबित्राले काउन्टरतिर हेर्दै भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

 ‘तपाईंको पालो कति हो,’ सावित्रालाई छेउकी महिलाले सोधिन्। ‘हेरिदिनु त कति छ?’ सावित्राले टोकन देखाइन्। 

महिलाले टोकन हेरिदिइन्। सावित्राको पालो ५४ जना पछाडि रहेछ। ‘यहाँ टोकन पनि लिनुपर्छ र?’ सावित्राको छेउनिर उभिएकी शान्ता गैरेले सोधिन्।

‘टोकन नलिए त टिकट पाइँदैन। तपाईं धेरै पहिला आएको जस्तो लाग्छ। अझैसम्म टोकन लिनुभएको छैन?,’ अर्की महिलाले भनिन्।

‘अहँ, छैन नि लिएको। यहाँनिर टोकन लिने ठावैँ थाहा भएन। कहाँनेर लिने?’  शान्ताले अलमलिँदै सोधिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सावित्राले परतिरको गेट देखाउँदै भनिन्, ‘तपाईंको पालो धेरै पछाडि पर्ने भो। छिटो जानुस्।’ 

शान्ता टोकन लिन गेटतिर लागिन्।

सावित्रा र अर्की महिला अस्पतालको व्यवस्थापनमाथि गुनासो गर्न थाले। ‘टोकन उता अगाडिको गेटबाट दिने भएको भए सजिलो हुन्थ्यो। सबै मान्छे त्यतैबाट आउँछन्। कता उल्टोतिर राखेको होला?’ अर्की महिलाले भनिन्। 

‘पहिला यहीँ अगाडि दिन्थ्यो। अहिले उता सारेको रहेछ। टोकन यता छ है भनेर देखाइदिएको भए सजिलो हुन्थ्यो,’ सावित्राले भनिन्, ‘यहाँ गार्डलाई सोध्यो भने पनि बताइदिँदैनन्। उल्टै झर्कीफर्की गर्छन्।’

टोकन लिन आउने महिलाहरू प्रायः अलमलिने रहेछन्। ती महिलाको भनाइ थियो, ‘टोकन लिने ठाउँ भनेर संकेत राख्दा सजिलो त हुन्थ्यो।’ 

केहीबेरमा शान्ता टोकन लिएर त्यहीँ आइपुगिन्। एक घण्टा अगाडि आइपुगेकी उनी टोकनै नलिई बस्नाले पछाडि परेकी थिइन्। उनको टोकन नम्बर ३३५  थियो।

शान्ता टौदहबाट साँढे पाँच बजे हिँडेकी रहिछन्। ६ः१५ मा अस्पताल आइपुगेको उनले सुनाइन्। उनी प्रसूतिगृहमा पहिलो पटक गर्भ जाँच गराउन आइपुगेकी थिइन्।

केहीबेरमा सुरक्षा गार्डले टोकन नम्बर पढेर बोलाउन थालिन्। आ–आफ्नो पालामा महिलाहरूले टिकट काटे र ओपीडि वार्डमा छिर्न थाले। सावित्रा र अर्की महिला पनि टिकट काटेर ओपीडिमा पसे। डेढ घण्टापछि मात्र शान्ताको पालो आयो। उनले टिकट काटिन्। र ओपिडीमा छिर्दै गर्दा ढोकैमा भएकी सुरक्षा गार्डलाई कार्ड देखाएरसोधिन् ‘कहाँ जाने हो अब।’

 ‘सिधै माथि जानुस्,’ गार्डको रुखो जवाफ थियो।

त्यसपछि शान्ता एक तलामाथि पुगिन्। ‘गर्भवती महिला एनओसी ओपिडी’भित्र पसिन् । चेकजाँचका लागि लाइनमा बसिन्। आधा घण्टा लाइन बसेपछि ब्लडप्रेसर जाँच गर्ने पालो आयो। 

तर उनको जाँच हुने दोस्रो तलामा रहेछ।

‘तपाईंको त यहाँ होइन नि, माथि हो। यहाँ पहेंलो कार्ड हुनेको मात्र हो। अब एक तलामाथि जानुस्,’ कार्ड हेर्दै सेतो एप्रोन लगाएकी नर्सले भनिन्।

शान्ता केही नबोलीकन माथिल्लो तलातिर लागिन्। त्यहाँ निकै लामो लाइन लागिसकेको थियो। लगभग डेढ घण्टा पछि पालो आयो।

शान्ता भित्र गइन्। केहीबेरमा बाहिर आएपछि सुनाइन्, ‘डाक्टरले भिडिओएक्सरे, पिसाब/रगत जाँच गराउन भन्नुभयो।’ 
बिल भुक्तानी गर्न फेरि टिकट काउन्टरमै जानुपर्ने भयो। उनी तल झरिन् र बिल भुक्तानी गरेर पहिलो तलामा पिसाब जाँचका लागि लाइन लागिन्। आधा घण्टापछि  शान्ताको पालो आयो। 

नर्सले पिसाब र रगतको रिपोर्ट लिन ३ दिन पछि आउनू भनिन्। 

त्यसपछि भिडिओ एक्सरे गर्ने कक्षमा पुगिन्। त्यहाँ पनि उत्तिकै भीड। एउटी महिला बिल लिएर भिडिओ एक्सरेको कोठामा पुगिन्। उनले त्यहाँको गार्डलाई एक्सरे गर्ने कहाँ भन्दै सोधिन्। उनको बिल थुत्दै गार्डले रुखो स्वरमा भनिन्, ‘बाहिर बस्नुस्। म पालो आएपछि बोलाउँछु।’
करिब १ घण्टापछि शान्ताको पालो आयो। भिडियो एक्सरे भयो। तर रिपोर्ट उत्तिखेरै आएन। 

‘रिपोर्ट खोइ त डाक्टर साब,’ उनले भिडिओ एक्सरे गराउने टेक्निसियनलाई सोधिन्। ‘तपाईं बाहिर गएर बस्नुस्। डेढ घण्टापछि आउँछ,’ टेक्निसियनको जवाफ थियो।

‘एकैछिनमा आउनुपर्ने हो यसको रिपोर्ट, किन डेढ घण्टा?’ उनले प्रश्न गरिन्। 

टेक्निसियनलाई उनको कुरा सुन्ने फुर्सद थिएन। बाहिर जाने इसारा गर्दै काममा लागे। उनी बाहिर निस्किइन् र बसिन् रिपोर्टको पर्खाइमा।
दिउँसोको साढे १२ बजिसकेको थियो। रिपोर्ट अझै आइपुगेको थिएन। शान्ता थकित देखिन्थिन् यतिबेला।

शान्ता गर्भवती थिइन्। उनी पहिलो पटक यसरी अस्पतालमा चेकजाँच गराउन आएकी थिइन्। तर लामो लाइन, घण्टौंको पर्खाइ र कर्मचारीको व्यवहारले साह्रै दिक्क बनायो। भनिन्, ‘नबुझेको कुरा राम्रोसँग बुझाएको भए पनि हुन्थ्यो नि।’

‘टिकट काटेपछि यहाँ जानुस् पनि नभन्ने रहेछन्। पहिलो पटक आउँदा कहाँ के छ कसरी थाहा हुन्छ? यहाँको गार्डलाई सोध्दा पनि माथि मात्रै भन्ने,’ उनले दुःखेसो गरिन्।

१ बज्दै थियो। शान्ताको रिपोर्ट अझै आउने छाँट थिएन। 

अस्पताल भरिभराउ थियो। ओपिडीको टिकट काउन्टमा उस्तै भीड थियो। सकिनकसी शान्ता जस्तै गर्भवती महिलाहरू चिडचिडाहट बोकेर उभिइरहेका थिए। गार्ड उसैगरी रुखो देखिएका थिए।

उदास अनुहार लगाएर उभिइरहेका र तलमाथि गरिरहेका महिलाहरूको भीडबाट हामी भने बाहिर निस्कँदै थियौँ।

अस्पतालका निर्देशक भन्छन्– व्यवस्थापन गर्न गाह्रो भइरहेको छ

सेवाग्राहीले सेवा पाउन व्यहोर्नुपरेको सकसबारे हामीले अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीसँग कुरा गर्यौँ।

अधिकारीले अस्पतालभित्र सेवाग्राहीले झेल्नुपरेको सास्तीलाई स्वीकार गरे। आफू अस्पतालमा आएदेखि व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न लागिपरेको उनले बताए। 

भने, ‘बिरामीले २ घण्टाभित्र सेवा लिएर जाऊन्  भन्ने मनसाय हो। तर व्यवस्थापन गर्न अलि गाह्रो भएको छ।’ 

अस्पतालको ठाउँ साँघुरो भएकाले लाइन बस्नेहरूले दु:ख पाउनुपरेको उनले बताए। अस्पतालमा दुई वटा मात्रै टिकट काउन्टर भएकाले सेवाग्राहीले घण्टौँ कुर्न परेको पनि उनले स्वीकार गरे। ‘यो समस्या समाधान गर्न थप एउटा टिकट काउन्टर राख्दैछौँ। १५ दिनमा ओपिडीको टिकट अनलाइन प्रणालीमा लैजान्छौँ,‘उनले भने। 

अनलाइन सिस्टम राखेपछि लाइन बस्नेहरूको चाप कम हुने उनले बताए।

‘टोकन दिइने स्थान नदेख्नाले, सिस्टम थाहा नहुनाले पनि सेवाग्राहीले दु:ख पाइरहेका छन् नि?’शान्ताले भोगेको समस्याको प्रंसग जोड्दै हामीले सोध्यौँ। 

‘टोकन दिइने स्थानमा स्पस्ट देखिने गरी बोर्डमा लेखेर राख्नेछौँ। टिकट लिने स्थानमा थप कुर्सी पनि राख्नेछौँ,’ उनले भने।

अस्पतालका केही कर्मचारी सेवाग्राहीसँग अशिष्ट देखिएको पनि सुनायौँ।

यसबारे निर्देशक अधिकारीले भने, ‘हामीले कर्मचारीहरूलाई सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न आदेश दिइरहेका हुन्छौँ। तर कुनै सेवाग्राही बुझेर पनि नबुझेको जस्तो गर्दा आफूहरू झर्किन बाध्य भएको उनीहरू भन्छन्। तर त्यसो गर्न पाइन्न। हामीले सम्झाइरहेका छौँ।’

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्