• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३१, २०८२ Fri, Oct 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

देवकोटाले किन लेखेका थिए मुनामदन?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ७, २०७९  १८:२४
1140x725

महाकवि लक्ष्मीप्रसाद देवकोटाका किस्सा कति छन् कति। यस्ता किस्सा सुनाउनेहरुले प्रसंग रोचक बनाउन थपथाप गर्दै जाँदा कतिपय गलत तथ्य र घटनाहरु पनि स्थापित हुन पुगेका छन्।

उनका अधिकांश पुस्तक लेखनका पछि केही न केही किस्सा जोडिएका छन्। उनी अत्यधिक धुमपान गर्ने हुनाले कतिपय किस्सा चुरोटसँगै जोडिएका छन्। उनका आनीबानीसँग जोडिएका किस्सा पनि उति नै छन्।

देवकोटा मासु खान औधी रुचाउँथे। विशेष गरी खसीको टाउको मन पराउँथे। एक पटकमा आधा किलोभन्दा बढी खान सक्थे। २००३ पुस २४ गते काठमाडौँमा हिउँ परेको थियो। त्यसअघि हिउँ परेको थाहा नभएको कवि श्यामदास वैष्णवले उल्लेख गरेका छन्। त्यो हिउँ परेको दिन वैष्णव देवकोटाकै घरमा थिए।

देवकोटा पत्नीलाई बजै भन्थे। बजैसँग पैसा मागेर देवकोटाले वैष्णवलाई खसीको टाउको किन्न पठाए। मासु खाइसकेपछि वैष्णव घर फर्किए। भोलिपल्ट बिहानै देवकोटाले फेरि बोलाउन पठाए। वैष्णव डिल्लीबजारस्थित देवकोटाको घर पुगे। देवकोटाले त रातभरिमा ‘तुषार वर्णन’ खण्डकाव्य लेखिसकेका रहेछन्। त्यही सुनाउन पो बोलाएका रहेछन्। वैष्णवले उक्त घटना त्यही खण्डकाव्यको ‘स्पष्टीकरण’ मा उल्लेख गरेका छन्।

देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’बारे पनि विभिन्न किस्सा छन्। तर, इतिहासकार पुष्प चित्रकारले भने मुनामदनको मौलिकतामा प्रश्न उठाएका छन्। मुनामदन लेखनको ४४ वर्षपछि २०३६ सालमा मुनामदनसँग सम्बन्धित एउटा किस्सा बाहिर ल्याउँदै उनले मौलिकतामा प्रश्न उठाएका हुन्।

चित्रकारले भक्तपुर बहुमुखी क्याम्पसको वार्षिक पत्रिका ‘स्वर्णद्वार’ मा २०३६ सालमा प्रकाशित गराएको लेखमा मुनामदनको कथा नेपाल भाषाको प्राचीन गीतिकाव्य ‘जि वया ला लछि मदुनि’ बाट लिइएको उल्लेख गरेका छन्। उनका अनुसार त्यतिबेला कतिपय नेवारहरु तिब्बत व्यापार गर्न जाने चलन थियो। एउटा नेवार युवक बिहे गरेको एक महिनापछि व्यापारको लागि तिब्बत गएपछिको दुखान्त कथा उक्त नेवारी काव्यमा छ। यो काव्यको अन्त्यमा राजा राजेन्द्रविक्रम शाहको नाम उल्लेख भएकाले त्यही समयमा लेखिएको हुनुपर्ने चित्रकार बताउँछन्।

नेवारी काव्य ‘जि वया ला लछि मदुनि’ प्रेमबहादुर कंसाकारले संकलन गरेर प्रकाशन गरेका थिए। कंसाकार तिनै व्यक्ति हुन् जसले कांग्रेसका लागि काम गर्न देवकोटालाई २००४ सालमा बनारस लगेका थिए। कंसाकार कांग्रेस पार्टीमा लागेर राणाविरोधी आन्दोलनमा संलग्न थिए। तर, वनारस गएपछि देवकोटा खानसमेत नपाउने अवस्थामा पुगे। त्यही बेला नेपालमा उनको एक जना छोराको मृत्यु भयो। पछि श्रीमती लिन गएपछि जसोतसो नेपाल फर्किए। यसपछि देवकोटा कांग्रेस विरोधी भएका थिए।

तिनै कंसाकारले खोजबिन गरी ‘जि वया ला लछि मदुनि’ प्रकाशन गर्नु अघि पनि नेवार समुदायका धेरैले यसलाई मुखाग्र सुनाउँथे। चित्रकारका अनुसार उक्त नेवारी काव्य चिकंमुगलका गणेशलाल श्रेष्ठले देवकोटालाई सुनाएका थिए। एउटा विद्यालयमा मार्मिक गीति नाटक हेरेपछि देवकोटाले ‘नेपाल भाषा धनी भएर पनि मार्मिक साहित्य नभएको’ बताए। त्यसको प्रतिउत्तरमा श्रेष्ठले गीति काव्य गाएरै सुनाएका थिए।

Ncell 2
Ncell 2

देवकोटा त्यस काव्यबाट प्रभावित भए। अनि, त्यही रात आठ घन्टामा मुनामदन लेखिसकेका थिए। त्यसपछि भोलिपल्ट बिहानै आफूले लेखेको काव्य सुनाउन देवकोटा चिकंमुगल गएको श्रेष्ठले आफूसँगको अन्तवार्तामा बताएको चित्रकारको भनाइ छ।

‘जि वया ला लछि मदुनि’मा जस्तै मुनामदनमा पनि नायक मदन धन कमाउनका लागि भोट जान्छ। तर, फर्किएर आउँदा बाटोमा बिरामी पर्छ। साथीहरुले छाडेर हिँड्छन्। घर फर्किएर आइपुग्दा उसकी आमा र श्रीमती मुनाको मृत्यु भइसकेको हुन्छ। त्यो दुखत् मृत्युबारे मदनलाई उनकी दिदीले सुनाउँछिन्।

देवकोटाले नायक बनाएको मदन क्षेत्री हो। तर, त्यस समय क्षेत्रीहरु व्यापार र कामका लागि भोट अर्थात् ल्हासा जाने चलन नभएको समाजशास्त्रीहरु बताउँछन्। भोट गएर व्यापार गर्ने नेवार समुदायका मान्छे थिए। त्यसैले मुनामदन मौलिक नभएको र ‘जि वया ला लछि मदुनि’बाट प्रभावित भएर लेखेको चित्रकार बताउँछन्।

मुनामदन प्रकाशन भएको ८६ वर्ष भयो। पहिलोपटक १९९२ सालमा प्रकाशित भएको थियो। नरेन्द्रराज प्रसाईंले लेखेको ‘देवकोटाको जीवनशैली’ पुस्तक अनुसार मुनामदन लेखिसकेपछि महाकवि देवकोटा आफ्ना दाजु लेखनाथलाई लिएर बालकृष्ण समको घर गएका थिए। उनले समलाई खण्डकाव्य पूरै वाचन गरेर सुनाए। समले निकै राम्रो भएको बताएपछि देवकोटाले छाप्ने इच्छा व्यक्त गरे। तर, राणाकालमा पुस्तक छाप्न सजिलो थिएन। अहिलेजस्तो न प्रेसको छाप्छाप्ती प्रयोग थियो, न अनुमतिविना छाप्न नै पाइन्थ्यो।

तर, देवकोटा छपाएरै छाड्ने धाउन्नमा थिए। उनले ब्रह्मशमशेर जबरालाई पनि मुनामदन पूरै सुनाए। त्यहाँ उनी ब्रह्मशमशेरका छोराहरुलाई ट्युसन पढाउन जान्थे। देवकोटाको खण्डकाव्य ब्रह्मशमशेरले मन पराए। अनि उनैले छाप्ने व्यवस्था मिलाइदिए।

सबैभन्दा बढी बिक्री भएका नेपाली पुस्तकमध्ये मुनामदनलाई पनि मानिन्छ। तर, यो कति प्रति बिक्री भइसकेको छ भन्ने तथ्यांक भेटिँदैन। देवकोटाको मृत्यु भएको ५० वर्ष पूरा भइसकेकाले यसको प्रतिलिपि अधिकार खुला भएको छ। त्यसैले विभिन्न प्रकाशकहरुले पुस्तक आफूखुसी छाप्ने गरेका छन्।

साझा प्रकाशनले २०७४ सालमा समग्रमा मुनामदनको २८औँ संस्करण प्रकाशन गर्दा एकैपटक ५० हजार प्रति छापेको थियो। साझाको भने १९औँ संस्करण थियो। अहिले मञ्जरी, बिएन पुस्तकलगायत निजी प्रकाशन संस्थाले पनि मुनामदन छापिरहेका छन्।

मुनामदनको २०१६ सालमा प्रकाशन भएको आठौँ संस्करणमा यसको परिमार्जित संस्करण आयो। महाकविले नै परिवर्तन गरेका र थपेका श्लोकहरु उक्त संस्करणमा राखिएको कमलमणि दीक्षितले लेखेको प्रकाशकीयमा उल्लेख छ। २०२५ सालको संस्करणदेखि भने पछि थपिएका श्लोकलाई पहिलेका श्लोकबाट छुट्याउन साना अक्षरमा राखेको दीक्षितले उल्लेख गरेका छन्।

मुनामदन देवकोटाको पहिलो कृति भने होइन। उनको पहिलो पुस्तक ‘समर्पण’ १९८९ सालमा प्रकाशन भएको थियो। यो पुस्तक सुनाएपछि श्री ३ जुद्धशमशेरबाट रु.१००० बक्सिस पनि पाएका थिए। यो नै उनको पहिलो खण्डकाव्य भएको ‘देवकोटाको जीवनशैली’ पुस्तकमा उल्लेख छ।

तर, ‘देवकोटाको खण्डकारिता’ मा विद्यावारिधि गरेका प्राडा महादेव अवस्थी यो लामो कविता मात्र भएको बताउँछन्। अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको यो कवितामा देवकोटाले जुद्धशमशेरको प्रशस्ति गरेका छन्।

त्यसो त देवकोटाले कति पुस्तक लेखे र कति प्रकाशित भए भन्ने तथ्यांक नै छैन। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पनि देवकोटाका विद्यार्थी थिए। उनी २००९ सालतिर देवकोटासँग ट्युसन पढ्थे। सिंहका ट्युसन पढ्न साथी भारतप्रसाद धिताल थिए। ट्युसन पढाउँदा प्रायः कविता पनि सुनाइरहन्थे।

एक पटक देवकोटाले ‘महिलास्थान’ भन्ने कविता सुनाए। उक्त कवितामा पुरुषहरुको अन्याय सहन नसकेर महिलाहरुले छुट्टै देश बनाएका हुन्छन्। प्रधानमन्त्रीदेखि सिपाहीसम्म महिला भएको देशको नाम ‘महिलास्थान’ हुन्छ। त्यो देशमा पुरुषलाई भने प्रवेश निषेध हुन्छ।

तर, एक दिन कतैबाट एक जना पुरुष महिलास्थान पुग्छ। उसलाई राष्ट्रप्रमुख कहाँ पुर्‍याइन्छ। राष्ट्रप्रमुखले ती पुरुषलाई आफैँसँग राख्छिन्। रहँदा बस्दा उनीहरु प्रेममा पर्छन्। त्यसपछि महिलास्थान भन्ने देश भताभुङ्ग हुन्छ।

देवकोटाले ‘महिलास्थान’ कवितामा महिलामाथि भइरहेको अन्याय र महिला तथा पुरुषलाई एकअर्काको अपरिहार्यता एक साथ देखाएका थिए। ‘महिलास्थान शीर्षकको कविता निकै लामो थियो। त्यसको विषय मलाई अझै याद छ। तर, त्यो कविता कतै प्रकाशित भएको थाहा छैन,’ सिंह भन्छन्, ‘त्यो कविता एउटा पुस्तक नै हुनसक्ने गरी लामो थियो। सायद उहाँले खण्डकाव्य लेख्नुभएको थियो।’

प्राडा चुडामणि बन्धुका अनुसार देवकोटाका अप्रकाशित रचना कति छन् भनेर खोजी नै हुन सकेको छैन। अझै धेरै पुस्तक प्रकाशन हुन बाँकी रहेको उनको अनुमान छ।

देवकोटाले आफ्ना पाण्डुलिपि केशरशमशेरलाई पनि दिएको प्रसाईंले ‘देवकोटाको जीवनशैली’मा उल्लेख गरेका छन्। उनले आर्थिक संकटका बेला पाण्डुलिपि धितो राखेर केशरशमशेरसँग ऋण लिने गरेका थिए। देवकोटाका पाण्डुलिपिले केशरशमशेरको एउटा दराज नै भरिएको प्रसाईंले उल्लेख गरेका छन्। तर, ती पाण्डुलिपि देवकोटाले फिर्ता लिएको कतै पाइँदैन। देवकोटा अरुलाई दिएको कविता र पाण्डुलिपि फिर्ता माग्दैन थिए।


अर्काइभबाट। नेपाल लाइभमा यो सामग्री पहिलोपटक २o७८ कात्तिक १८ गते, बिहीबार प्रकाशित भएको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १८:२४
  • #लक्ष्मीप्रसाददेवकोटा
  • #लक्ष्मीजयन्ती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी
प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै
च्याम्पियन बन्ने लक्ष्यसहित आज सामोआसँग खेल्दै नेपाल
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै शुक्रबार, असोज ३१, २०८२
च्याम्पियन बन्ने लक्ष्यसहित आज सामोआसँग खेल्दै नेपाल शुक्रबार, असोज ३१, २०८२
सरकारसँग वार्ता गर्न जेन-जीले समिति बनाउने बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
सहकारी ठगहरु सुनका घडी लगाउँछन्, नक्कली डिभोर्स गरेर बस्छन्– प्रधानमन्त्री कार्की बिहीबार, असोज ३०, २०८२
सुन तोलाको साढे २ लाख कट्यो बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्