• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गृहमन्त्रीलाई सवाल गरेकी बालिका भन्छिन् - पक्राउ परेकी मिटरब्याजी छुट्लिन् कि भन्ने डर छ

64x64
समर्पण श्री बिहीबार, साउन २५, २०८०  १६:४०
1140x725

काठमाडौं– चार महिनाअघि काठमाडौंमा १३ वर्षीया मिटरब्याज पीडित बालिका गरिमा रायले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गम्भीर सवाल गरेकी थिइन्।

सिराह मिर्चैयाकी गरिमाले मिटरब्याजी सुजाता साहबाट आफ्नो परिवार निकै समयदेखि प्रताडित भइरहेको सुनाएकी थिइन्। निरन्तरको धम्की र चेतावनीका कारण गरिमाले पढाइ छाड्न बाध्य थिइन्।

११ दिन पैदल हिँडेर आमासँग काठमाडौं आएकी गरिमाले हामीसँग भनेकी थिइन्, ‘न्याय नपाइन्जेल फर्कनेछैनौँ। न्याय पाइनँ भने मैले पढ्न पनि पाउने छैन।’

सुजाता पक्राउ परेपछि उनले उनी छुटेर फेरि दु:ख दिने हुन् कि भन्ने‍ डर लागेको बताइन्।

४ महिनापछि गत बुधबार मिटरब्याजी ३६ वर्षीया सुजतालाई प्रहरीले पक्राउ गरेको छ। 

मिर्चैया नगरपालिका–६ कि साहलाई ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको सिरहाका एसपी टेकुनन्द इवा लिम्बूले बताए।

२ लाख ऋणको ३० लाख बढी लिएर पनि घरजग्गा हडपेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। 

पक्राउ परेकी साहविरुद्ध प्रहरी र जिल्ला प्रशासनमा गरी १० वटा भन्दा बढी उजुरी दर्ता भएका छन्।

Ncell 2
Ncell 2

डर अझै सकिएको छैन
सुजता पक्राउ परेपछि गरिमा र उनकी आमा ममतादेवी रायलाई डर र खुसी दुवै लागिरहेको छ। ‘यत्रो संघर्षपछि बल्ल पक्राउ गरेको खबर सुनियो खुसी लागेको छ। तर उसका मान्छेहरूले घरमा केही गरिदिने हुन् कि। फेरि छुटेर आउने हो कि भन्ने डर छ,’ ममतादेवी र गरिमाले नेपाललाइभसँग भने। 

ममतादेवी छोरीसहित चार महिनाअघि ११ दिन पैदल हिँडेर अन्य मिटरब्याजीपीडितसँगै काठमाडौं पुगेकी थिइन्। त्यतिबेला मिटरब्याजीलाई कारबाही हुन्छ भन्दै उनीहरूलाई सरकारले फर्कन आग्रह गरेको थियो। 

मिर्चैया फर्केर पनि उनी तीन पटक न्यायकै लागि काठमाडौं आइपुगिन्। २ दिनअघि पनि उनी छोरी गरिमालाई साथ लिएर काठमाडौं आएकी थिइन्। हिजो फर्केर जनकपुर पुग्दा फोन आयो, ‘सुजतालाई प्रहरीले पक्राउ गर्यो।’

सुरुमा त विश्वास लागेन। किनकि शक्तिशाली मान्छेहरूले सुजताको बचाउमा थिए। ठूला नेताहरूको संरक्षणमा थिइन् उनी। उता प्रशासनले पनि उनैको कुरा मात्र सुन्थ्यो। ‘पछि बुझ्दा थाहा भयो गृहमन्त्रालयबाट सीडीओ (प्रमुख जिल्ला अधिकारी) लाई फोन गर्नुभएको रहेछ। अनि पक्राउ गरिएको रहेछ,’ममताले भनिन्। 

बिहानदेखि ममतालाई एक्कासि डर लाग्न थालेको छ। ‘घरमा छोरा एक्लै छाडेर आएका छौँ। त्य त्रो धम्की दिएको छ पहिला। केही हुने पो हो कि,’ उनी भन्छिन्।

स्कुल जान थालेकी छन् गरिमा
गरिमाले पैसाको अभाव र मिटरब्याजीको धम्कीका कारण पढाइ छाडेकी थिइन्। अहिले उनी पुन: स्कुल जान थालेकी छन्। यसपालिको शैक्षिक सत्रबाट ममताले छोरीलाई स्कुल पठाइन्।

‘गरिमाले बोलेको र उसको कामबाट धेरै प्रशंसा पायौँ। छोरीले धेरै प्रगति गर्छे। उसको पढाइ छुटाउनु हुँदैन भन्ने लाग्यो। सरहरूलाई पनि आग्रह गरेँ। उसको पढाइ राम्रो छ। नानी अहिले पढिरहेकी छ। तर भर्नाचाहिँ गर्न सकेको छैन,’ ममता भन्छिन्।

गरिमा पनि अब पढाइ नछाड्ने बताउँछिन्।

४ महिनाअघिको भेटमा गरिमाले आफूलाई डाक्टर बन्न मन भएको बताएकी थिइन्। दु:खीहरूको इलाज गर्ने सपना रहेको बताएकी थिइन्।

तर कानमा आमालाई सुजताले दिएको धम्की बाटोभर बजिरहन्थ्यो, ‘तेरो छोरीलाई मारेर खोलामा बगाइदिन्छु।’ कक्षामा पनि उही त्रासले पढाइमा मन अडिन्न थियो। घरमा खानका लागि अन्नधरी सकिएको थियो। ‘भोकभोकै स्कुल कसरी पठाउने छोराछोरीलाई,’ आमा ममताले भनेकी थिइन्।

डेराको भाडा र स्कुलको शुल्क तिर्ने सामर्थ्य पनि थिएन।

अहिले पनि त्यो सामर्थ्य छैन ममतामा। उनलाई यति थाहा छ, ‘छोरीलाई पढाउनै पर्छ।’

मिटरब्याजीलाई सजाय भएर आतंकबाट मुक्त भएदेखिन् छोरीलाई जसरी पनि पढाइन्थ्यो भन्ने ममताको मनमा छ।

यो पनि पढ्नुहोस्:

१२ वर्षीया बालिकाले गृहमन्त्रीलाई सुनाएकी थिइन् सुजाताको मिटरब्याज आतंक, अन्तत: परिन् पक्राउ

नारायणकाजीसँग सवाल गरेकी गरिमा, जसले मिटरब्याजीको धम्कीले स्कुल छाडेकी थिइन्

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्