• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
मिटरब्याजकाे कहर

नारायणकाजीसँग सवाल गरेकी गरिमा, जसले मिटरब्याजीको धम्कीले स्कुल छाडेकी थिइन्

64x64
समर्पण श्री बुधबार, चैत १५, २०७९  १८:४४
1140x725

‘अदालत किन बनाको?’ माइतीघरमा धर्नारत मिटरब्याजीपीडित भेट्न पुगेका उपप्रधान तथा भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठलाई सानी बालिकाले चोटिला प्रश्न सोधिन्। नारायणकाजीले स्नेही लवजमा भने, ‘न्याय दिन।’ 

जवाफ नसकिँदै बालिकाले अर्को प्रश्न तेर्स्याइन्, ‘आजकल घुस खान्छ त।’

‘घुस खानेलाई पनि कारबाही गर्ने,’ नारायणकाजीले पुनः जवाफ दिए। केहीबेर यो सबालजवाफ चलिरह्यो। बालिकाले निडर भएर गम्भीर प्रश्नहरू तेर्स्याइरहिन्। नारायणकाजीले शान्त मुद्रामा जवाफ दिइरहे। 

अदालतको ‘न्याय’मा रत्तिभर विश्वास छैन ती बालिकालाई। भन्दै थिइन्, ‘न्याय दिएको भए यहाँ किन आउनुपर्थ्यो नि।’ उनले आफूहरूलाई आउने धम्कीबारे पनि सुनाइन्। नारायणकाजीले आश्वासन दिए, ‘तिम्रो सुरक्षा हुन्छ। त्यहाँ प्रहरी प्रशासनले सुरक्षा दिन्छ।’

बालिकाका प्रश्नहरू सकिएका थिएनन्। सिरहाको मिर्चैयाबाट न्यायका लागि १२ दिन हिँडेर काठमाडौं आइपुगेकी उनले पहिलो पटक यहाँको सरकारसँग बातचित् गरेकी थिइन्। उनलाई ३ वर्षदेखि आफ्नो परिवारले भोगेको अत्याचारको फेहरिस्त सुनाउनु थियो।

उनी थिइन्, १३ वर्षीया गरिमा राई। 

गरिमा कक्षा पाँचमा पुगेकी थिइन्। पढाइ र अन्य प्रतिभामा पनि अब्बल। तर ७ महिना भयो, स्कुलको बाटो बन्द भएको। साथीहरूले सोध्छन्, ‘यति राम्रो पढ्ने मान्छे। स्कुल किन नआएको?’

गरिमाका आँखा टिल्पिलाउँछन्। पंक्तिकारसँगको भेटमा उनले आँसु पुछ्दै भनिन्, ‘बन्न त मलाई डाक्टर बन्न मन छ। दुःखीहरूको इलाज गर्न मन छ। तर स्कुल कसरी जान पाउँछु?’ ७ महिनाअघि घरदेखि स्कुलको आँगन नपुग्दासम्म मनभरि अत्यास बोकेर हिँड्नुपर्थ्यो गरिमाले। कानमा आमालाई दिएको धम्की बाटोभर बजिरहन्थ्यो, ‘तेरो छोरीलाई मारेर खोलामा बगाइदिन्छु।’ 

Ncell 2
Ncell 2
nimb
nimb

कक्षामा पनि उही त्रासले पढाइमा मन अडिन्न थियो। घरमा खानका लागि अन्नधरी सकिएको थियो। ‘भोकभोकै स्कुल कसरी पठाउने छोराछोरीलाई,’ आमा ममता राई मुर्छित भइरहिन्। त्यसमाथि डेराको भाडा र स्कुलको शुल्क तिर्ने सामर्थ्य सकिएको थियो। मिटरब्याजको आतंकले सबथोक रित्तिएर पनि अत्याचारको शृंखला सकिएको थिएन। ममताले बाध्य भएर छोरीलाई भनिन्, ‘स्कुल नजाऊ।’ 

डर, धम्की र अत्यासलाग्दो स्थितिबाट जोगिनु थियो गरिमालाई। त्यसपछि उनी स्कुल जान छाडिन्।

०००

३० वर्षीया ममताका श्रीमान् खाडी मुलुकमा थिए। उनी छोराछोरी पढाउन मिर्चैयामा डेरा लिएर बस्थिन्। छोरा ब्रेनको बिमार थिए। ३ वर्षअघि छोराका उपचारका लागि काठमाडौं लैजानुपर्‍यो। उनीसँग पैसा थिएन। श्रीमान्ले पनि तत्काल पैसा जुटाउन नसकेपछि ममताले गोलबजारकी सुजता शाहसँग दुःखेसो पोखिन्। उपचारका लागि सुजताले २ लाख रुपैयाँ दिने भइन्।

छोराको उपचार गरेर उनी फर्किइन्। त्यसको एक हप्तापछि सुजताले ममतालाई भेट्न बोलाइन्। ‘जाँदा ऊसँग चार जना डरलाग्दा केटा थिए। अनि मलाई अहिल्यै पैसा फिर्ता दे भन्न थाली’ उनी त्यो क्षण सुनाउँछिन्। सुजताको व्यवहारले छाँगाबाट खसेजस्तै भएकी थिइन् ममता। उसो त उपचारमा पैसा रित्तिएको थियो। उनले विन्ती बिसाइन्,‘ केही समय देऊ। चुक्ता गर्छु।’ 

तर, सुजता सजिलै मान्नेवाला थिइनन्। सर्त राखिन्, ‘सबै पैसा अहिले तिर्नू। नत्र हप्तामा साढे सात हजार दिनू।’

हप्तादिनमा त्यतिका पैसा जुटाउन सहज थिएन ममतालाई। उनले महिनामा त्यति रकम तिर्ने बताइन्। सुजता अस्वभाविक देखिइन्। उनले धाराबाहिक धम्कीहरू दिन थालिन्।

त्यो साँझ उनले विदेशमा भएका श्रीमान्लाई फोन गरेर पीडा पोखिन्। ‘मान्छे ठीक छैन। केही नभन। केही दिन व्यवस्थापन गर। त्यसपछि म पठाउँछु अनि दिइहाल्नु।’ उनले २ महिना लगातार हप्ताको साढे सात हजार पैसा सुजतालाई बुझाइरहिन्। ‘२ महिनापछि कोरोनाका कारण लकडाउन भयो। श्रीमान्को काम पनि बन्द भयो।  त्यसपछि त मलाई मर्नु न बाँच्नु गरी दबाब आयो,’ उनी सुनाउँछिन्। 

सुजताले धम्क्याएकी थिइन्, ‘यो कुरा कसैलाई भनिस् भने छोराछोरीलाई मारिदिन्छु।’

जसोतसो लकडाउनमा पनि ४० हजार लगेर थमाइदिइन्। तर उनले बुझाएको पैसा सुजताको खातामा कहिल्यै चढेनछ। उल्टै २ लाखबाट बढेर १६ लाख पुग्यो। त्यही क्रममा उनको जग्गाजमिन खोसियो। लघुवित्तबाट ऋण लिएर तिरिन्, अन्य ऋण पनि लिइन्। अहँ, सकिएन। अहिले महिनाको ६० हजार लघुवित्तलाई तिर्नुपर्छ ममताले। उनीसँग तिर्ने सामर्थ्य छैन।

यता सुजताले त्रसित बनाउन पनि छाडेकी छैनन्। 

सन्तान गुमाउने त्रासकै कारण उनले रकम बुझाइरहिन्। सुजताबाट झन्झन् मानसिक यातना भोगिरहिन्। उनी न्यायका लागि प्रहरी चौकी पुगिन्। चौकीबाट उल्टै अपमान बोकेर फर्किइन्। ‘जति पटक गयो, उतिपटक प्रहरीहरूले मलाई नै गलत देखाएर फर्काए। मान्छेको व्यवहार गरेनन्। तर त्यहीँ सुजता जाँदा ठूलो सम्मान दिए,’ उनी सुनाउँछिन्। 

उनले नधाएको प्रशासन (जिल्ला प्रशासन कार्यालय, अदालत...)नै थिएन। उनी हरदिन आँखाभरि आँसु लिएर फर्कन्थिन्।

आमाको पीडा देखेर रातभरि रुवाउँथ्यो गरिमालाई। ‘म, ममी र भाइ धेरै रात रोएर बिताएका छौँ,’ गरिमा सुनाउँछिन्। 

‘गुण्डा’हरू बोकेर सुजता कहिले कोठामै आइपुग्थिन्। भन्थिन्, ‘म महिनामा ५० हजार थानामा तिर्छु। १ लाख केटाहरूलाई खुवाउँछु। पैसा पाइनँ भने मारिदिन्छु छोराछोरीलाई।’ धम्कीले गरिमा र भाइको मस्तिष्कमा नराम्रो छाप छाडेको छ।

‘ममीले थाहा पाइसक्नुभएको थियो। त्यहाँको अदालत, प्रशासनले न्याय दिँदैन भनेर। त्यसपछि मनोज पासवान अङ्कलले जुलुस उठाउनुभएको थियो। त्यसमा सहभागी भयौँ,’ गरिमा भन्छिन्।

मिटरब्याजीपीडित संघर्ष समितिको नेतृत्व मनोज पासवानले गरेका थिए। ममता जस्तै संघर्ष समितिमा थुप्रै पीडित थिए। मिटरब्याजीकै अत्याचारका कारण उनीहरूको जीवन पनि ‘बर्बाद’ बनेको थियो।

गरिमा आमाको न्यायिक लडाइँमा सँगै भइरहिन्। ममता जहाँ जहाँ जान्थिन्, गरिमा पनि सरिक हुन्थिन्।  मनमा आक्रोस हुन्थ्यो, त्यो पोख्न डर लाग्थ्यो गरिमालाई। ‘बोल्दै बोल्दै गएँ, अनि डर हराएर गयो, ’ उनी  सुनाउँछिन्, ‘आज पनि मन्त्रीहरू आउनुभयो। म बोलेँ। प्रधानमन्त्री आउनुभए पनि सोध्न डराउने छैन अब।’

जब पीडितहरू एकजुट भएर पैदलै काठमाडौं पुग्ने निर्णय गरे। ममता नि आउने भइन्। गरिमाले भनिन्, ‘म पनि जान्छु काठमाडौं।’ 

आन्दोलनमा सरिक भएर गरिमा पनि आइन् काठमाडौं। कोही आमाहरू ६ महिनाको बच्चा च्यापेर पैदल हिँडेका छन्। कोही वृद्धा सकी नसकी बाटो हिँडेका छन्। १२ दिन पैदल हिँड्दा गरिमाका पाइतालाभरि फोका उठे। ज्वँरो आयो, खोकी पनि लाग्यो। तर उनी साहसैले हिँडिन्। ‘छोरीले जानिसकेकी छ– मान्छे कुन राम्रो कुन नराम्रो भनेर,’ ममता भन्छिन्।

 बाटोमा आउँदा गरिमाले चप्पल हराइन्। एक ठाउँमा प्रहरीहरूले रोके। खाली खुट्टै गरिमा अगाडि प्रतिवादमा उभिइन्। छोरीको हिम्मत देखेर ममता चकित भइन्। 

बाटोमा एकजना अभियन्ताले सोधे, ‘तिम्रो चप्पल खोई?’

‘अंकल मेरो चप्पल बाटैमा छुट्यो,’ गरिमाले जवाफ दिइन्। बेलुका उनले चप्पल किनेर ल्याइदिएछन्।

०००

न्यायका लागि आन्दोलनमा उभिएकी गरिमालाई आज मन्त्रीले भने, ‘हामी उनीहरूलाई कारबाही गर्छौँ। तिमी स्कुल जाऊ।’ 

गरिमाले अस्वीकार गर्दै भनिन्, ‘हैन, म जाँदिन। किनकि म मात्र हैन। देशभरमा धेरै बच्चा स्कुल जान पाएका छैनन्।’ उनको जोड थियो, ‘नियम कानुन बनाउनुपर्यो, अनि घुसखोरहरूलाई जेल र हामीलाई विद्यालय पठाउनुपर्यो।’

गरिमालाई काठमाडौं आइपुग्दासम्म धेरै कुरा थाहा भइसकेको छ। सोमबार उनीहरू खुलामञ्चमा धर्ना बस्ने योजनाका साथ आइपुगेका थिए। तर गेट खुलेन। ‘खुलामञ्चमा हामीलाई रोकेको थियो। त्यो नेपालकै सम्पत्ति हो। किन रोकेको?,’ गरिमा भन्छिन्।

अहिले उनीहरू काठमाडौंमा धर्ना दिएर बसिरहेका छन्, न्याय नपाउन्जेल नफर्कने दृढताका साथ। ‘हामीले न्याय नपाइन्जेल यहाँबाट फर्कने छैनौँ। न्याय पाएनौं भने मैले पढ्न पनि त पाउँदिन,’ गरिमा  भन्छिन्।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो च... आइतबार, भदौ २१, २०८३
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर] शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथ... आइतबार, भदौ २१, २०८३
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ सामाजिक सञ्जालमा देखिएका भोटेकोशी बाढीका तस्बिर र भिडियोले रसुवा र त्रिशूली आसपासका बस्तीमा ठूलो विपत्ति आएको संकेत गरिसकेको थियो। आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्