• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्ण शाक्यले यसरी सुरु गरेका थिए फेवाताल अतिक्रमण शृंखला

64x64
नेपाल लाइभ शनिबार, भदौ १६, २०७५  ०५:२०
1140x725

पोखरा– पोखराको फेवाताल अतिक्रमण शृंखला पर्यटन व्यवसायी कर्ण शाक्यले सुरु गरेको तथ्य फेला परेको छ।

सर्वोच्च अदालतको आदेश अनुसार गठन भएको छानबिन आयोगले शाक्यको रिसोर्ट ‘वाटर फ्रन्ट’ फेवातालको जग्गामा निर्माण भएको ठहर गर्दै प्रतिवेदन बुझाएको छ। प्रतिवेदन प्राप्त भएपछि सर्वोच्चले छिट्टै मुद्दा फैसला गर्ने भएको छ। 

उक्त मुद्दाका लागि अध्ययन गरेका अधिवक्ता खगेन्द्र सुवेदीका अनुसार फेवातालको जग्गामा व्यवसायी कर्ण शाक्यले नै पहिलो पटक रिसोर्ट बनाएका थिए। शाक्यको वाटर फ्रन्ट रिसोर्टभन्दा पहिले उक्त स्थानमा कुनै संरचना बनेका थिएनन्। यसरी हेर्दा फेवातालको जग्गा मिच्ने कार्यको सुरुवातत शाक्यले गरेको पुष्टि हुन्छ।

‘पछि त्यसैको सिको गर्दै धमाधम संरचना बन्न लागे। सञ्चारमाध्यममा कर्ण शाक्यलाई पेलेको जस्तै भयो,’ अधिवक्ता सुवेदी भन्छन्, ‘किनारमा कर्ण शाक्य होस् कि अरु नै कोही होस्, कसैले संरचना बनाउन पाउँदैन।’

२०६७ सालमा दर्ता भएका फेवातालसम्बन्धी अन्य सबै मुद्दा किनारा लागे पनि शाक्यको रिसोर्ट सम्बन्धी दायर भएको मुद्दाको फैसला भने पटकपटक सर्दै आएको थियो।

‘उक्त रिसोर्टले ढल पनि सिधै तालमा हाल्छ, तालको किनारमा यस्ता होटल बन्न दिनु हुँदैन भनेको थिएँ,’ सुवेदीले भने, ‘त्यसको मुद्दा चल्दै गर्दा महानगरले फेवातालको मापदण्ड पेस गर्यो, त्यसैका लागि छानबिन समिति गठन भएको हो।’

छानबिन समितिले सुवेदीकै रोहबरमा रहेर उक्त रिसोर्टका संरचना मापदण्ड विपरीत मात्रै नभएर सार्वजनिक जग्गासमेत मिचेको ठहर गर्यो। छानबिन समितिका एक सदस्यले भने, ‘पानी पनि मापदण्ड विपरीत भेटियो, सार्वजनिक जग्गा पनि मिचेको पाइयो । त्यही रिपोर्ट सर्वोच्चमा दर्ता गरेका छौं।’ 

व्यवसायी शाक्यले १ रोपनी ८ आना सार्वजनिक जग्गा मिचेको प्रतिवेदनमा उल्लेख छ। सर्वोच्चले कात्तिक १३ गते मंगलबार मुद्दा फैसला गर्नेछ।

Ncell 2
Ncell 2

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा नापी विभागका प्रशान्त घिमिरे, मालपोतका कानुन अधिकृत विष्णु घर्ती, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सिनियर डिभिजनल केमिस्ट कल्पना श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हुमनाथ पाण्डे सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो। 

व्यवसायी शाक्य भने पोखराको विषयलाई लिएर मलाई कमजोर बनाउन खोजिएको बताउँछन्। ‘मैले पहिल्यैदेखि नै वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छु,’ उनले भने।

पानी शुद्धीकरण गर्नसमेत आफूले वैज्ञानिक विधि अपनाएको शाक्यको दाबी छ। ‘नेपालमै पहिलो पटक ‘डिसेन्ट्रलाइज वेस्टवाटर ट्रिटमेन्ट सिस्टम’ प्रयोग गरेको छु,’ उनले भने, ‘सञ्चारकर्मी रिसोर्ट नगई कोठामा बसेर मलाई पेलिरहेका छन्।’

आफूले मापदण्ड विपरीत रिसोर्ट नबनाएको शाक्यको दाबी छ। उनले भने, ‘मलाई पनि फेवातालमा ढल मिसाउनु हुँदैन भन्ने ज्ञान छ, बाँकी नबोलौं मुद्दा अदालतमा विचाराधीन छ।’

छानबिन समितिको प्रतिवेदनमा शाक्यले पानी ट्यांकी, स्विमिङ पुल, शौचालय, बगैंचा, पार्किङ स्थल, मूल गेट, पालेघर लगायतका संरचना मापदण्ड विपरीत बनेको उल्लेख छ। रिसोर्टले १ सय ७३ र ३ सय ४ कित्ता नम्बर रहेको सार्वजनिक जग्गा मिचेको समितिको ठहर छ। ‘२०३२ सालको नक्सामा ती कित्ताको जग्गा सरकारी थियो, तर अहिले रिसोर्टको नाममा दर्ता भएको देखिन्छ,’ छानबिन समितिका एक सदस्यले भने।

यसरी सुरु भयो फेवाताल संरक्षणको मुद्दा
फेवाताल संरक्षणको कथा २०६७ सालबाट सुरु भएको हो। अधिवक्ता खगेन्द्र सुवेदीले २०६७ सालतिर छिनेडाँडाको सार्वजनिक जग्गाको मुद्दा हेर्ने जिम्मेवारी पाएका थिए। त्यति नै बेला फेवातालको ७ सय ६८ रोपनी जग्गा अध्ययन गर्न पाएका उनी फेवाताल मुद्दामा आकर्षित  भएका थिए। त्यसपछि उनीसहितले फेवातालको संरक्षण माग गर्दै सर्वोच्चमा मुद्दा हाले।

सुवेदी लगायत केही स्थानीय मिलेर विभिन्न ६ विषयमा अदालतमा मुद्दा हाले। ‘६ वटा मुद्दामध्ये पहिलो मुद्दा मैले हालेको हो, जुन फेवातालको संरक्षणसँग सम्बन्धित छ,' सुवेदी भन्छन्, 'फेवाताल संरक्षण क्षेत्र २०३० सालको नगर योजनाले पास पनि गरिसकेको छ।’ त्यतिबेला रिट दायर भएका सबै मुद्दा गत बैखाखमा फैसला भए तर, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट ‘बाँकी’मा सर्यो।

फेवातालको आयु बढाउन जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्नुपर्ने उनको सुझाव छ। ‘जलाधार संरक्षण गर्नेबित्तिकै त्यहाँ ८/१० वटा खोलाले ल्याएको माटो छेकिन्छ। माटो र गेग्य्रान छेकेपछि ताल पुरिनबाट रोकिन्छ,’ उनी भन्छन्। फेवातालमा खोलाले बगाएर ल्याउने माटो रोक्नसमेत महानगरले ध्यान दिनुपर्ने उनी बताउँछन्।

त्यति बेलाको अर्को मुद्दा तालमा पुरिएको जग्गाको विषयमा थियो। विसं २०३१/३२ मा पानीको सतह सुक्दा विभिन्न व्यक्तिले फेवातालका जग्गा अतिक्रमण गरी आफ्नो नाममा सारेका थिए। ‘२०३५ सालमा बनाएका सबै लालपुर्जा खारेज हुनुपर्छ’ भन्ने विषयमा मुद्दा केन्द्रित थियो । 

‘तालमा पुरिएको जग्गा केही व्यक्तिले आफ्नो नाममा दर्ता गरे। त्यो दर्ता पनि बदर हुनुपर्छ भनेर मुद्दा दर्ता भएको थियो,’ सुवेदीले सुनाए। फेवाताल बचाउन सबैभन्दा पहिले ढल रोक्नुपर्ने भन्दै उनले रिट दर्ता गरेका थिए।

अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा २०६९ मा छानबिन समिति गठन भएको थियो। समितिले तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई प्रतिवेदनसमेत बुझाएको थियो। ‘प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै फेवाताल खुम्चँदै जाने र संरक्षण नहुने हो भने अबको ७५ देखि १ सय वर्षभित्र यसको अस्तित्व समाप्त हुन्छ,’ प्रतिवेदनमा उल्लेख थियो। प्रतिवेदन बुझाएको ६ वर्षपछि गत बैसाखमा सर्वोच्चले ६५ मिटरभित्र कुनै पनि संरचना बनाउन नदिने फैसला गरेको थियो। अहिले महानगर त्यसलाई लागू गर्ने प्रक्रियामा छ।

प्रतिवेदनले तालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको देखाएको छ। त्यसमध्ये ९ सय ५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिस गरेको छ।

विस १९५७ मा फेवातालको क्षेत्रफल करिब २२ हजार रोपनी भए पनि अतिक्रमणको चपेटामा परी ९ हजार ९ सय ५५ रोपनीमा सीमित भएको छ। सुवेदी भन्छन्, ‘विस २०१८ मा १० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल २०६४ सालको नापी अनुसार ४ दशमलव २० वर्गकिलोमिटर क्षेत्रफलमा खुम्चिएको छ। अहिले सर्भे भएको छैन अहिले त्यही क्षेत्रफल पनि कायम छ कि छैन, भन्न सकिन्न।

यो पनि पढ्नुहोस्
पर्यटन व्यवसायी कर्ण शाक्यको रिसाेर्ट फेवातालको जग्गामा निर्माण भएको अनुसन्धान समितिको ठहर [शृंखला–१]

पर्यटन व्यवसायी कर्ण शाक्यको रिसाेर्टको मूल गेटसहित ८ वटा संरचना तालको जग्गामा (शृंखला – २)

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५  ०५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने
रास्वपाको जनादेश प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
रास्वपाको जनादेश प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड मंगलबार, चैत ३, २०८२
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्