काठमाडौं– बुधबार सेयर बजार १२. १७ अंक बढेको छ। सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ।
कारोबारका क्रममा अधिकांश समय रातो रहेको नेप्से २ बजेपछि उकालो लाग्यो। नेप्से बढे पनि कारोबार रकम केही घटेको छ। अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४अर्ब ६८ करोडको भयो।
१४९ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १२ को स्थिर रह्यो। यस दिन अधिकांश समूहका सूचक बढेका छन्। फाइनान्स सबैभन्दा धेरै ३.४१ प्रतिशत बढ्यो।
बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ तथा व्यापार ०.४२ प्रतिशत बढे।
होटल तथा पर्यटन समूह ०.४५ प्रतिशत घट्यो।
दुई कम्पनी माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। नेपाल फाइनान्सको ८.७६, सम्पदा लघुवित्तको ६.०६, माहुली लघुवित्तको ५.१५ प्रतिशत मूल्य बढ्यो।
त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घट्यो। अभियान लघुवित्तको ४.६७, विन्ध्यबासिनी हाइड्रोपावरको सेयर मूल्य ४.०८ प्रतिशत घट्यो।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।