काठमाडौं– आइसीसी विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको हो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे। कुशल मल्लले सातौँ नम्बरमा आएर महत्वपूर्ण योगदान दिए। यस्तै, आरिफ शेखले ३० रन बनाएर आउट भए।
दशौं नम्बरमा आएका सन्दीप लामिछानेले आक्रमक ब्याटिङ गर्दै १० बलमा १५ रन बनाउँदै नेपालको स्कोर माथि उकास्न मद्दत गरे। अन्तिम बलमा ललित नारायण राजवंशीले चौका निकाल्न सफल भए।
युएईका जुनैद सिद्दिकी र ध्रुव परासरले दुई–दुई विकेट लिए।
नेपालले जारी शृंखलामा यसअघि लगातार तीन हार बेहोरेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।
त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।
लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।