• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

ललिता निवास प्रकरण : सर्वोच्च पुगेका तीन मुद्दाका दुई  आदेश,  जसले  अन्यलाई आउने बाटो  रोक्यो   

64x64
दुर्गा दुलाल आइतबार, साउन १४, २०८०  २०:४७
1140x725

काठमाडौं– ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको बनाएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान अन्तिम चरणमा पुगेको छ। पक्राउ परेका व्यक्तिहरूको बयान लिने र प्रमाण जुटाउने काम सीआईबीले धमाधम गरिरहेको छ। 

६० दिनको समय पाएको प्रहरीले ५० दिनसम्म जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन पेश गर्नेछ। 

सीआईबीले पेश गरेको उक्त अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडाैंमा मुद्दा दायर गर्नेछ। प्रहरीले गरेको अनुसन्धानमा थप आवश्यक भएमा सरकारी वकिलको कार्यालय पुनः अनुसन्धान गर्न र प्रमाण संकलन गर्न सुझाव दिन सक्नेछ। यी सबै प्रक्रिया पूरा गरेपछि जिल्ला अदालतमा पक्राउ परेका अभियुक्तहरूलाई अभियोगपत्र सँगै बुझाइन्छ। पक्राउ नपरेका व्यक्तिहरूलाई फरार अभियुक्तको रुपमा देखाउँदै मुद्दा दायर हुन्छ। फरार रहेकाहरूको हकमा अदालतले म्याद जारी गर्दै हाजिर हुने म्याद बुझाउँछ। 

अदालतको म्यादभित्र उपस्थित भएमा उनीहरूलाई पुर्पक्षमा पठाउने बहस हुन्छ। अदालतले तत्काल प्राप्त प्रमाणको आधारमा धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने निर्णय सुनाउने छ। 

ललिता निवासको जग्गा कीर्ते प्रकरण अहिले यो अवस्थामा पुगिसकेको छैन। अनुसन्धानकै चरणमा रहँदा यो प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिहरूले सर्वोच्च गुहारेका छन्। हालसम्म २२ जना यो विवादमा सर्वोच्च पुगेका छन्। 

मीनबहादुर गुरुङसहितलाई रिहाई गर्न अस्वीकार 
असार १२ गते सीआईबीले ललिता निवास प्रकरणमा केही व्यक्तिहरूलाई पक्राउ गर्‍यो। २ वर्षदेखि शान्त रहेको यो प्रकरण एक्कासी पुनः चर्चा शुरु भयो, जब सीआईबीले  निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ,भुमि सुधार विभागका पूर्वकर्मचारी धर्मराज गौतम, मालपोत कार्यालयका पूर्वकर्मचारी हुपेन्द्रमणि केसी, कलाधर देउजासहितलाई पक्राउ गर्‍यो। यसरी पक्राउ परेपछि त्यसमध्ये केही आरोपितहरू २०७९ साउन १९ गतेको एक अन्तरिम आदेश देखाउँदै रिहा भए। 

तत्कालीन समयमा अनुसन्धानका लागि पक्राउ गर्ने अनि रिहाई गर्ने गर्दै व्यक्तिको स्वतन्त्रताको अधिकार हनन भएको भन्दै दायर भएको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश जारी गरेको थियो। उक्त अन्तरिम आरोपितमध्येका १७ जनाले लिएका थिए। उनीहरूलाई पक्राउ गर्न नपाइने भएपछि प्रहरीले सोही दिन रिहा गर्‍यो। यसरी आफूसँगै पक्राउ परेका केही व्यक्ति छुटेपछि गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, धर्मराज गौतम सर्वोच्च पुगे। 

उनीहरूले सर्वोच्चमा आफूहरूको थुना गैरकानुनी भएकाले रिहाई हुनुपर्ने माग गरे। उक्त रिटमा साउन ५ गते सर्वोच्चले फैसला सुनायो। न्याायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासले चार दिन निरन्तर सुनुवाई गरेर फैसला सुनायो। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चले उनीहरूलाई गैरकानुनी रुपमा थुनामा राखेको स्वीकार गरेन। सर्वोच्चले जिल्ला अदालतमा म्याद थप भएको,पक्राउ पूर्जी दिइएको र उक्त जग्गा प्रकरणमा उनीहरूको संलग्नता देखिएको आधारलाई मानेर  रिहा गर्न अस्वीकार गर्‍यो। सर्वोच्चको यो आदेशपछि गुरुङ, शाह र गौतम अनुसन्धानका लागि पक्राउ परेका अभियुक्तमा भएपछि अस्पतालमा बसेर समय कटाइरहेका छन्। 

समिरजङ्ग कम्पनी प्रमुखलाई रिहा गर्न अस्वीकार 
उनीहरूलगत्तै रिहा हुनुपर्ने र आफूलाई गैर कानुनी थुनामा राखेको दावीसहित पक्राउ परेका अर्का प्रतिवादी रमेश पोखरेल पुगे। 

ललिता निवासको जग्गा कीर्तेमा असार १८ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। ललिता निवास प्रकरणमा सरकारी कागजात कीर्ते मुद्दामा पोखरेललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेपछि उनले स्वास्थ्यको कारण देखाउँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए। तर सर्वोच्च अदालतको संयुक्त इजलासले साउन १० गते रिहा गर्न अस्वीकार गर्‍यो। 

समरजंग कम्पनीका तत्कालीन प्रमुख पोखरेलले आफूलाई पक्राउ गरेको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्व अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले थुनामुक्त गर्ने अधिकार जिल्लामै भएको भन्दै फर्कायो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अब निजलाई अनुसन्धानको लागि अपरिहार्यता देखाइ थुनामै राख्न फेरि म्याद थप गर्न माग भई आएको अवस्थामा निजको स्वास्थ्य अवस्था तथा निजलाई थुनामा नराखी अनुसन्धान गर्दा मुद्दाको अनुसन्धानमा निजले प्रभाव पार्न सक्ने/नसक्ने सम्मका अवस्थाहरूको वस्तुनिष्ठ विश्लेषण गरेर मात्र आदेश गर्नुहोला’, सर्वोच्चको आदेशमा भनिएको छ।

आफूले मानसिक स्वास्थ्यको उपचार गराइरहेको भन्दै उनले इजलासमा स्वास्थ्य जाँचसम्बन्धी रिपोर्ट पनि पेश गरेर रिहाईको माग गरेका थिए। तर सर्वोच्चले उनलाई थुनामा नराखी अनुसन्धान गर्दा हुनसक्ने प्रभावको विश्लेषण गर्न आदेश दिएको हो।

पोखरेल १९ वैशाख २०६९ देखि ५ कात्तिक २०७० सालसम्म समरजंग कम्पनीको प्रमुख थिए। ललिता निवासको जग्गा त्यतिबेलासम्म समरजंग कम्पनी मातहत थियो। २०७० सालमा गुठी संस्थानले पशुपति टिकिन्छा गुठीको नामको जग्गामा दाबी लिन आउने सूचना निकालेको थियो। सर्वोच्चले अघिल्लो पटक धरौटीमा रिहा गर्न अस्वीकार गरेझै यो पटक पनि उनीहरूलाई रिहाई गरेन। 

रिहा हुने भाग्यवानी बने बहालवाला सचिव राउत 
ललिता निवासको जग्गा प्रकरणमा एकाएक सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णकुमार राउत पक्राउ परे। व्यक्तिको जग्गा सरकारी बनाउने कार्यमा उनले तत्कालीन समयमा उठाएको टिप्पणीलाई आधार मानेर सिआईबीले अनुसन्धानका लागि पक्राउ गरेको थियो। असार २४ गते उनलाई विराटनगर जानका लागि त्रिभुवन विमानस्थल पुगेको अवस्थामा पक्राउ गरिएको थियो।

उक्त प्रकरणमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा उन्मुक्ति पाएका उनी एकाएक अनुसन्धानका लागि जानकारी नै नदिई पक्राउ गरेपछि सर्वोच्च पुगे। राउतको हकमा श्रीमती उषा कार्कीले बन्दीप्रत्यक्षीकरणको निवेदन असार २७ गते दिएकी थिइन्। 

उक्त रिटमा फैसला सुनाउँदै सर्वोच्चले साउन ५ गते राउतलाई रिहाई गर्‍यो।  न्यायाधीशद्व प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासले उनलाई अनुसन्धानका लागि थुनामा राख्न आवश्यक नभएको भन्दै केही शर्तसहित रिहाई गर्‍यो। 

सर्वोच्चले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम, टिकाराम घिमिरेसमेत १७ जनाको माग भने पूरा नहुने भन्दै उनीहरूको निवेदन खारेज गर्दा राउतको पक्षमा आदेश जारी गर्‍यो। 

सर्वोच्चको यो आदेशसँगै उनी थुनामुक्त भए। उनको हकमा थप अनुसनधान भने सीआईबीले गरिरहेको छ। 

किन थुनामुक्त भए सचिव राउत?
सर्वोच्चले एकैपटक सुनुवाइ भएका ६ थान मुद्दामध्ये राउतको हकमा मात्र परमादेश जारी हुने फैसला सुनायो भने अन्यको हकमा निवेदन खारेज हुने निर्णय गर्‍यो।

सर्वोच्चले राउतलाई पनि केही शर्त राख्दै थुनामुक्त गर्ने आदेश गरेको छ। न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासले देशबाहिर भने जान नपाउने शर्त राखेको छ।

‘निवेदकलाई मुद्दा हेर्ने अदालतको आदेशबिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम तारिखमा राख्नू,’ आदेशमा भनिएको छ,  ‘मुद्दाको अनुसन्धान र तहकिकातलाई प्रभावकारी बनाउन जे जो बुझ्नुपर्छ बुझी मुद्दाको शिघ्रातिशिघ्र अनुसन्धान तहकिकातको कार्य सम्पन्न गर्नु/गराउनु भनी परमादेशको आदेश जारी गरिदिएको छ।’ 

सर्वोच्चले राउतको हकमा टिप्पणी मात्र उठाएको र अख्तियारले पनि भ्रष्टाचार मुद्दा दायर नहुने भनी गरेको टिप्पणीलाई पनि आधार बनाएको छ।

राउतले  शाखा अधिकृत हुँदाका बखत  ललिता निवाससँग सम्बन्धित विषयमा नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने हेतु भवन निर्माण सम्भार डिभिजन कार्यालयबाट पेश भइआएको फाइल भएबमोजिम भूलसुधार हुन आवश्यक निर्णयार्थ भनी मिति २०६७ असार १७ मा टिप्पणी लेखेका थिए। 

उक्त टिप्पणी उपर तह तहका अधिकारीबाट राय लिएको समेत देखिएको उनीमाथि अख्तियारले यसअघि २०७६ माघ  २२ मा हाललाई मुद्दा नचलाउने भनी निर्णय गरेको समेत आधार लिदै सर्वोच्चले रिहाई गरेको हो। 

निवेदकलाई मुद्दा हेर्ने अदालतको आदेश बिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने तारेखमा राखी अनुसन्धान अघि बढाउन सक्ने सर्वोच्चको आदेशमा भनिएको छ। 

१७ भाइको रिट खारेज , लगत्तै फरार 
२०७९ साउन १९ गते अन्तरिम आदेश लिएर बसेका  १७ जनाको हकमा पनि सर्वोच्चले पक्राउ गर्ने वाटो खोल्यो। साउन ५ गते भएको फैसलाले उनीहरूपनि अनुसन्धानका लागि आवश्यक देखिएमा पक्राउ गर्ने बाटो सीआईबीलाई खुल्ला गर्‍यो। 

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गर्ने सुइँको पाएपछि गत वर्ष नै १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ लिएका थिए। 

सीआईबीले यो प्रकरणमा जोडिएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र हुपेन्द्रमणि केसीलाई पक्राउ गरेको थियो। तर उनीहरूको परिवारका सदस्यहरू सर्वोच्चबाट पक्राउ नगर्न भन्दै आएको अन्तरिम आदेश लिएर सीआईबीमा पुगेपछि मात्रै स्टे अर्डरबारे प्रहरीले चाल पाएको थियो। त्यसपछि प्रहरीले माथि उल्लेखित तीन जनालाई रिहा गरेको थियो।

त्यही नजिर देखाउँदै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सचिव कृष्णबहादुर राउत  थुनामुक्त हुन माग गर्दै दायर गरेको रिट  दायर गरेका थिए। 

सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै अधिकांश आरोपितहरू फरार भएका छन्। सीआईबीले कलाधर देउजा साउन ५ गते पक्राउ परे भने अन्य सबै प्रतिवादीहरू फरार रहेको र उनीहरूको सिआईबीले खोजी जारी राखेको छ। 

अब यसअघि ‘स्टे अर्डर’ लिएकाहरूमाथि उल्लेखित तीन जनासँगै बुढानीलकण्ठ नगरपालिका–८ घर भएका ६१ वर्षीय टीकाराम घिमिरे, ६० वर्षीय तेजराज पाण्डे, मुख्य बिचौलिया रामप्रसाद सुवेदीका छोरा ६० वर्षीय शंकरप्रसाद सुवेदी, ६२ वर्षीय मोहम्मद सबिर हुसैन, ५२ वर्षीय बलिराम प्रसाद तेली, ६६ वर्षीय दिनेशप्रसाद शर्मा, ६४ वर्षीय लक्ष्मीनारायण उप्रेती, ५७ वर्षीय जयप्रसाद रेग्मी, ७२ वर्षीय हरिबोल आचार्य, ७२ वर्षीय टिकाबहादुर बिसी, ५५ वर्षीय श्रीहरि पुडासैनी, ५२ वर्षीय अंगुरकुमार सिग्देल, ६१ वर्षीय टंकनाथ पौडेल, ६२ वर्षीय केदारप्रसाद श्रेष्ठ थिए। 

यी लगायतका व्यक्तिको संलग्नतामा ४ चरणमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएको सीआईबीले जनाएको छ। २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चार पटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएर हत्याइएको हो।

२०१८ सालमा तत्कालीन श्री ५ को सरकारले राज्यविरुद्ध गतिविधि गरेको भन्दै राणाहरूको जग्गा जफत गरेको थियो। त्यसपछि २०२१ सालमा सरकारलाई जग्गा आवश्यक रहेको भन्दै ६ वटा दरबार अधिग्रहण गरिएको थियो।

अरु आउनै हच्किए 
भाटभटेनीका सञ्चालक गुरुङ र पूर्व निर्वाचन आयुक्त शाहले रिहा हुनका लागि महङ्गो शुल्क भएका कानुन व्यवसायी वहसमा उतारेका थिए। पूर्व महान्यायाधीवक्ता, नेपाल बारका अध्यक्ष र वरिष्ठ अधिवक्ताहरूलाई राखेका थिए। सुशील पन्त, नरेन्द्र गौतम, सूर्य कोइरालादेखि ललित बस्नेतलगायतका नाम चलेका कानुन व्यवसायीहरू उनीहरू धरौटीमा रिहा हुनुपर्ने पक्षमा बहस गर्न पुगेका थिए। उनीहरूले तीन दिनसम्म लगातार बहस पनि गरे। तर न्यायाधीश ढुङ्गाना र सुवेदीले उनीहरूलाई रिहाई गर्नुपर्ने आधार भेटेनन्, जसले गर्दा रिट नै खारेज गरिदिए। यो प्रकरणमा  उनीहरू टेष्ट केसका रुपमा सर्वोच्च पुगेका थिए। 

यदि सर्वोच्चले गुरुङ, शाह र गौतमलाई सहज रुपमा रिहा गरेको भए अन्य धेरै पक्राउ परेका प्रतिवादीहरू सर्वोच्च बन्दीको रुपमा जाने तयारीमा थिए। तर सर्वोच्चले सचिव बाहेक अन्यको हकमा कठोर नीति लिएको थाहा पाएपछि पक्राउ परेका व्यक्तिहरूले कानुन व्यवसायी ‘बुकिङ’ गरेपछि सर्वोच्च पुगेनन्। सर्वोच्चले सहज रुपमा रिहा नगर्ने बुुझेपछि अन्य प्रतिवादीहरू अदालत आउन हच्किएका हुन्।  

यी पनि :

ललिता निवास प्रकरण: समरजंग कम्पनीका कर्मचारीलाई रिहा गर्न अस्वीकार, म्याद थप गर्दा विचार गर्न आदेश 

 

ललिता निवास प्रकरण : स्टे अर्डर देखाएर छुटेका देउजा फेरि समातिए

ललिता निवास प्रकरण : सचिव राउतलाई किन छोड्यो सर्वोच्चले?

 

पक्राउ नगर्न भन्दै ‘स्टे अर्डर’ लिएका १७ जनालाई पक्राउ गर्ने बाटो खुल्यो, को–को हुन् १७ जना?

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्